भर्खरै :

नगरपालिकाको बद्नाम गर्ने कुनियत

– एक जन प्रतिनिधि
भक्तपुरबाट प्रकाशित हुने एक साप्ताहिकले ‘८१ वर्षीय वृद्धको पीडा, भक्तपुर नगरपालिकाले अन्याय ग¥यो’ भन्ने शीर्षकमा र अर्को साप्ताहिकले पनि ‘भक्तपुर नगरपालिकाको दादागिरी’ शीर्षकमा सोही समाचार छाप्यो ।
विषय बस्तुबारे कुनै अध्ययननै नगरी हचुवा र पूर्वाग्रही ढङ्गले नगरपालिकाको बदनाम गर्ने कुनियतले ती समाचारहरू छापेका हुन् ।
भक्तपुर नगरपालिकामा जन प्रतिनिधिहरूले पद ग्रहण गरेसँगै पर्ति र सार्वजनिक जग्गा संरक्षण गर्नेमा ध्यान दिए । विभिन्न कालखण्डमा पर्ति जग्गा निजी गरि सकेका र गर्न खोजेकाहरू नगरपालिकाको काम देखेर त्राहिमाम भए । अझ नगरपालिकाले पर्ति जग्गा संरक्षण गर्ने काम नगरपालिकाको मात्रै होइन तमाम नगरवासीहरूको जिम्मेवारी पनि हो भन्ने भावनालाई जनताबीच प्रचार प्रसार ग¥यो । पर्ति जग्गा निजी गर्नुपर्ने, पाटी–पौवा, सत्तल निजी गर्न खोज्नेहरूको निद्रा भ· नै भयो । त्यस्तै एउटा घटना हो भ.न.पा. वडा नं. ४ स्थित रामदास प्रजापतिले निजी बनाउन खोजेको घर र जग्गा ।
भ.न.पा.वडा नं. ४ बस्ने रामदास प्रजापतिले आफ्नो भनी दाबी गरेको र हाल नपामा सिफारिस रोक्कामा रहेको भनिएको घर जग्गा २०२१ सालमा नापीका बखत भपुजि कटुञ्जे गा.वि.स. वडा नं. ७ (ख) बाट तत्कालीन वडा नं. १४ हाल वडा नं. ४ कि.नं. ३६४ क्षे.फ. १–४–०–० पर्ति जनिई नाप नक्सा भएको जग्गा हो । उक्त कित्ता जग्गाभित्र सार्वजनिक बाटो, कुवा, मन्दिर, पानीघालगायत फिल्डमा देख्न सकिन्छ ।
उक्त कित्ता जग्गामा सार्वजनिक कुवा, मठमन्दिरसमेत भएको र निज रामदास प्रजापतिले पर्ति जग्गा मिची घर बनायो भनी स्थानीय जनताको उजुरी पछि नगरपालिकाबाट स्थानीय जनतासँग बुझ्दा उक्त जग्गा पर्ति नै भएको भन्ने व्यहोराको प्रतिवेदन प्राप्त भएपछि सो सम्बन्धमा भनपाले कारबाही चलिरहेको छ ।
२०२१ सालमा पर्ति जनिई नापी भएको र सो जग्गा पर्ति नै कायम हुनुपर्ने माग सम्बन्धमा विचाराधीन अवस्थामा रहेकोमा सो सम्बन्धी आवश्यक निर्णय गर्न भूमि सुधार तथा व्यवस्था विभागको निर्देशन माग भएकोमा उक्त जग्गा पर्ति सार्वजनिक जग्गा हो होइन प्रचलित कानुनबमोजम गर्नु भनी आदेश भई मा.पो.का. मा फाइल फिर्ता पठाएको थियो ।
जग्गा दर्तासम्बन्धी कानुनी प्रक्रिया चलिरहेकै क्रममा निज रामदास प्रजापतिले भनपाबाट सिफारिस लिनुपर्नेमा सरोकार नै नभएको कटुञ्जे गा.वि.स.बाट रामदास कर्मी र रामदास प्रजापति भन्ने अलग अलग व्यक्ति नभई एकै व्यक्ति हो भनी सिफारिस लिई प्रक्रिया अगाडि बढाएको र सोही कागजका आधारमा सबै प्रमाणहरूबाट पर्ति, सार्वजनिक जग्गा हो भन्ने प्रमाणित हुँदाहुँदै निजीमा दर्ता गर्ने निर्णय गरियो ।
पर्ति जग्गा, सार्वजनिक अचल सम्पत्ति कसैले दर्ता गरेकै अवस्थामा पनि प्रमाणबाट सार्वजनिक हो भन्ने पुष्टि गर्ने प्रशस्त आधारहरू प्राप्त भएमा पर्ति नै कायम गर्न सक्ने कानुनी व्यवस्था हिजो पनि थियो र आज पनि छ ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिका क्षेत्रभित्रका ऐलानी तथा पर्ति जग्गाहरू संरक्षण गर्ने काम, कर्तव्य र अधिकार नगरपालिकालाई नै दिइएको छ । मालपोत ऐन २०३४ अनुसार कसैले सार्वजनिक वा सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेमा स्वतः बदर हुने व्यवस्था छ । यही कानुनी व्यवस्थाअनुसार २०७४।५।४ गते नगरपालिकाले मालपोत कार्यालयलाई उक्त जग्गा पर्ति नै कायम गरी दिनुहुन भनी पत्राचार गरेकामा उक्त पत्रको निर्णय विचाराधीन अवस्थामा छ । सार्वजनिकरुपमा कुनै समाचार छाप्नुअघि सम्बन्धित पक्षले गहन अध्ययन गर्नुपर्ने हो । हचुवा टीका टिप्पणी गर्नु उपयुक्त होइन ।
भक्तपुर नगरपालिकाले कानुन विपरीत सार्वजनिक जग्गा कसैलाई पनि निजी गर्न दिनेछैन । कति वर्ष तारेखमा बस्यो त्यो महत्वपूर्ण कुरा होइन, मुख्य कुरा त त्यो जग्गा सार्वजनिक हो–होइन भन्ने हो ।
नगरपालिकाले पर्ति जग्गा खाने कुनै पनि व्यक्तिलाई मुलाहिजा राख्दैन । कानुन बमोजिम पर्ति नै कायम गर्न हर दम प्रयाश गर्ने कुरा सम्पूर्ण नगरवासीहरूलाई नपामार्फत जानकारी गराउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *