भर्खरै :

कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण !

मेरिना शाक्य 
नेपाल बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्छ । भ्रष्टाचारकै कारण नेपाल संसारमा बदनाम छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि नेपाललाई भ्रष्टाचारको सूचीमा राखेको छ । नेपालभरिकै सरकारी कार्यालय, सङ्घ संस्थामा भइरहेको गतिविधि, नियाल्दा घूस नखाने, भ्रष्टाचार, अनियमितता नगर्ने कार्यालय र सङ्घसंस्थाहरू नगण्यमात्र हुन्छन् । देशको कुनै एउटा मालपोत कार्यालय हुँदैन, जहाँ घूस नखाएको हुन्छ । भूमिसुधार कार्यालयमा कुनै नाउँसारी या अन्य सिफारिसको काममा जाँदा कर्मचारीले धेरै थोरै घूस लिएकै हुन्छन् । घूस नखाएसम्म कार्यालयको काम अघि बढ्दैन या बढाइँदैन । घूस खानकै निम्ति काम आलताल गरिरहेको हुन्छ । काममा ढिलासुस्ति भएरै या छिट्टै काम सकाउन घूस खुवाउन बाध्य पारिन्छ । घूस खुवाइएमा काममा रोकतोक हुँदैन या काम खुरुखुरु अघि बढ्छ र चाँडै सकिन्छ । घूस नखुवाए पनि काम फटाफट अघि बढाउनुपर्ने हो । तर, भइरहेको छैन ।
घूसविना काम अघि नबढ्ने दिनचर्याले नेपाल घुस्याहाहरूको देश हो कि जस्तो अनुभूति हुन्छ । सरकार देशमा सुशासन र विधिको शासन भएको फुक्छ । तर, यहाँ सुशासन र विधिको शासन देखिंदैन । मालपोत र भूमिसुधार कार्यालयमा सर्वसाधारण जनता आफै सिफारिसको निम्ति पुगे कर्मचारीहरूले वास्तै गर्दैनन् । जनताकै निम्ति काम गर्न र गराउन राखिएका कर्मचारीहरू आफ्नो कर्तव्य पालना गर्दैनन् । हरेक दिनझैं ग्राहकसँग घूस लिएर उनीहरू अकुत सम्पति कुम्ल्याउँछन् । घूस लेनदेनको कुरा त दिनचर्या नै भइसकेको छ । कर्मचारीले गर्नुपर्ने काम विचौलियाबाट गराइनुपर्छ । अनि विचौलियाहरू आफूले गरेको कामको आधारमा चार्ज लिन्छन् । नेकपाको सरकारले यसतर्फ ध्यानै दिएको छैन ।
देश बदनाम हुनुको अर्को प्रमुख कारण विकासमा अनियमितता हो, विकासमा ठूलो रकमको चुहावट हो । रु. एक करोडको योजनामा रु. ५० लाखको पनि काम हुँदैन । भएको काम गुणस्तरहीन हुन्छ । बनेको दुई तीन महिना नपुग्दै पीच बिग्रिन्छ । कहिलेकाहीं त बनेको पुल सम्पन्न नहुँदै भत्किन्छ । विकासको नाउँमा बढी लाभ लिने या अकुत सम्पति कुम्ल्याउने नियतले गर्दा विकास योजना कमाउने भाँडो बनिरहेको छ । नेकपाका केन्द्रीय सदस्यहरू स्वयं देशमा भ्रष्टाचार र अनियमितता नघटेको स्वीकार्छन् । प्रम ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’ भने तापनि भ्रष्टाचार खुलेआम भइरहेको सत्तारुढ दलका नेताहरूको भनाइ छ । भ्रष्टाचार रोकिने कुरा त पर जाओस् कमसमेत भएको छैन जिल्ला जिल्लामा तिनै दलका नेता तथा कार्यकर्ताहरू घूस खान्छन्, विकासको नाममा अनियमितता गर्छन् । नेकपाले सबभन्दा पहिले तल्लो तहदेखि केन्द्रीय तहसम्ममा नेता तथा कार्यकर्ता, आफ्नो मातहतका जनप्रतिनीधि कर्मचारी सबैलाई इमानदार बनाउनुपर्छ । प्रमले भ्रष्टाचार नगर्ने भनिरहे पनि तिनै दलका नेता तथा कार्यकर्ताले पैसा हसुरिरहेका छन् । अनि कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण !
– मेरिना शाकय नेपाल बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्छ । भ्रष्टाचारकै कारण नेपाल संसारमा बदनाम छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि नेपाललाई भ्रष्टाचारको सूचीमा राखेको छ । नेपालभरिकै सरकारी कार्यालय, सङ्घ संस्थामा भइरहेको गतिविधि, नियाल्दा घूस नखाने, भ्रष्टाचार, अनियमितता नगर्ने कार्यालय र सङ्घसंस्थाहरू नगण्यमात्र हुन्छन् । देशको कुनै एउटा मालपोत कार्यालय हुँदैन, जहाँ घूस नखाएको हुन्छ । भूमिसुधार कार्यालयमा कुनै नाउँसारी या अन्य सिफारिसको काममा जाँदा कर्मचारीले धेरै थोरै घूस लिएकै हुन्छन् । घूस नखाएसम्म कार्यालयको काम अघि बढ्दैन या बढाइँदैन । घूस खानकै निम्ति काम आलताल गरिरहेको हुन्छ । काममा ढिलासुस्ति भएरै या छिट्टै काम सकाउन घूस खुवाउन बाध्य पारिन्छ । घूस खुवाइएमा काममा रोकतोक हुँदैन या काम खुरुखुरु अघि बढ्छ र चाँडै सकिन्छ । घूस नखुवाए पनि काम फटाफट अघि बढाउनुपर्ने हो । तर, भइरहेको छैन ।
घूसविना काम अघि नबढ्ने दिनचर्याले नेपाल घुस्याहाहरूको देश हो कि जस्तो अनुभूति हुन्छ । सरकार देशमा सुशासन र विधिको शासन भएको फुक्छ । तर, यहाँ सुशासन र विधिको शासन देखिंदैन । मालपोत र भूमिसुधार कार्यालयमा सर्वसाधारण जनता आफै सिफारिसको निम्ति पुगे कर्मचारीहरूले वास्तै गर्दैनन् । जनताकै निम्ति काम गर्न र गराउन राखिएका कर्मचारीहरू आफ्नो कर्तव्य पालना गर्दैनन् । हरेक दिनझैं ग्राहकसँग घूस लिएर उनीहरू अकुत सम्पति कुम्ल्याउँछन् । घूस लेनदेनको कुरा त दिनचर्या नै भइसकेको छ । कर्मचारीले गर्नुपर्ने काम विचौलियाबाट गराइनुपर्छ । अनि विचौलियाहरू आफूले गरेको कामको आधारमा चार्ज लिन्छन् । नेकपाको सरकारले यसतर्फ ध्यानै दिएको छैन ।
देश बदनाम हुनुको अर्को प्रमुख कारण विकासमा अनियमितता हो, विकासमा ठूलो रकमको चुहावट हो । रु. एक करोडको योजनामा रु. ५० लाखको पनि काम हुँदैन । भएको काम गुणस्तरहीन हुन्छ । बनेको दुई तीन महिना नपुग्दै पीच बिग्रिन्छ । कहिलेकाहीं त बनेको पुल सम्पन्न नहुँदै भत्किन्छ । विकासको नाउँमा बढी लाभ लिने या अकुत सम्पति कुम्ल्याउने नियतले गर्दा विकास योजना कमाउने भाँडो बनिरहेको छ । नेकपाका केन्द्रीय सदस्यहरू स्वयं देशमा भ्रष्टाचार र अनियमितता नघटेको स्वीकार्छन् । प्रम ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’ भने तापनि भ्रष्टाचार खुलेआम भइरहेको सत्तारुढ दलका नेताहरूको भनाइ छ । भ्रष्टाचार रोकिने कुरा त पर जाओस् कमसमेत भएको छैन जिल्ला जिल्लामा तिनै दलका नेता तथा कार्यकर्ताहरू घूस खान्छन्, विकासको नाममा अनियमितता गर्छन् । नेकपाले सबभन्दा पहिले तल्लो तहदेखि केन्द्रीय तहसम्ममा नेता तथा कार्यकर्ता, आफ्नो मातहतका जनप्रतिनीधि कर्मचारी सबैलाई इमानदार बनाउनुपर्छ । प्रमले भ्रष्टाचार नगर्ने भनिरहे पनि तिनै दलका नेता तथा कार्यकर्ताले पैसा हसुरिरहेका छन् । अनि कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण !

Leave a Reply

Your email address will not be published. Required fields are marked *