हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
प्योङयाङ, २१ अप्रिल । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका एक जना उच्च सरकारी अधिकारीले संरा अमेरिका र प्रजग कोरियाबीचको सम्बन्ध धमिल्याउने किसिमबाट संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले दिएको अभिव्यक्तिप्रति खेद जनाएको छ ।
ब्लुमबर्ग समाचारलाई बोल्टनले बुधबार प्रजग कोरिया र संरा अमेरिकाबीच तेस्रो शिखर सम्मेलन अघि नै प्रजग कोरियाबाट आफ्ना सबै आणविक हतियार नष्ट गर्ने रणनीतिक निर्णय संरा अमेरिकाले चाहेको बताएका थिए ।
बोल्टनको सो भनाईलाई ‘बेतुक’ को भन्दै प्रजग कोरियाली विदेशमन्त्रालयका उपमन्त्री छोई सन हुईले प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएलाई ‘बोल्टनले तेस्रो चरणको शिखर सम्मेलनको सम्बन्धमा दुई शीर्ष नेताहरूबीच कस्तो खालको सञ्चार भइरहेको थियो भन्ने कुरा बुझेर मात्र मुख खोल्नु उपयुक्त हुने’ बताए ।
Leave a Reply