भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसीको राजनीतिक ब्युरोको बैठकको अध्यक्षता

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसीको राजनीतिक ब्युरोको बैठकको अध्यक्षता

पेइचिङ, २७ नोभेम्बर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले नोभेम्बर २७ मा आयोजना गरेको बैठकले दुईवटा प्रस्तावको लेखाजोखा गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ । ती दुईवटा प्रस्ताव ‘याङसी नदीको आर्थिक पेटीको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने नीति र कदमसम्बन्धी प्रस्ताव’ र ‘चिनियाँ कम्युनिस्ट पार्टीले वैदेशिक मामिलाको निर्देशन गर्ने नियम’ रहेका छन् ।
बैठकमा भनिएको छ, याङसी नदीको आर्थिक पेटी रणनीति राष्ट्रपति सी चिनफिङ केन्द्रित रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले तोकेको महत्वपूर्ण निर्णय प्रस्ताव हो । याङ्सी नदीको आर्थिक पेटीको उच्च गुणस्तरीय विकासलाई अघि बढाउनका लागि याङसी नदी बग्ने क्षेत्रको उच्च गुणस्तरीय पर्यावरणीय वातावरणमा भर पर्नुपर्ने कुरा पनि उक्त बैठकले जोड दिएको छ ।
यसका अतिरिक्त वैदेशिक मामिलाको सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टीको एकीकृत निर्देशनलाई सबल पार्दै जाने कुरामा पनि उक्त बैठकले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *