भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
प्योङयाङ, १७ कार्तिक (एएफपी) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट छ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोप अस्वीकार गरेको छ । उसले आरोपलाई राजनीतिक उक्साहट भन्दै खण्डन गरेकै बेला नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ ।
प्रजग कोरियाली नेता किम जोङ–उनकी बहिनी एवम् कोरियाली मजदुर पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक किम यो जोङले आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भन्नुभएको छ । एफबीआईले शनिबार उक्त चोरीमा कोरियासँग सम्बन्धित ‘ट्रेडट्रेटर’ नामक ह्याकिङ समूह संलग्न रहेको आरोप लगाइएको थियो । एफबीआईअनुसार चोरी भएको रकम उत्तर कोरियाको अनुमानित वार्षिक कुल गार्हस्थ उत्पादनको करिब एकचौथाइ बराबर छ ।
संरा अमेरिकाको सक्रियतामा तयार भएको सन् २०२४ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले प्रजग कोरियाले साइबर आक्रमणबाट प्राप्त आम्दानीले सामूहिक विनाशका हतियार विकासमा सहयोग पुगेको आरोप लगाएको थियो ।
कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएका अनुसार सोमबार परीक्षण गरिएको क्रुज मिसाइलको वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र ध्वस्त पार्न सक्छ । परीक्षणले मिसाइलको लक्ष्यमा ठाडो प्रहार गर्ने क्षमता सुधारिएको जनाइएको छ । विज्ञका अनुसार यसको उद्देश्य दक्षिण कोरियाली सेना र अमेरिकी सैन्य संरचनामाथि प्रहार गर्ने क्षमता प्रदर्शन गर्नुका साथै परम्परागत हतियारमार्फत प्रतिरोध बलियो बनाउनु हो ।
Leave a Reply