क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने, ‘सरकारले नै चुरे सिध्याउँदै छ ।’ आरोपमा उनी भन्छन्, ‘संरक्षणभन्दा मास्ने कानुनको हतारो’, ‘चुरे बिक्री गर्न तस्करलाई भिसा’, ‘अवैध क्रसरलाई उन्मुक्ति’, ‘फगत तराईको समस्या ठान्ने प्रवृत्ति’ र ‘राजनैतिक दलहरूको उपेक्षा’ । (अन्नपूर्ण पोष्ट, १० मङ्सिर २०८०)
पर्यवेक्षकहरू भन्छन्, देश खानु भनेको मानवीय स्रोत र प्राकृतिक स्रोतहरू दोहन गर्नु नै हो । गोर्खा भर्तीको युवाहरूदेखि, डाक्टर, इन्जिनियर, प्राध्यापक, विश्वविद्यालयका टाउकेहरू, सिंहदरबारका सचिवहरू र भूपू सचिवहरू, प्रधानमन्त्री र मन्त्री एवम् राजदूतहरू सबै मानवीय स्रोतहरू हुन् । प्राकृतिक स्रोतहरूमा कोशी, गण्डकी, कर्णालीदेखि महाकालीसम्म र सुस्तादेखि कालापानीसम्म आउँछन् ।
खुला र गुप्तरूपले राणाकालदेखि प्रजातन्त्र र गणतन्त्र कालसम्म सबै दलका सरकार एवम् राष्ट्रपतिहरूको एक एक गरेर भारतीय विस्तारवादले नै खाएकै हो । दाँतले स्याउ टोकेजस्तै मैत्री र सन्धि सम्झौतामार्फत लाग्या लाग्यै छ र फेरि एमसीसी पछि त संरा अमेरिकाले नेपालको कठालो समात्यो । हिजो क्षेत्रीय गुण्डासँग नेपाल डराउँथ्यो, आज विश्वकै गुण्डा नेपाल पस्यो भन्ने चर्चा चल्यो जनतामाझ ।
नेपाली काङ्ग्रेस र एमाओवादी सरकारको प्रधानमन्त्रीले भने, ‘भारतमा सङ्गठन बनाएकोले १० वर्ष जनयुद्ध चल्यो ।’ (उही अन्नपूर्ण)
यसको गुह्य अर्थ हो– राजतन्त्र (पञ्चायत) को ठाउँमा प्रजातन्त्र र गणतन्त्र स्थापना गर्न १० वर्ष ‘गृहयुद्ध’ गर्नुप¥यो । त्यसैले भारतबाट प्राप्त सहयोगलाई उसको बदलामा मागअनुसार दिँदै जानुप¥यो । यसकारण, यो स्थितिको सबै दोष ‘राजा र पञ्चायत’ हो ।
एमालेको एक नेताले आफूले जिम्मेवारी नकबुली मुगुमा भने, ‘वर्तमान सरकार विदेशीहरूका लागि ‘कन्फर्टेबल’ ।’ यसको अर्थ हो, एमालेको सरकारको बेला ‘एमसीसी’ पास भएको होइन र महाकाली सन्धि पनि एमालेले हस्ताक्षर गरेको होइन, मनमोहन अधिकारी र साहना प्रधान मरी गए त्यसको जिम्मेवार वर्तमान पूर्वप्रधानमन्त्री ओली पनि ‘जिउँदै मरे’ !? अनुत्तरदायी भनाइ, राजनैतिक अनैतिकता !
यसकारण ‘नागरिक’ दैनिकले ११ मङ्सिर २०८० कै दिन लेख्यो, ‘बदनामहरूको गन्तव्य एमाले ।’ ‘विभिन्न आपराधिक र विसङ्गत गतिविधिमा संलग्न पात्रहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन्, बदनामसमेत गराएका छन् ।’
गत मङ्गलबार ‘विवादित पात्र’ हरिनारायण रौनियारलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष केपी ओलीको तस्बिर छापियो । विभिन्न मितिमा उमेश गिरी, दुर्गा प्रसाई, जलिल मियाँ, लक्ष्मी महतो र नगेन्द्र झाको नाम पनि मिति सँगै उल्लेख छन् ।
ठेकेदार रौनियारले दर्जनौँ योजना ठेक्का लिई अलपत्र पारेका थिए, अझै पनि उनीसँग २० अर्ब ९५ करोड रुपैयाँको ठेक्का छ । सडक विभागअनुसार पक्की पुल र सडकका ६६ वटा ठेक्का उनको कम्पनी पप्पु कन्स्ट्रक्सनले लिएको छ । तीमध्ये दर्जनौँ अलपत्र छन् ।
यसरी देशलाई बर्बाद पार्ने र विभिन्न जिल्लासँग सम्पर्क मार्ग र बाटोलाई नियतबस जोड्न नदिई देशलाई अगाडि बढ्न नदिने र जनतालाई दुःख दिने, हरेक वर्ष मूल्य बढ्दै जाने नियमअनुसार अर्बाँैको योजनाको काम नगरी मूल्य बढाउन दिने व्यक्तिलाई देशको समृद्धिको पात्र सम्झनु सो¥है आना झूट र ठगी मनोवृत्ति हो । एमालेको स्थिति यस्तो छ । पछि एमाले नेताहरूले भन्नेछन्, ‘उनी त भारतसँग मित्रता बढाउन पठाइएका व्यक्ति थिए ।’
पुरानो नेपाली उखान छ– ‘सुनलाई सय पटक तौलिनु र मानिसलाई एक पटक तौलनु ।’ त्यस्तै राजनैतिक पार्टी र नेतालाई पनि एकचोटि तौलिने हो । तर, आश्चर्य छ– बरोबर पार्टी मात्रै फेर्ने नेपालका ‘बुद्धिजीवी’ बाबुराम भट्टराईको समाजवादी पार्टी (नेसपा) सँग नेपालका ‘माओवादी केन्द्र’ नेता र वर्तमान प्रधानमन्त्री प्रचण्डले ‘छिट्टै’ पार्टी एकीकरण गर्ने भएको समाचारमा बताइएको छ (राजधानी, १० मङ्सिर २०८०) । हो, त, ‘चरीको धोती हुन्न… ।’
निराशाको भाषामा बोल्छन् प्रम प्रचण्ड, ‘सामाजिक सद्भाव खलल पार्ने कोसिसप्रति सचेत हुनुपर्छ ।’
वर्तमान प्रजातन्त्र र गणतन्त्रको टेको सम्झिएको काङ्ग्रेसको भित्री स्थितिलाई पाण्डोराको बाकस भनेमा फरक नपर्ला । तर, सद्भावनाबस ११ मङ्सिरको ‘नागरिक’ ले लेख्यो– ‘काङ्ग्रेसमा देउवातन्त्र ।’ अथवा भाँडभैलो !
‘श्रमिक’ साप्ताहिकबाट
Leave a Reply