भर्खरै :

नेपालभाषा साहित्य तःमुंज्या भोँत (बनेपा) पनि सन्देशमूलक

नेपालभाषा साहित्य तःमुंज्या भोँत (बनेपा) पनि सन्देशमूलक

नेपाल संवत् ११०० देखि भक्तपुरमा नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । भक्तपुरमा भइरहेको तःमुंज्या अहिले ४३ औँ पुगेको छ । नेपालभाषा साहित्य तःमुंज्याले सकारात्मक सन्देश दिएकै हो । यसले भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा ठूलो मद्दत पु¥याइरहेको छ । तःमुंज्याले राम्रो सन्देश छरेकै कारण अहिले नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँको टोखा, पाङ्गा र महानगरमा पनि भयो । ललितपुरको खोकना र बुङ्गमतीमा पनि भइसकेको छ । काभ्रेको बनेपास्थित लाय्कु डबलीमा यो वर्ष पहिलो पटक नेपालभाषा साहित्य तःमुंज्या भयो । अरु ठाउँमा भएको तःमुंज्यामा झैँ बनेपामा भएको तःमुंज्या पनि सकारात्मक नै रह्यो । सो तःमुंज्याले जनतामा राम्रो सन्देश छरेको तःमुंज्या स्रोताहरूको भनाइ छ ।
तःमुंज्या थालनी हुनु नै राम्रो पक्ष हो । पहिलो तःमुंज्या भएर पनि बनेपाको सम्मेलनमा उपस्थिति राम्रो थियो । तःमुंज्याबाट स्थानीय युवाहरूमा जोश जाँगर बढेको देखिन्छ । सम्मेलन स्थलमा पुस्तक प्रदर्शनी अर्काे राम्रो पक्ष हो । सम्मेलनमा साहित्य वाचन, सांस्कृतिक प्रस्तुतिमात्र होइन परम्परागत र आधुनिक नाचगान पनि रह्यो । स्रोताहरूको निम्ति नाचगान अर्काे आकर्षक बन्यो । सम्मेलनमा सम्मान र सत्कारको बन्दोबस्त अर्काे राम्रो पक्ष हो । फासीवादी इजरायलले प्यालेस्टाइनमाथि बर्बर गरिएको आक्रमणको फोटो प्रदर्शनी सम्मेलन स्थलमा गरियो । फोटो प्रदर्शनी हेरेर स्थानीय युवा तथा सर्वसाधारण जनतामा आक्रमणकारी इजरायलको विरोध र प्यालेस्टिनी जनताको पक्षमा मन खिच्यो । भेग भेगबाट साहित्य वाचन गर्नु पनि सम्मेलनको उपलब्धि हो ।
सम्मेलनमा सहभागी विशिष्ट व्यक्तिहरूको सम्मान गर्नु, विशिष्ट व्यक्तिहरूलाई स्थानीय विभिन्न व्यक्तित्व र सङ्घ संस्थाबाट प्रकाशित पुस्तक प्रदान गर्नु, सम्मेलनमा भाग लिने नृत्य र पाहुनाहरूलाई विभिन्न अतिथिहरूबाट कदरपत्र प्रदान गर्नु के तःमुंज्याको सकारात्मक काम होइन ? तःमुंज्यामा स्रोताहरूलाई खानेपानीको व्यवस्था भएको थियो । सम्मेलन स्थल सुनसान या कुनै यातायातको साधनबाट डिस्टर्ब भएन । आयोजक सहयोगीहरूको मौलिक पोशाक लगाउने महिलाहरूको गतिविधि ठिक्कै रह्यो । खानपिन र योमारीको खाजाले स्रोताहरूको भोक मेटाउने काममा सहयोग पुग्यो । सम्मेलनमा भेग भेगका साहित्यकारहरूको साहित्य वाचन र मन्तव्त्mैँ विभिन्न विज्ञहरूको अनुभव र ज्ञान सुन्ने अवसर मिलेको भए सम्मेलन साँच्चै ज्ञान विज्ञान सिक्ने या थाहा पाउने बहुआयामिक मञ्च हुन्थ्यो ।
थोरै समयमा देश विदेशका आन्दोलन, अनुभव, ज्ञान दिने तःमुंज्या आगामी दिनमा अझै व्यवस्थित हुने स्रोताहरूको भनाइ छ । सम्मेलन स्थल सफा सुग्घर, शौचालयको राम्रो व्यवस्थापन, साउन्ड सिस्टम अझ व्यवस्थित भए सम्मेलन सुनमा सुगन्ध हुनेमा शङ्का छैन । सम्मेलनमा भाग लिन विभिन्न ठाउँबाट नयाँ नयाँ व्यक्ति आएका हुन्छन् । उनीहरूलाई सम्मेलन स्थल थाहा पाउन ठाउँ ठाउँमा सम्मेलन जाने बाटो लेखेको पोस्टर, राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त माक्र्सवादी साहित्यकार तथा प्रगतिशील साहित्यकारहरूको भनाइहरू राखेको भए सम्मेलन स्थल थप आकर्षक हुनेछ । नेपालभाषा साहित्य तःमुंज्या भोँत (बनेपा) ले तःमुंज्यालाई निरन्तरता दिइरहने आशा हरेक भाषाप्रेमी तथा साहित्यकारहरूले गर्नु स्वाभाविक हो । सम्मेलन आयोजक समितिलाई हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *