ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
अहिलेको समाजको व्यवस्था शोषणमा आधारित छ । शोषणरहित समाज स्थापना आजको आवश्यकता हो । पहाड र तराईका शोषकहरू देशका मजदुर–किसानलाई चुस्छन् । तराईका सामन्त, शोषक, जमिनदारहरू तराईकै श्रमजीवी जनताको पसिनामा रजाइँ गर्छन् । किसान र मजदुरको निम्ति शोषक, सामन्त, जमिनदार पहाडका होस् या तराईका सबै शोषक हुन् । पुँजीवादी व्यवस्था अन्त्य नभएसम्म श्रमजीवी जनताले न्याय, समानता र राहत पाउने छैनन् । त्यसकारण, पुँजीपतिहरू आमूल परिवर्तन चाहँदैनन् । उनीहरू अहिले सङ्घर्ष आवश्यक नभएको बताउँछन् । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेका त के सत्ताधारी कम्युनिस्टहरू पनि हालको पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गर्नु आवश्यक छैन भन्छन् । त्यस्ता कम्युनिस्टहरूले देशमा आमूल परिवर्तन गर्दैनन्, गर्न चाहँदैनन् ।
प्रजातन्त्रवादी पुँजीपति, सामन्त र शोषकहरू श्रमजीवी वर्गको पक्षमा काम गर्दैनन् भन्ने कुरा जनताले लामो समयदेखि अनुभव गरेकै हुन् । कमैयाहरूको जीवन सुनिश्चित नगरी कमैयामुक्त घोषणा र कृषकहरूको मोही कायम नहुँदै द्वैधस्वामित्वको अन्त्य शोषितपीडित जनताविरोधी कदम हो । यसले अहिले सरकारमा रहेका दलहरू कुन वर्गको पक्षमा रहेछ भन्ने कुरा थाहा हुन्छ । सच्चा प्रजातन्त्रवादी र सच्चा कम्युनिस्ट पार्टीले देशलाई दूरगामी असर पर्ने, देशको अस्मितामा दाग लाग्ने कुनै पनि सन्धि सम्झौतामा हस्ताक्षर गर्दैन । कुनै दल नामको आधारमा सही या गलत छुट्याउने होइन । वर्गीय समाजमा हरेक दल वर्गमा विभाजित भएकै हुन्छ । त्यस्तै, डाक्टर, वकिल, इन्जिनियर, प्राध्यापक, लेखक, कवि, कलाकार, बौद्धिक मजदुरहरू पनि वर्गमा विभाजित हुन्छन् ।
वर्गीय दृष्टिकोणले गरिबहरू शोषितपीडित वर्गमा पर्छ । तर, कति गरिब मानिसहरू बुझेर या नबुझेर या लोभलालचमा फसेर सामन्त, पुँजीपति र जमिनदारहरूको पक्षमा लागेका छन् । वर्गीयरूपमा गरिब भए पनि उनीहरूको विचार पुँजीपति र सामन्तवर्गको पक्षमा हुन्छ । यसकारण, वर्गभेद भएको समाजमा डाक्टर, इन्जिनियर, प्राध्यापक, लेखक, कवि, कलाकार पनि वर्गीय राजनीतिबाट अलग्ग हुँदैनन् । इजरायलले प्यालेस्टिनलाई ध्वस्त बनाए पनि इजरायली आक्रमणमा दसौँ हजार नागरिक मरे पनि सत्तामा रहेका कुनै पनि दलले चुइँक्क बोलेनन् । नेकाले नबोले पनि सत्तारुढ कम्युनिस्ट पार्टीहरूले विरोध गर्नुपथ्र्याे । तर, विडम्बना ! सत्तामा नरहेका अन्य कम्युनिस्ट पार्टीले पनि आक्रमणको विरोधमा बोलेनन् । इजरायलको विरोध र प्यालेस्टिनी जनताको समर्थनमा बोल्ने दल नेमकिपामात्र रह्यो ।
इजरायली आक्रमणको विरोधमा नेमकिपाले राजधानीमा विरोध प्रदर्शन तथा सभा ग¥यो । भक्तपुरमा विद्यार्थी हित समितिले विरोध प्रदर्शन तथा सभा ग¥यो । प्यालेस्टिनी जनताको पक्षमा वडा वडामा महिलाहरूको कक्षा सञ्चालन भइरहेको छ । यसले टोल–टोल र बस्तीबस्तीका जनता सचेत हुन्छन् । ठूला शक्ति राष्ट्रको अहङ्कार तोड्न या पुँजीवादी व्यवस्था फाल्न आ–आफ्नो देशका श्रमजीवी जनता सचेत र सङ्गठित हुनुपर्छ । उनीहरूमा एकताको आवश्यकता छ । पुँजीवादी व्यवस्था अन्त्य गर्नको निम्ति पूर्वाधार तयार गर्दै जानुपर्छ ।
Leave a Reply