भर्खरै :

पत्रकारको धर्म जनतालाई सुसूचित पार्नु हो

  • मंसिर १४, २०८०
  • रामकृष्ण प्रजापति, वडा निरीक्षक 
  • पाठक विचार
पत्रकारको धर्म जनतालाई सुसूचित पार्नु हो

छलफल साप्ताहिक अनलाइन खबर पत्रिकामा मङ्सिर ५ गते प्रकाशित सम्पादकलाई चिठीप्रति मेरो ध्यान आकृष्ट भएको छ । मेरो चरित्रहत्या गर्ने उद्देश्यले लेखेकोले त्यस विषयमा सत्यतथ्य कुरा यहाँहरूमाझ राख्न चाहन्छु ।
सम्पादकलाई चिठीमा इमानदार र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई निराश पार्ने, मनोबल घटाउने काम भएको अनुभव भयो । मेरो बदनाम गर्न कसैको दबाब, प्रभाव, आर्थिक प्रलोभन र उक्साइमा चिठी छापेको हो कि भन्ने आशङ्का छ । गलत कुरा छापेर चरित्र हत्या गर्न पाउने पत्रकारिताको धर्मले दिँदैन । यसमा सम्पादकलाई फसाउन खोजेको त होइन भन्ने लागेको छ । पत्रिकाले पत्रिकाको स्तर खस्कनेतर्फ ध्यान दिएको देखिएन । त्यतिमात्र होइन यो गुनासो मेयर, अख्तियार र नेमकिपाको पार्टी कार्यालयमा उजुरी परेको भनी उल्लेख छ ।
कर्मचारीहरूले प्रत्येक वर्ष व्यक्तिगत सम्पत्ति विवरण बुझाउनुपर्छ । मैले अकुत सम्पति कमाएको भए सरकारले नै छानबिन गर्छ । नापजाँच गर्ने फिता एक फुट नपुगेको भनेर मनगढन्ते कुरा लेखेर भ्रम फैलाइयो । नगरपालिकामा माग फाराम गरेर लिएको फिता नपुगेको भनेर अथ्र्याउने व्यक्ति को प¥यो होला ? त्यो फिताले सयौँ नक्सा पास भइसक्यो तर यस्तो सो¥है आना गलत कुरा लेखेर पत्रिकामा छपाउने महाशयलाई के भन्ने ? कमलविनायकमा शाक्यको पेटी भत्काएकोमा लाखौँ घुस मागेको हो होइन सम्बन्धित व्यक्तिसँग सोधेर सत्यतथ्य कुरा लेखेको भए राम्रो हुन्थ्यो । नक्सामा नभएको, मापदण्डमा परेको र बाटो साँघुरो हुने भएकोले पेटी भत्काएको हो । यस्तो सत्य कुरालाई बङ्ग्याएर हुँदै नभएको कुरा सम्पादकलाई चिठीमा प्रकाशित भयो । नक्सा पास गर्ने धेरै चरण छन् । चारकिलालाई पन्ध्रदिने म्याद, वडा सरजमिन, वडा प्राविधिक प्रतिवेदन, वडानिरीक्षक प्रतिवेदन र नक्सा शाखाका तीन जना इन्जिनियरहरूले सही गरेपछि प्रमुख प्रशासकीय अधिकृतको सही भई नक्सापास प्रक्रिया पूरा हुन्छ ।
अनुगमनको उद्देश्य विषादीयुक्त, मिसावट, स्वास्थ्यलाई हानिकारक हुने, म्याद नाघेका सामान उपभोक्ताले उपभोग नगरुन् र ढक तराजुबाट उपभोक्ता नठगून्, सरसफाइ अपुगबाट उपभोक्ता बिरामी नहोस् भनी सचेत गर्नु हो । नगरपालिकाले म्याद नाघेको सामान जफत गरी नष्ट गर्छ । पसलेलाई कारबाही गरी जरिवाना गर्छ । उपभोक्ताको हितको निम्ति आवाज उठाउनुपर्नेमा विरोध गर्नु के उपभोक्ताविरोधी कदम होइन ?
नगरपालिकाले सहकारी अनुगमन गरिरहेकोले समुदायमा आधारित सहकारीहरू सुरक्षित छन् भने अरू सहकारीहरूमा समस्या छन् । नगरपालिकाले नगरवासीहरूको निक्षेप नडुबोस् भनी गरेको अनुगमनलाई बक्रदृष्टिले हेर्नु ठीक होइन । सहकारीको अनुगमन समितिमा नभएको व्यक्तिलाई जथाभावी लेखेर पत्रिकाका सम्पादक र पत्रकारहरूप्रति जनताको विश्वास गुम्ने हुन्छ ।
मेरो घर रु. १० करोड होइन सम्पादकलाई चिठी लेख्ने महाशयलाई एक करोडमा किनिदिन अनुरोध गर्दछु । सूर्यविनायक, तुमचो प्लानिङ, सिन्धुली, निजगढमा मेरो जग्गा छैन ।
पत्रकारको धर्म सत्यतथ्य जनतासामु सुसूचित गर्ने, विकृति र विसङ्गतिबारे जनतालाई सचेत पार्ने काम हो । त्यसप्रति सत्यतथ्य सम्बन्धित व्यक्तिसँग बुझेको भए वा सम्बन्धित कार्यालयमा बुझेको भए पत्रकारिताको धर्म पूरा हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *