भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेस्टाइनीहरूको हत्या गरिरहेको बताउँदै प्यालेस्टाइनमा युद्धविरामको आवश्यकता भएको बताउनुभयो ।
भनपा वडा नं. ७ जगातीस्थित हित बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ साधारणसभा उद्घाटन गर्दै उहाँले प्यालेस्टाइनी जनताको पक्षमा आवाज उठाउनु न्यायप्रेमी जनताको कर्तव्य भएको बताउँदै नेमकिपाले देश र जनताको हितमा राजनीति गरिरहेको बताउनुभयो ।
उहाँले सदस्यलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थामा भएको बचत रकम बैङ्कमा जम्मा गर्ने प्रवृत्तिले पुँजीपतिवर्गको सेवा भइरहेको बताउँदै उहाँले सहकारी गरिबहरूको पैसा धनीहरूको लागि सङ्कलन गर्ने माध्यम हुन नहुने विचार राख्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारीको काम, कर्तव्य र अधिकारबारे गहिरो अध्ययन आवश्यक भएको र सहकारीले सिङ्गो समाज उत्थानको लागि काम गर्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष रामगोपाल बालाले व्यक्तिगत स्वार्थमा आधारित वित्तीय संस्थाहरूले पुँजी सङ्कलनको माध्यम बनाएर सहकारी क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत सङ्घमा प्रतिनिधि काजीबहादुर पञ्च, हित साकोसका लेखा परीक्षक श्याम मुनंकर्मी, समय बचतका उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछा, संस्थापक अध्यक्ष शिवलाल बाला, ऋण उपसमितिका प्रचण्ड प्रधानले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा एसईई उत्तीर्णलाई सम्मान, ज्येष्ठ नागरिक सम्मान र असल बचतकर्ता र ऋणीलाई सम्मान गरिएको थियो ।
Leave a Reply