नेपालीहरू भारतविरोधी होइनन् – ५
- कार्तिक १५, २०८३
भक्तपुर, १३ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरूसँग छलफल गरी तान्त्रिक विधिअनुसार देहायबमोजिम स्वन्ति नखाः तिहार मनाउन उपयुक्त हुने राय सुझाव प्राप्त भएको हुँदा सोहीबमोजिम तिहार मनाउनेसम्बन्धी निर्णय गरियो ।
बैठकले यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने सम्बन्धमा विभिन्न पात्रो र सरोकारवालाहरूबाट लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा मनाउने तिथिका विषयमा फरक फरक मितिमा मनाउने गरी सार्वजनिक भएका समाचारहरूबाट सर्वसाधारणमा अन्योल सिर्जना हुने देखिएकोले निर्णयबमोजिम २०८३ कार्तिक २२ गते आइतबार बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकोले साँझ दीपावली गरी लक्ष्मी पूजा मनाउने, कार्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि आरम्भ हुने भएकोले साँझ म्हःपूजा मनाउने र कार्तिक २४ गते मङ्गलबार दिनको १२ः४१ बजेपछि द्वितीया तिथि आरम्भ हुने भएकोले साँझ किजापूजा मनाउने निर्णय ग¥यो ।
बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पुजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्लाका निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply