हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
असल इजरायली र असल प्यालेस्टिनीहरू दुवैको स्वार्थ एकै हो । कसरी ? इजरायली सरकारले प्यालेस्टिनी जनताविरुद्ध हिंसा गर्दै आएको छ । उसले खुलेआम इजरायलको भूमि बढाउने र प्यालेस्टिनी जनसङ्ख्या सकेसम्म घटाउने उद्घोष गर्छ । यति भन्नुको अर्थ इजरायली नेताहरूले यहुदीहरूको रक्षा गर्न चाहेको भने होइन । बरु कुरो उल्टो छ । उनीहरू यहुदी अर्बपतिहरूलाई धनी बनाउन चाहन्छन् र इजरायलका यहुदी कामदार वर्गमाथिको आर्थिक र राजनीतिक नियन्त्रण कसिलो बनाउन चाहन्छन् ।
यहुदीवाद(Zionism) सामान्य यहुदीजन र प्यालेस्टिनीहरूमाथिको प्रहार हो । यहुदीविरोध (Anti-Semetism) भन्नु सर्वसाधारण यहुदीको विरोध गर्नु हो । तसर्थ, यहुदीवाद र यहुदी विरोधलाई एकै डालोमा हाल्न सकिन्न । शासकको विरोध गर्नुपर्छ, सामान्य यहुदीजनको पक्ष लिनुपर्छ । यहुदीवादको विरोध नगर्नु सामान्य यहुदीजनको विरोधी बन्नु हो ।
इजरायल यहुदी जनताको राज्य होइन । त्यो यहुदी अर्बपतिहरूको राज्य हो । सामान्य यहुदीहरूलाई त्यहाँ बाँच्न मुस्किल छ किनभने इजरायलको लगाम धनाढ्यहरूको हातमा छ । यी धनाढ्हरूले सर्वसाधारण यहुदीहरूमाथि दमन गर्छन् र तिनको जीवनस्तर उकास्नमा उति चासो लिन्नन् ।
इजरायली शासक वर्गले प्यालेस्टिनीहरूलाई जन्तुको रूपमा व्यवहार गर्छन् । उनीहरूको भूमि कब्जा गर्नलाई मात्र त्यसो गरिएको होइन । बरु उनीहरूलाई भड्काएर इजरायलविरुद्ध हिंसामा उतार्नु तिनीहरूको लक्ष्य हो । यति गरेपछि इजरायली यहुदीहरूले प्यालेस्टिनीहरूलाई आफ्नो अस्तित्वको बाधक ठान्न पुग्छन् । साधारण यहुदीहरूलाई तिनको ‘वास्तविक शत्रु’ बाट जोगाउने निहुँमा इजरायली शासकवर्गले यहुदीजनमाथि आर्थिक नियन्त्रण जमाउँछन् । सारमा प्यालेस्टिनी जनतालाई ‘फर्जी शत्रु’ को रूपमा उभ्याएर इजरायली अर्बपतिहरूले साधारण यहुदीजनमाथिको आर्थिक शोषण अझ कसिलो बनाउँछन् । खेल यो हो !
इजरायली हिंसाको घोषित लक्ष्य यस्तो छ – इजरायलको लागि सकेसम्म धेरै भूमि कब्जा गर र यहुदीहरूलाई सुरक्षित राख्न भरसक थोरै प्यालेस्टिनीहरूलाई मात्र बस्न देऊ । यहुदीवादको औपचारिक लक्ष्य यही हो । तर, यो घोषित लक्ष्य आधा झूट र आधा सत्य हो । यहुदीहरूलाई सुरक्षित राख्न प्यालेस्टिनीहरूलाई भरसक हटाऊ भन्नु जालसाजी हो । प्यालेस्टिनीहरूको भूमि कब्जा गर भन्नु सत्य हो किनभने यसले गर्दा उच्चवर्गका यहुदीहरूले धन बढाउन पाउँछन् ।
इजरायली यहुदीहरूको सुरक्षा गर्छौँ भनेर शासकहरूले सर्वसाधारणको सहानुभूति बटुल्छन् । यहुदीवादको घोषित लक्ष्य जनसमर्थन हासिल गर्ने उपाय हो । यही लक्ष्य पूरा गर्न प्यालेस्टिनी जनतामाथि हमला गरिन्छ र दुई वास्तविक तर नभनिएका काम फत्ते गरिन्छ । पहिलो, प्यालेस्टिनी भूमि लुटेर यहुदीवादी धनीवर्गलाई झन् धनी बनाइन्छ । प्यालेस्टिनीहरूबाट खोसेको घर धनाढ्यहरूले साधारण यहुदीजनलाई बेच्छन् । यसो गर्दा साधारण यहुदी र प्यालेस्टिनीहरूलाई एकअर्काको शत्रु बनाउने इजरायली शासकवर्गको मनसुबा पनि पूरा हुन्छ । दोस्रो, प्यालेस्टिनीहरूले ‘यहुदी जनताको राज्य’ भनेर इजरायललाई घृणा गर्न पुग्छन् । यसपछि प्यालेस्टिनीहरूलाई इजरायली शासकहरूले यहुदीहरूको ‘फर्जी शत्रु’ को रूपमा उभ्याउन पाउँछन् । यो ‘फर्जी शत्रु’ लाई इजरायली अर्बपति शासकवर्गले इजरायलका यहुदी कामदार जनतामाथि आर्थिक शोषण र नियन्त्रण जमाउनको लागि प्रयोग गर्छ र आफू झन्झन् मोटाउँदै जान्छ ।
इजरायलको यहुदी कामदारवर्ग सरकारले ‘वास्तविक शत्रु’ (प्यालेस्टिनीहरू) बाट आफ्नो रक्षा गर्दै छ भन्ने भ्रम राखेसम्म उनीहरूले आफूविरुद्ध कुनै गम्भीर पाइला चाल्नेछैनन् भन्ने कुरा इजरायली अर्बपति शासकहरूलाई थाहा छ । जब कि इजरायली शासकहरूले यहुदी जनतालाई चुस्नु चुसेका छन् । यो शोषणबारे तल चर्चा गर्नेछौँ ।
इजरायली शासकवर्गले कुनै बेला प्यालेस्टिनीहरू देखाएर इजरायलका सर्वसाधारण यहुदीजनलाई तर्साउन हमासलाई सहयोग गरिरहेको थियो । इजरायली सहयोगमै हमास गाजा क्षेत्रमा शक्तिशाली बन्न पुगेको थियो । इजरायली शासकवर्गले प्यालेस्टिनीहरूलाई जन्तुको रूपमा व्यवहार गर्न बन्द गर्ने हो भने धेरै प्यालेस्टिनीहरूले हमासका हिंसात्मक कारबाहीलाई निहत्था यहुदी मार्ने लडाकु भन्नेछन् । यहुदी हुँदैमा निहत्था जनताविरुद्ध हिंसा गर्नु अपराध र अनैतिक हो भन्नेछन् । सुन्दा आश्चर्य लागे पनि यी कुरा सत्य हुन् । मैले यस विषयमा विस्तृत र प्रमाणिक लेखहरू लेखिसकेको छु ।
यहुदीवाद आर्थिक समानताबाट इजरायली यहुदीजनलाई रोक्ने शासकहरूको प्रपञ्च
पश्चिमी मिडियामा इजरायली शासकवर्गले त्यहाँका यहुदी कामदारहरूलाई कसरी शोषण गर्छन् भन्ने विषयमा त्यति कुरा बाहिर ल्याउँदैनन् । तर, यहीनिर इजरायल र अमेरिका सरकारको हिमचिमको कारण भेटिन्छ ।
धनी र गरिबबिचको खाडलका दृष्टिले इजरायल संसारकै तेस्रो ठूलो वर्गीय विभेद भएको देश हो । २१ प्रतिशत इजरायलीहरू गरिबी रेखामुनि बाँचिरहेका छन् । पश्चिमी देशका दृष्टिले यो अङ्क सबैभन्दा ठूलो हो । जेरुसेलमका आधा जनता गरिबीमा छन् । तिनीहरू कसरी बाँचिरहेछन् ? जेरुसेलमका धेरै परिवारहरू दैनिक अरुले दिएको सहयोग, अरुले खाएर बचेको खाना र कस्टप्रद जीवन झेल्न विवश छन् । जेरुसेलमको जनसङ्ख्या ७ लाख १७ हजार छ । त्यसमध्ये ४७ प्रतिशत बासिन्दा गरिबीको रेखामुनि छन् । रोटी खाने कि दुध ? बच्चालाई डाइपर किन्ने कि आफूलाई औषधि ? जेरुसेलमका यहुदी बासिन्दा दैनिक यिनै कष्टकर प्रश्नसामु ठोकिन्छन् ।
हिटलरी यातनागृहबाट भाँचेर इजरायल पुगेका हजारौँ यहुदी जनता अझै गरिबीसँग जुध्दै छन् । दोस्रो विश्वयुद्ध टुङ्गिएको ७० वर्ष भइसक्यो । तर पनि उनीहरू पहिचान पत्रका लागि लड्दै छन् । हिटलरको अत्याचारबाट बाँचेका २० हजार वृद्धवृद्धालाई इजरायल सरकारले नाम मात्रको सहयोग दिने गरेको छ । कतिले त त्यही सहयोग पनि पाउँदैनन् । हिटलरी यातनाबाट बाँचेका यहुदीमध्ये ४५ हजार मानिस गरिबीको रेखामुनि छन् ।
अनुवाद : सम्यक
बाँकी भोलिको अङ्कमा…..
Leave a Reply