भर्खरै :

इजरायल बाटोमा हिँड

इजरायल बाटोमा हिँड

अमेरिकी साम्राज्यवादको बुइँ चढेको इजरायली अधिनायकवाद नै संसारबाटै प्यालेस्टिनहरूको संहार गर्ने कुत्सित इच्छा राख्दै छ । के यसरी अल्पसङ्ख्यक जाति नै विनाश गर्न पाइन्छ ? के प्यालेस्टिनीहरूले आफ्नो माटोमा श्वास फेर्न पनि पाउँदैनन् ? अल्पसङ्ख्यक जातिको संसारबाटै सफाया गर्न पाइन्छ ? इजरायली फासीवादबाट हमला तथा जनसंहार अल्पसङ्ख्यकविरुद्ध ज्यादती होइन ? कसैलै आफू बलियो छ भनेर अरुभन्दा कमजोर अल्पसङ्ख्यकविरुद्ध गर्ने ज्यादती हो भन्ने लाग्छ । इजरायल आफँै पनि ठुलो राज्य कहाँ हो र ? उसले पनि आफूभन्दा सानो राज्य प्यालेस्टिनीविहीन संसारको कल्पना चिताउनै नहुने कल्पना हो । यो संसार भनेकै सानाभन्दा साना र ठुलाभन्दा ठुला राष्ट्रहरू मित्रतापूर्ण वातावरणमा रहून्, प्रगति गरून्, सम्मुनति गरून्, समृद्ध होऊन् तब त संसार संसारजस्तो हुन्छ । अमेरिकी साम्राज्यवादको लट्ठी टेकेर प्यालेस्टिनी जनतालाई यो सुन्दर संसारबाटै धपाउने सा¥है सा¥है घृणित जमर्को गर्नु साम्राज्यवादको चरम आततायी सोच हो । संसारभरका न्यायप्रेमी जनता स्वतन्त्र प्यालेस्टिनी राज्यको पक्षमा छन् । यो वस्तुस्थिति जति चाँडो इजरायलले आत्मसात गर्न सक्यो र प्यालेस्टिनविरुद्ध बर्बरता रोक्न सक्यो त्यति राम्रो । तर, इजरायलको ध्यान त्यस दिशातिर फुट्टि पनि जान सकेको छैन ।
पठाउने को ? खुल्नुप¥यो
संयुक्त राष्ट्र सङ्घले नै बेलायतको दबाबमा प्यालेस्टिनीहरूको भूमि हडपेर इजरायल घोषणा गरेको घटना कसले ? कसरी ? किन बिर्सनु र ? प्यालेस्टिनी आफ्नो पवित्रभूमि फिर्ता लिन ७५ वर्षदेखि निरन्तर लड्दै छन् । तर, कब्जा गरेको भूमि फिर्ता आउने त छन्द नै छैन । बरु उल्टो अझ प्यालेस्टिन मेटिएको नयाँ नक्सा मध्यपूर्वको नक्सा पो त पेस ग¥यो । प्यालेस्टिनीहरूको लडाकु सङ्गठन हमासले गत असोज २० गते इजरायललाई जवाफ दियो । अमेरिकी राष्ट्रपति बाइडेन १ कार्तिकमा इजरायल पुगेर आवश्यक हतियार सहयोग गर्ने बाचा गरे । एक खर्ब ६ अर्ब डलर सहयोग गर्ने प्रतिज्ञा गरे । १५ अर्ब डलरको त हतियार मात्र दियो अमेरिकाले इजरायललाई । यसरी संरा अमेरिकी सरकार इजरायललाई लडाइँबाट बाहिर आउन दिँदैन । बरु आफ्नो हतियार प्रयोग गरेर युद्धलाई बढाउन खोजिरहेको छ । अहिलेको प्यालेस्टिन इजरायलको युद्धविराम स्थायी सम्झौतामा परिणत गराउन प्यालेस्टिनलाई स्वतन्त्र घोषणा गराउन भेला भएका छन् । यस्तो युद्धको अवस्थामा पढ र कमाउ भन्ने आधारमा नेपालका युवा विद्यार्थीहरूलाई किन इजरायल पठाए, त्यो सही थिएन गलत थियो । ती युवकलाई इजरायल पठाउने प्रधानमन्त्री र अरु सरोकारवाला उच्च अधिकारीहरूविरुद्ध सङ्घर्ष हुनुप¥यो । १० जना मारिएका र एक जना हराएका छन् । यसको जिम्मेवार को ? वास्तविकता सार्वजनिक हुनुप¥यो ।
खराबलाई उखेलेर पन्छाउनैपर्छ
गाजापट्टीमा २३ लाख जनसङ्ख्या छ । तीमध्ये ४७ प्रतिशत त केटाकेटी मात्र छन् । इजरायल आक्रमणबाट घाइतेमध्ये ७० प्रतिशत त महिला र केटाकेटी मात्र छन् । १० हजार केटाकेटी इजरायलको जेलमा छन् । इजरायली आक्रमणबाट घाइते भएकामध्ये ७० प्रतिशत महिला र केटाकेटीहरू छन् । यसरी साम्राज्यवादी अमेरिकाको बलमा उभिएको इजरायल एक प्रकारले अमेरिका नै हो भन्दा गलत नहोला । नेतन्याहु भनेका अमेरिकाका गोटी हुन् । बरु अमेरिकी राष्ट्रपति जो बाइडेनलाई केही नियम मान्नु अनिवार्य छ तर नेतन्याहुले जे पनि गर्न सक्छन् । इजरायल र अमेरिका सिक्काका दुई पाटाजस्ता मात्र हुन् । अझ बाइडेनलाई जे पनि गर्नुहुन्न भन्ने डर छ विश्व समुदायको । परन्तु, नेतन्याहुलाई त विश्व समुदायको कुनै डर पनि छैन । तसर्थ, जे पनि गर्न सक्छन् । यसरी एकथरी क्रुर नरसंहारकारी युद्धका भोका संसारमा थोरै मात्र छन् नेतन्याहुजस्ता । जति धेरै महिला तथा केटाकेटी मारे पनि नअघाउने । यो पृथ्वीलाई नेतन्याहुजस्ता ज्यानमारारहित बनाउन सकिँदैन । मनमा प्रश्न उठिरहन्छ । तर चित्तबुझ्दो उत्तर कतै पाइँदैन । युद्धका भोका संसारमा सा¥है कम छन् । खराब जति कम भए पनि खराब भनेकै खराबै हो । एउटा खराबले धेरै असललाई तर्साउँछ । तसर्थ खराबलाई उखेलेर पन्छाउनैपर्छ ।
दोहो¥याइरहनुपर्ने रहेछ
इजरायल एउटा मुलुकमात्र होइन अल्पसङ्ख्यक जातिलाई समाप्तै पार्ने एउटा रोग हो । यो रोग फैलँदै कतै इजरायल देशै नरहने स्थिति आयो भनी इजरायलको पक्षमा आँ गर्ने मान्छे पनि नपाइन सक्छन् । त्यसो भएमा इजरायल के खाएर चुठ्छ ? त्यस दिशातिर किञ्चित पनि ध्यान दिएको देखिँदैन । यो पक्कै पनि राम्रो होइन । अल्पसङ्ख्यक जाति र समुदायको विस्थापन आजको दुनियाँमा कतै पनि कसैले पनि सोचेको हुँदैन । इजरायल स्वयं आफँै पनि कहाँको ठुलो राष्ट्र हो र ? साना राष्ट्रको विपक्षमा उभिँदा एक दिन यो दुनियाँमा इजरायलको आफ्नैविरुद्ध पनि आवाज उठ्न सक्छ भन्ने तथ्यतर्फ इजरायलको ध्यान जानु वाञ्छनीय होला । जे भए पनि इजरायल शक्तिशाली छ भनी आफूभन्दा पनि सानो देश प्यालेस्टिनीहरूको नक्साबाटै नाम मेटाउनुको के औचित्य ? हालै प्रकाशित नक्सामा प्यालेस्टिनको नामै छैन । के यसरी सानो देशलाई कप्लक्कै खान मिल्छ र ? इजरायलको बेलैमा बुद्धि पलाएर नक्सा संशोधन गरी प्यालेस्टिनी भूमि सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो भनी छिट्टै नक्सा सार्वजनिक हुनुप¥यो । नभए यो मुद्दामा संरा सङ्घले गम्भीर ध्यान दिनुप¥यो । नेपाल दुई राष्ट्र चीन र भारतबिच हजारौँ हजार वर्षदेखि स्वतन्त्र, सार्वभौम, स्वायत्त स्वनिर्णय गर्न सक्ने देश हो भन्ने कुरा दोहो¥याइरहनुपर्ने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *