भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २० मङ्सिर । विश्व सर्वहारा वर्गका महान् गुरू फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बुधबार चोर्चामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एनबी दुवालले एङ्गेल्सको योगदानबारे चर्चा गर्दै भन्नुभयो, “सर्वहारावर्गले सुख र समृद्धि पाउने सिद्धान्तको प्रतिपादक कार्ल माक्र्स हुनुहुन्थ्यो भने त्यसलाई फैलाउने र प्रकाशमा ल्याउने काम फ्रेन्डरिक एङ्गेल्सले गर्नुभयो ।”
समाजवाद र पुँजीवादको भिन्नताबारे थाहा पाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “माक्र्सवादी राजनैतिक अर्थशास्त्रले पुँजीवादको उत्थान, विकास र पतनको सिद्धान्तको व्याख्या गरेको छ । अतिरिक्त मूल्य नै शोषणको प्रमुख आधार हो । पुँजीपति वर्गको शोषणकै कारण सर्वहारावर्गको जन्म भएको हो । पुँजीवादको विकल्प समाजवाद हो । धनी झन्झन् धनी र गरिब झन्झन् गरिब बन्ने व्यवस्था पुँजीवादी अर्थव्यवस्था हो ।”
नेक्रामजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले एङ्गेल्सको योगदान र समाजवादको व्याख्या गर्दै भन्नुभयो, “एङ्गेल्सले समाजवादी सिद्धान्तका पुस्तकहरू प्रकाशन गरी विश्वभरि प्रचार गर्नुभयो । समाजवादी व्यवस्थामा सम्पूर्ण उत्पादनका साधन सामाजिकीकरण हुन्छ, व्यक्तित्व विकासमा समान अवसर पाउँछ, गाउँ र सहरको भेद क्रमशः अन्त्य हुन्छ, शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्त गर्ने जिम्मा समाजवादी सरकारले लिन्छ ।”
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा रमेश दुमरू र पञ्चनारायण सितिखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply