अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २० मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वागीश्वरी कलेजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित वागीश्वरी कलेजको प्राङ्गणमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।
रक्तदान कार्यक्रममा शिक्षक र विद्यार्थी गरी १०५ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । त्यसमध्ये पुरुष ५६ र महिला ४९ जना रहेका छन् ।
वागीश्वरी कलेजको अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित रक्तदान कार्यक्रमको उद्देश्य यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउनु र रगत तथा रक्ततत्वको बढ्दो मागलाई परिपूर्ति गर्नु रहेको समितिका संयोजक मङ्गलेश्वर ध्वजुले बताउनुभयो ।
वागीश्वरी कलेजले सामाजिक क्रियाकलापस्वरूप हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको समन्वयमा विद्यार्थीहरूलाई रक्तदानसम्बन्धी ज्ञान प्रदान गर्न रक्तदान उत्प्रेरणा अभिमुखीकरण कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
Leave a Reply