हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, ७ डिसेम्बर (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बिहीबार त्याउ यू थाइ स्टेट गेस्टहाउसमा २४ औँ चीन–युरोपेली सङ्घ नेताहरूको वार्तामा सहभागी हुन चीन आउनुभएका युरोपेली परिषदका अध्यक्ष चाल्स मिचेल र युरोपेली सङ्घका अध्यक्ष उरसुला भोन डेर लेयेनसँग भेटवार्ता गर्नुभएको छ ।
सी चिनफिङले वर्तमान विश्व एक शताब्दीमा नदेखिएका ठूला परिवर्तनहरूबाट गुज्रिरहेको व्यक्त गर्नुहुँदै चीन र ईयू बहुध्रुवीयतालाई अघि बढाउने दुई प्रमुख शक्तिहरू तथा विश्वव्यापीकरणलाई समर्थन गर्ने दुईटा प्रमुख बजारहरू र विविधताको वकालत गर्ने दुई प्रमुख सभ्यताहरू भएको औँल्याउनुभयो । चीन– ईयू बिचको सम्बन्ध विश्व शान्ति, स्थायी र समृद्धिका लागि महत्वपूर्ण रहेको औँल्याउनुहुँदै दुई पक्षले विश्वकालागि थप स्थिरता प्रदान गर्नुपर्ने, विकासका लागि शक्ति थप्नुपर्ने र विश्वव्यापी शासनका लागि थप समर्थन गर्नुपर्ने बताउनुभयो ।
चालु वर्ष चीन र युरोपेली संघबीच व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको २० औँ वार्षिकोत्सव हो । एउटा नयाँ सम्बन्धको प्रारम्भिक बिन्दुमा उभिएर दुवै पक्षले ऐतिहासिक अनुभवहरूबाट सिक्नुपर्छ, विश्वको प्रवृत्तिलाई बुझ्नुपर्छ, बुद्धि र जिम्मेवारी देखाउनुपर्छ तथा व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको सही स्थितिको पालना गर्नु आवश्यक छ, राष्ट्राध्यक्ष सीले भन्नुभयो ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण गर्ने
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले घोषणा गर्नुभए अनुसार भियतनामी कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव गुएन फु ट्रोङ र भियतनामको समाजवादी गणतन्त्रका अध्यक्ष भो भान थाङको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १२ देखि १३ का दिनसम्म भियतनामको राजकीय भ्रमण गर्नुहुनेछ ।
Leave a Reply