तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
संसारमा केही मान्छे यस्ता हुन्छन् जो पदासीन नभई बस्न नै सक्दैनन् जस्तो लाग्छ । उपमा दिनुप¥यो भने रूसका भ्लादिमिर पुटिन सर्वोत्तम देखिनुहुन्छ । अर्को वर्ष सन् २०२४ मा रूसमा हुने आम निर्वाचनमा पनि पुटिन राष्ट्रपतिको उम्मेदवार हुने रे ¤ त्यतिबेलाको रूसको संविधानअनुसार पुटिनलाई राष्ट्रपति हुन नमिल्ने भयो । तब राष्ट्रपतिमा आफ्नै मुट्ठीको मान्छेलाई उठाएर आफू प्रधानमन्त्री भए । राष्ट्रपतिमा यस्ता मान्छे राखे जो, प्रधानमन्त्रीले नभनीकन एउटा सिन्को पनि यताबाट त्यता सार्दैनथे । यसरी हेर्दा स्वयं पुटिन नै राष्ट्रपति र प्रधानमन्त्री दुवै थिए भन्दा अत्युक्ति नहोला । स्तालिनले नेतृत्व गरेको दोस्रो विश्वयुद्धकालीन रूस हुँदा हुँदा कहाँ पुग्यो । पत्याउनेहरूलाई पत्याउनै कठिन त्यो स्तालिन नेतृत्वको रूस गोर्भाचोभले नेतृत्व गर्दासम्म कहाँ पुग्यो, त्यो फेरि पुटिनले रूसको नेतृत्व सम्हाले केही वर्षअघिको कुरा हो । उनले श्रीमती पनि छाडे । अहिले पुटिनको पूर्व श्रीमती कहाँ छन् थाहा छैन । छोराछोरी थिएनन् क्यार† थाहा छैन । त्यो उमेरको पुटिनको महिलाहरूसँगको सहजीवन र सहचर्चा पनि थाहा छैन । एउटा ग्रह नै भए रूसका लागि पुटिन । कहाँको सोभियत सङ्घ त्यत्रा राष्ट्रहरूको सोभियत सङ्घर्ष पो । त्यो अब इतिहास भयो । एउटा मान्छे डिक्टेटर भयो भने सम्पूर्ण देश नै बिगार्छ । मलाई लाग्छ रूस पुटिनको भएको छ ।
पुटिनपछि को प्रश्न छ
पुटिनको उत्तराधिकारी को हुन्छ त्यो लक्षण थाहा छैन । उनी देशभक्त छन् वा छैनन् थाहा छैन । तर, रूसी जनता के हेरेर बसेका छन् त्यो पनि थाहा छैन । त्यति चाहिँ थाहा छ पुटिनलाई पढ्दा उनी राष्ट्रपति वा प्रधानमन्त्री नभई बाँच्न सक्दैनन् । संसारमा पुटिनजस्ता एकाङ्की मान्छे अत्यन्त कम हुन्छन् । राज्यशक्ति भएपछि अरू केही चाहिँदैन । कुन मनोधिकारी हुन् पुटिन । पुटिनको कुन मनोविज्ञान होला कसरी छुट्याउने ? एक्लो मान्छेको मात्र होला कि आफ्ना नजिक बस्ने सल्लाहकार पनि होलान् । त्यो पनि खुलस्त छैन । त्यत्रो सम्पदावाला छ रूस । हिउँ भन्यो हिउँ छ वन भन्यो वन छ । पानी प्रशस्त छ । देश ठुलो छ । जनसङ्ख्या त्यति धेरै छैन । प्राकृतिक स्रोत पनि कहाँ कम छ र ? तैपनि के नपुग्दो छ र युक्रेनमाथि जाइ लाग्यो । युक्रेनी लडाइँमा नेपाली युवालाई बलि चढाएर छुट्टि । दोस्रो विश्व युद्धमा तत्कालीन रूसको बर्चस्व विश्व प्रसिद्ध छ । रूसका लाखौँ सैनिकले बलिदान दिए र हिटलर परास्त भयो । सोभियत रूस नभएको भए दोस्रो विश्व युद्धमा हिटलर र मुसोलिनीलाई परास्त गर्न सक्दैनथ्यो । पुटिनपछि को प्रश्न छ ।
पुटिन अब कति वर्ष ?
पुटिन अहिले ७१ वर्षको हुनुहुन्छ । उहाँले यो शताब्दीको प्रारम्भदेखि रूसको नेतृत्व गर्दै आउनुभएको छ । यसो हिसाब गर्दा ४ वटा निर्वाचन जितिसक्नुभएको छ । सन् २०२० मा एउटा विवादास्पद संविधानको दफाको संशोधन गरेपछि अब २०३६ सम्म देशको राष्ट्रपति हुने चाँजो मिलाउनुभएको छ । ३६ वर्ष लगातार राष्ट्रपति हुनु भनेको एक प्रकारले राजा हुनु नै होइन र ? संसारका थोरै मुलुकमा मात्र एउटै व्यक्ति यति धेरै राजा भएको धेरै देश छैनन् । यो प्रवृत्ति राष्ट्रपतिमात्र हुने प्रवृत्ति होइन राजा हुने प्रवृत्ति हो । मुखले राजा हुने प्रवृत्तिको विरोध गर्ने तर काम भने राष्ट्रपतिको तातो कुर्सी छोड्दै नछोड्ने अधिनायकवादी सोच हो । पुटिन लगातार २४ वर्षसम्म राष्ट्रपति भए । उनले रूसमा यी २४ वर्षमा त्यस्तो अदभूत के गरे त ? प्रश्न त छँदै छ । उही एक माना खाने हो २४ वर्ष राष्ट्रपति हुँदा २–४ माना खाने होइन रहेछ त ? युक्रेन युद्ध किन थाल्नु परेको हो ? त्यसको बेलिविस्तार गर्न पनि भ्याएका छैनन् पुटिनले । सधैँको हतारो, सधैँको हतारो छ पुटिनलाई । एउटी स्वास्नीसँग पनि मिलेर बस्न नसक्ने र छोडपत्र गर्ने पुटिनको दिमाग पढेर के के कुन कुन वैज्ञानिक विधिबाट यी सब काम भइरहेछन् । ती सबको एक एक बुँदाको व्याख्या गर्न सके पुटिन प्रवृत्ति गतार्थ हुँदो हो । साँच्चै पुटिनको मनोविज्ञान अरूको जस्तो सरल छैन । मान्छे किन यस्तो हुन्छ, मसिनो अध्ययन गरे जरूरै पत्ता लाग्ला ।
पुटिन नै भन्न सक्दैनन्
पुटिन नभएको रूस कस्तो होला ? कसले समाल्ला रूसको बागडोर । कसले गर्ला रूसको झन्डोतोलन ? को होला सेनापति ? को को होलान् मन्त्रीहरू ? त्यतातिर पुटिनको किञ्चित पनि ध्यान गएको देखिँदैन । दोस्रो विश्व युद्धताका रूसको आगो कति रापिलो थियो ! आज त्यसबारे पुटिन विज्ञ छैनन् होला । रूस त त्यतिबेला विश्वशक्ति नै थियो । रूसमा स्तालिनको शक्तिशाली वरद नेतृत्व नभएको भए के हुन्थ्यो ? हिटलर नै पो हाबी हुन्थ्यो कि ? हिटलर हाबी भएको भए संरा सङ्घ बन्दैनथ्यो होला । संरा सङ्घ नभएको भए आजको विश्व कसको पकडमा हुन्थ्यो होला भन्ने तर्कना उठ्छ यदाकदा । आजको शक्तिशाली पुटिन के हुन्थे होलान् भन्ने तर्कको चित्तबुझ्दो जवाफ कसैसँग पनि छैन । सायद यो प्रश्न नै असामयिक त छैन भन्ने तर्कना आउँछ कहिले कहिले । मान्छे भएर बाँच्न सजिलो छैन । पुटिन एक्लो हुँदा के सोच्दा हुन् भन्ने पनि लाग्छ । पुटिन एउटा अनौठो प्राणी भने हुन् । उनको महत्वाकाङ्क्षा सन् २०३६ पछि के हुने हो भन्न सक्ने कोही छ जस्तो लाग्दैन । स्वयं पुटिन पनि केही भन्न सक्दैनन् सन् २०३६ पछि आफ्नो भविष्य ।
Leave a Reply