भर्खरै :

लिफ्ट खानेपानी योजना निर्माण हँुदै

गुल्मी, २४ कात्तिक (रासस) ः गुल्मीको पौदीअमराईमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ योजनामार्फत छोरधारा बाङ्गे लिफ्ट खानेपानी निर्माण गर्न लागिएको छ ।
मुसिकोट नगरपालिका–१ अन्तर्गत बाङ्गे, अमराई लगायतका स्थानमा वर्षौंदेखि खानेपानी समस्या भोगिरहेका बासिन्दालाई अब भने एक वर्ष भित्रमै पश्चिम नेपाल ग्रामीण खानेपानी सरसफाइ परियोजनामार्फत छोरधारा बाङ्गेको मूलको पानीलाई ३९२ मिटर माथि तानेर र लिफ्ट गरेर झिल्केपोखरीमा संकलन गरेर खानेपानी वितरण हुने मुनपाका वास संयोजक रामबहादुर कुँवरले बताउनुभयो ।
आँउदो २०७५ कात्तिक मसान्तभित्र खानेपानी योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाल सरकार र फिनल्याण्ड सरकारको ३६÷३६, मुसिकोट नगरपालिकाको १०, उपभोक्क्तहरु श्रम १७ र नगद एक प्रतिशतसहित संयुक्त रुपमा कूल रु एक करोड ३५ लाख तीन हजार ३३३ को आर्थिक लगानीमा योजना निर्माण गर्न लागिएको संयोजक कुँवरले जानकारी दिनुभयो ।
उक्त योजनामार्फत सञ्चालित छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाइ योजनामार्फत १६९ घरधुरीका ८८७ जनसङ्ख्या र भगवती निमावि र छत्रभूमि बोर्डिङ स्कुल, स्वास्थ्यचौकी, प्रहरी चौकी र वडा कार्यालय समेतका संस्था खानेपानीबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *