भर्खरै :

कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना

कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना

भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फो नेसन कप कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई खादा ओढाई बिदाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले खेलकुदमा हारजित स्वाभाविक हुने बताउँदै सफल हुँदा उत्साहित भएर नयाँ–नयाँ काम गर्न र असफल हुँदा त्यसबाट सिक्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । खेलाडीहरूले खेलकुदमा पूर्ण रूपमा केन्द्रित भई अनुशासित र लगनशील भएर खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
खेलकुदले शारीरिक तथा मानसिक विकाससँगै देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलाडीहरूले देशको पहिचान र प्रतिष्ठा जोगाउने मात्र नभई ठुला–ठुला युद्ध रोक्नेजस्ता महत्वपूर्ण भूमिकासमेत खेल्न सक्ने उहाँले बताउनुभयो ।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री र भक्तपुर जिल्ला कबड्डी सङ्घका सचिव दिलीप सुवालले पनि शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *