अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हाम्रो परिवार भाडाको घरमा बस्दै छौँ । भित्तामा दरारै दरार छन् । परिवारका दसै जना ५० बाइ ५० को कोठामा कोच्चिएर बसेका छौँ । शौचालय एउटै छ । दक्षिणी गाजाको राफा क्षेत्रमा विस्थापित भएपछि हामीले भेटेको सबैभन्दा गतिलो कोठा यही थियो ।
नजिकै बमबारी भइरहेको हुन्छ । त्यसले गर्दा भित्ताहरू दिनकै भत्किरहेका हुन्छन् र कोठाभरि कङ्क्रिटको धुलो छरपस्ट हुन्छ । हामीले भित्तालाई प्लास्टिकले बारेका छौँ । झरीबाट बच्न । यद्यपि, चिसो र बाछिटा कसैगरी पसिहाल्छ । ठिहि¥याउने जाडो छ, हातखुट्टा कठ्याङ्ग्रिन्छन् ।
हाम्रो कोठा तताउने व्यवस्था छैन । सामान्य पानी तताउने साधन पनि छैन । त्यसैले न्यानो लुगा किन्न आमासित म नजिकै राफा बजार गएँ । लुगाहरू खोजेभन्दा छोटा र टाइट थिए । गर्मी यामका लुगा मात्र भेटिए, कामै नलाग्ने । जाडोका लुगा बिक्री भइसकेका रहेछन् ।
हामी घन्टौँसम्म बजार डुल्यौँ । हार खाएर हामी घर फर्किँदै थियौँ । बाटोमा गतिलो सुत्ने लुगा र एउटा न्यानो ज्याकेट भेट्यौँ । मैले तुरुन्तै ती लुगा निकालेँ, बाघले शिकार झम्टेजस्तो । जति पैसा मागे पनि दिउँला भनेर । मलाई सारा संसार जितेजस्तो लाग्यो । मैले ती लुगा किनिहालेँ ।
बिराना मानिसहरूको दया
युद्धभन्दा अगाडि सामान किन्नुअघि म मूल्य हेर्ने गर्थेँ । अहिले म नसोधी सामान समाइहाल्छु । त्यसलाई कति पर्ला भनी हेर्दिनँ किनभने म तुरुन्तै चाहिने चीज किनिहाल्छु । अरू विकल्पै हुन्न । सामानको सजावट, मूल्य र गुणस्तर हेर्नु अर्थहीन हुन पुगेको छ ।
सामानको मूल्य पहिलेजस्तो रहेन । हरेक चीजको भाउ तेब्बर बढेको छ । गत वर्ष जुन सामान १३ डलरमा आउँथ्यो त्यही सामान किन्न अहिले ४० डलर तिर्नुपरेको छ । आफ्नो कमाइ र बचतले अहिलेजस्तो खुसी म कहिल्यै भएकी थिइन । यसको अर्थ मलाई घरिघरि खर्च गर्न रमाइलो लागिरहेको छ भन्ने होइन । सामान किन्नलाई पसलहरू रित्ता छन् ।
दक्षिणको केरम शालम चौकी दुई महिनादेखि बन्द छ । गाजामा आउने मालमत्ताको आपूर्ति ठप्प छ । मैले धेरै लुगालत्ता साथीहरूसँग लिएँ । मेरी साथी नूरले मलाई एक जोर जिन्स र जुत्ता सापटी दिइन् । हिँडेर राफा आउने क्रममा मेरो जुत्ता च्यातियो । साथी नभएकी भए मैले अझै पनि गर्मी याममा लगाउने पातलो जिन्स र चप्पल लगाइरहेकी हुने थिएँ ।
मेरी दिदी समा उन्रा विद्यालयमा शिक्षिका छिन् । (उन्रा संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी शरणार्थीहरूबिच काम गर्ने राष्ट्रसङ्घको निकाय हो ।) समाले आफ्ना चार बच्चाबच्चीको लागि जाडोका लुगा खोज्दै छिन् । तर, जति खोज्दा पनि हात केही लागेको होइन । उनका छोराछोरी ३ महिनादेखि १० वर्षसम्मका छन् ।
अहमद १० वर्षका भए । ऊ अहिले टिसर्ट र जाँगे लगाउँछ । अहमदलाई जाडोले कामिरहेको देखेपछि एकजना छिमेकी हत्तपत्त भित्र पसिन् र छोराको दराजबाट केही जोर जाडोका लुगा ल्याएर दिइन् । आफूलाई लुगा चाहिए पनि मेरी दिदीले लुगा लिन आनाकानी गरिन् । उनी बिराना मानिसहरूबाट दान लिनुलाई नराम्रो मान्छिन् । उनलाई छिमेकीले आफूमाथि दया गरेझैँ लाग्यो ।
तर, अरू विकल्प थिएन । त्यसैले समाले ती लुगा लिन कर लाग्यो । अहमदलाई लुगाको असाध्यै खाँचो थियो ।
राफा बजार
राफाको लुगा बजारमा पसलेको हिसाब देख्दा म आत्तिएँ । मलाई एकएक सामानको बिल देखाऊ भनेँ किनभने मैले सबै सामानको भाउ जाँच्न चाहेँ ।
पसलेले भने, “मूल्यमा केही गडबड भयो र ? महँगो लाग्यो ?”
“अचाक्ली महँगो भयो । पहिलेको भन्दा तेब्बर छ ।” मैले भनेँ ।
उनी अलिबेर चुप लागे । म पसलबाट बाहिरिनुअघि उनले भने, “दक्षिण गाजामा आउन मैले जीवन नै दाउमा राखेँ ।”
उनी आफ्नो लुगा पसलका सबै सामान ट्रकमा राखेर उत्तरबाट दक्षिण गाजा आएका रहेछन् । गाजाको मूल राजमार्ग सालेह अल–दिन सडक हुँदै आउँदा बाटोभरि इजरायलले जथाभावी बमबारी गरेको रहेछ ।
उनले भने, “मैले मेरो आत्मालाई हत्केलामा राखेँ । आत्माको मूल्य तिर्न सकिन्छ र ? यी कपडाको मूल्य केही होइन ।” यति सुनेर मैले सकारमा मुन्टो हल्लाएँ र बिल तिरेँ ।
मैले अर्को लुगा पसलेलाई सामानको भाउ किन अचाक्ली भएको भनी सोधेँ । उनले युद्धको बेला नाकाहरू बन्द हुने भएकोले मालसामानको भाउ महँगिने गरेको बताए । गोदाममा लुगा–कपडा सीमित हुन्छ । थप मालसामान कहिले आपूर्ति हुने हो कसैलाई थाहा हुन्न । थोक बिक्रेताहरूले सामानको भाउ बढाउँछन् र परिवारको पेट पाल्नुपर्ने हुनाले खुद्रा पसलेहरूले सामानको भाउ बढाउनुपर्ने हुन्छ – ती व्यापारीले खुलेर कुरा राखे । अभाव टार्न आफूले पुराना सामानहरू चर्को मूल्यमा जम्मा गरिरहेको उनले बताए ।
विश्लेषक अलहसन बक्रले अल जजिरालाई भने, “हामी गाजामा आर्थिक गतिविधि चप्रक्कै सुक्ने विषयमा कुरा गर्दै छौँ । युद्ध अघिको स्थितिसम्म पुग्न पनि हामीलाई कम्तीमा पाँच वर्ष लाग्नेछ ।” माग पूरा गर्न उनले पुराना सामानहरू पनि खरिद गरिरहेको बताए ।
मेरी साथी माहाका दुई बच्चा छन् । उनी पनि छोराछोरीलाई लुगा किन्नमा कम्मर कसेर लागिपरेकी छिन् । उनका लोग्ने गाजा सरकारका फोटो पत्रकार हुन् । दुई महिनादेखि उनले तलब पाएका छैनन् । उनीहरू बचतकै भरमा बाँचिरहेका छन् तर खल्ती रित्तिन लागेकोले उनीहरू चिन्तित छन् । उनले राफाको उन्रा विद्यालयबाट प्रयोग भइसकेका जाडोका मालसामानहरू किनिन् । इजरायली बमबारीका कारण उनीहरूले बाध्यतावश त्यहाँ शरण लिएका छन् ।
मेरो आत्मबोध
अक्टोबर १३ मा म गाजाको अल–कारमा टोलबाट जबर्जस्ती विस्थापित हुनुप¥यो । त्यसबेला मसित एउटा झोलासिवाय केही थिएन । झोलामा गर्मी यामका लुगा र केही महत्वपूर्ण कागजपत्र थिए । मैले जाडोका लुगा ल्याइनँ । मलाई लडाइँ लामो नजाला भन्ने लागेको थियो । म चाँडै घर फर्कुँला† हाम्रो घर र मेरो दराज साबुत रहला भन्ने लागेको थियो । नत्र म लुगाको थुप्रो लिएर हिँड्ने गर्छु । मलाई लुगाको ठूलो शोख छ ।
लुगासँग स्मृति गाँसिएको हुन्छ । लुगाले मलाई म कहाँ थिएँ र कोसित थिएँ भन्ने सम्झना गराउँछन् । वर्षैपिच्छे इजरायलले बमबारी गर्छ । यस्तो स्थितिमा गाजामा यी स्मृतिको ठूलो महत्व हुन जान्छ । म लुगा किन्दा निकै छनोट गर्थेँ । मेरो दराजमा यसरी नै छनोट गरिएका लुगा थिए । केही लुगा त र टर्कीमा किनेकी थिएँ । गाजाका बुटिक र गाजा सहरको क्यापिटल मलबाट पनि केही लुगा किनेकी थिएँ । अहिले इजरायली बमबारीले त्यो मल ध्वस्त भइसकेको छ ।
हेर्ने मान्छेले हामीले लगाउने लुगामा महत्वको केही नदेख्न सक्छ । तर, मेरा लागि ती सबैको अर्थ छ । म आफ्नो लुगाको दराज हेर्दा मक्ख पर्थेँ । त्यो दराज मेरो आत्मबोधको अङ्ग थियो ।
लुगा किन्न अप्ठ्यारो हुँदै छ । यो देख्दा मलाई पहिलेको जीवनको झल्को आइरहन्छ । युद्धअघि म साथीसङ्गीसँग बाहिर जाँदा होस् वा काममा जाँदा होस् तयारीका लागि घन्टौँ लगाउने गर्थेँ । सजावटमा म रमाउँथेँ । सेन्ट छर्किने जस्तो सामान्य कुरा पनि मेरो लागि आनन्ददायी हुन्थ्यो ।
आजभोलि त ऐनाअगाडि उभिने ध्यान नै हुँदैन । कस्ती देखिएकी छु भन्ने केही थाहा हुन्न । म नितान्त फरक महिला भएकी छु । भौतिक र मानसिकरूपमै अलिकति भत्केकी छु ।
(खुलौद राबा सुलेमान गाजामा बसिरहेकी पत्रकार हुन् ।)
स्रोत : इलेक्ट्रोनिक इन्तिफादा
सम्यक
Leave a Reply