भर्खरै :

बासु माविमा शैक्षिक प्रदर्शनी

बासु माविमा शैक्षिक प्रदर्शनी

भक्तपुर, २८ मङ्सिर । बासु माविमा बिहीबार शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गरियो ।
संयुक्त परीक्षा समितिको कार्यक्रमअन्तर्गतको कार्य तालिकाअनुसार सो कार्यक्रममा संयुक्त परीक्षा समितिका १६ वटा विद्यालयहरूले एक एक वटा विषयको प्रदर्शनीमा राखेका थिए । प्रदर्शनी कार्यक्रमको समापनमा संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले शैक्षिक प्रदर्शनीले विभिन्न विद्यालयहरूमा सबै विषयको प्रयोगशालाको आवश्यकता रहेको महसुस भएको बताउँदै गणित र विज्ञानको प्रयोगशालामात्र नभई अन्य विषयको पनि आवश्यकता रहेको चर्चा गर्नुभयो ।
उहाँले पाठ्यक्रममा उल्लेख भएका शैक्षिक सामग्रीलाई पनि मिलाउनुपर्ने बताउनुभयो । प्रदर्शनीमा प्रयोग भएका शैक्षिक सामग्रीहरू दैनिक जीवनमा प्रयोग हुने भएकोले त्यहीअनुसार विद्यार्थीहरूलाई अध्यापन गराउँदै उपलब्धि हासिल गराउन सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाज सुधार माविका प्रअ जगन्नाथ प्रजापतिले शैक्षिक प्रदर्शनीले विद्यार्थीको मित्रता कायम गर्न र सीप आदानप्रदान गर्ने अवसर मिलेको बताउनुभयो ।
देवी माविका प्रअ राजाराम छुकांले शैक्षिक सामग्री निर्माणसँगै व्यवहारमा उतार्न सके शिक्षक तथा विद्यार्थीबिच सहजता भई सिकाइ उपलब्धि हुने बताउनुभयो ।
बासु माविका प्रअ अम्बिका न्याईच्याईको सभापतित्वमा भएको उक्त कार्यक्रममा बासु माविका सहायक प्रअ राजकुमार ह्यौँमिखा र शिक्षक सुनिता घटुवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *