भर्खरै :

पीडितलाई खोइ मलम ?

पीडितलाई खोइ मलम ?

कहिले बाढी पहिरो त कहिले भूकम्प
तैपनि छोडिन्न आफ्नो स्वार्थको दम्भ ।

जस्तोसुकै आओस् प्राकृतिक विपत्ति
सामन्तवादीले जोडिन्छ बढी सम्पत्ति ।

बित्छ निमुखाको खुला आकाशमा रात
राहतको नाउँमा कमाइन्छ पैसा रातारात ।

सङ्कटमा हुन्छ विपत् दिनमा दुईगुणाा
पीडामा आम्दानी गर्नेले रातमा चौगुणा ।

आङ कठ्याङ्ग्रिने हिउँदमा शीतको थोपा
निमुखा जनता बगाउन विवश आँसुको थोपा ।

पीडित जनताको सुन्ने प्रयास गर्दैनन् हारगुहार
सत्ता र शक्ति जोहो गर्नमै केन्द्रित जुनसुकै सरकार ।

देश विदेशबाट सङ्कलन भएको अरबौँ राहत
पीडितलाई दिएको छ मनमा असङ्ख्य आहत ।

महिना दिन भो प्रकोपले निम्त्याएको तहसनहस
किन गर्दैनन् निमुखा जनताको जीवन बचाउने साहस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *