भर्खरै :

राजनैतिक एवं प्रशासनिक प्रतिबद्धता र उत्तरदायित्व नै सुशासनका परिचायक

  • पुष ४, २०८०
  • वसन्त भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, भक्तपुर नगरपालिका
  • विचार विशेष
राजनैतिक एवं प्रशासनिक प्रतिबद्धता र उत्तरदायित्व नै सुशासनका परिचायक

शिक्षा र स्वास्थ्यको लागि स्वर्णभूमि भक्तपुर नगरपालिका स्थापनाको ७४ औँ वर्षको उपलक्ष्यमा म सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी साथीहरू, नगर निवासी नागरिकहरूलगायत यस नगरका सम्पूर्ण शुभेच्छुकहरू आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । बा¥हौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म नेपालको राजधानी रहेको यस नगर नेपालमा सर्वप्रथम स्थापित ६ वटा नगरपालिकाहरूमध्ये एक हो ।
‘संसार बदल्नु छ सुरुवात आफैँबाट गर्नु छ’ भनेझैँ देशकै सबैभन्दा कम क्षेत्रफल भएको नगरपालिका भए तापनि भक्तपुर नगरपालिकाले आजभन्दा २२ वर्षअघि स्थापना गरी सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेजसँगै शिक्षा र स्वास्थ्यमा सञ्चालन गरेका ८ वटा शैक्षिक संस्थाहरू, ख्वप अस्पताल सञ्चालन, घरदैलो नर्सिङ सेवा, शिशु स्याहार केन्द्र सञ्चालन, निःशुल्क अक्सिजन तथा रक्तसञ्चार सेवा, श्वासप्रश्वास पुनःस्थापना सेवा, शैक्षिक ऋणजस्ता कार्यक्रम स्थानीय तहहरूले सञ्चालन गरेका कार्यक्रम विश्वभरका लागि नमुनाका रूपमा रहेका छन् ।
विश्व प्रसिद्ध लेखक शिब खेडाका अनुसार ‘सफल हुनका लागि कुनै फरक काम गर्नुपर्दैन केवल फरक तरिकाले आफ्नो कार्य गर्नुपर्दछ’ भनेझैँ शासन व्यवस्थामा आएको नविनतम सोचअनुरूप नागरिकलाई केन्द्रमा राखी नागरिकको चाहनाको खोजी गर्दै उत्तरदायीरूपले नागरिक र जनसेवालाई महत्व दिँदै जनप्रतिनिधिहरूले जनतासमक्ष निर्वाचन घोषणापत्रमार्फत गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न गरेको निर्वाचित पदाधिकारीहरूको अहोरात्रको मेहनत र राजनीतिले लिएको उक्त सोचलाई पूर्ण रूप दिन इमानदारिता, नैतिकताका साथ कर्मचारीहरूले निर्वाह गरेको जिम्मेवारी र खेलेको भूमिका प्रशंसनीय छ ।
राजनैतिक तहको कठोर इच्छाशक्ति र दक्ष व्यवस्थापकीय नेतृत्वको छहारीमा पारदर्शी कार्यप्रणाली, सामूहिक निर्णय पद्धति, सबै क्षेत्रमा स्वच्छ व्यवहारको प्रदर्शन, सार्वजनिक क्रियाकलापमा इमानदारिता, जनसमुदाय तथा सरोकारवालाको सहभागिता, राजनैतिक एवं प्रशासनिक प्रतिबद्धता र उत्तरदायित्व नै सुशासनका परिचायक हुन् । यी र यस्तै सूचकहरूको कसीमा मूल्याङ्कन भई ट्रान्सपरेन्सी इन्टरनेसनलबाट क्ष्कबिलम या क्ष्लतभनचष्तथ (सदाचारको टापू) को रूपमा पुरस्कृत हुनु आजको समयमा राजनीतिज्ञ र सार्वजनिक प्रशासनप्रति आम नागरिकको बढ्दो निराशा र वितृष्णामाझ देशमै सुनौलो आशाको किरणको रूपमा रहेको छ ।
नेपालको राजनीतिक क्षेत्रका वरिष्ठ राजनीतिज्ञ तथा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँबाट लिखित ‘सय वर्षपछिको भक्तपुर’ मा लेखिएझैँ यस भक्तपुर नगरलाई बिहान प्राचीन सहरजस्तो, दिउँसो विश्वविद्यालयजस्तो, राति साँच्चै प्राचीन लुगा लगाएकी आधुनिक नर्तकी वा सुन्दरीजस्तो उत्सवको सहर वा बा¥हमासे चाडको नगर निर्माणको लागि सम्पूर्ण राजनीतिकर्मी, नागरिक, शुभेच्छुक, राष्ट्रसेवकहरूको दशकौँको सहकार्य आवश्यक छ । यसका आफ्नो तर्फबाट एक सानो इँटा थप्नको लागि सदैव इमानदार र कर्तव्यनिष्ठरूपले आफ्नो भूमिका निर्वाह गर्नको लागि प्रतिबद्ध रहन सम्पूर्ण कर्मचारी मित्रहरूमा अनुरोध गर्दछु ।
यदि नागरिकहरूबाट गुनासा, सुझाव, मूल्याङ्कन, आलोचना प्राप्त भएनन् भने जनप्रतिनिधि र कर्मचारीमा उन्माद चढ्न सक्छ । तसर्थ, सधैँभरि हामीले सम्पादन गर्ने कार्य, निर्वाह गर्ने भूमिका र प्राप्त उपलब्धिहरूमा नागरिकहरूबाट खबरदारी आवश्यक छ । यहाँहरूको सकारात्मक हौसला, प्रेरणा, सचेतना र खबरदारीले नै हामीलाई नगरको उद्देश्य प्राप्तिका लागि सही पदमार्ग पछ्याउन मद्दत गर्दछ । कर्मचारीवर्गमा समेत इमानदारीताका साथ सेवा प्रदान गर्नेहरूलाई मौद्रिक वा गैरमौद्रिक प्रोत्साहन तथा कामचोर, ठग, रुल्स र रुटिनमा मात्र रमाउनेहरूलाई दण्ड प्रणाली लागू गर्नु अबको आवश्यकता महसुस गरेको छु ।
आजको यस नगर स्थापनाको वार्षिकोत्सवको अवसरमा आफ्नो अमूल्य समय र मार्गदर्शन प्रदान गर्नुहुने यस समारोहका अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँप्रति हार्दिक आभार प्रकट गर्दछु । हाम्रो, निमन्त्रणालाई सहस्र स्वीकार गरी आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई हामी सम्पूर्णलाई हौसला प्रदान गरिदिनुभएकोमा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । आज यस कार्यक्रमको सुरुमा प्रदर्शित उत्कृष्ट भिडियो र तस्बिर प्रतियोगितामा विजेतालगायतका सम्पूर्ण प्रतियोगीहरूलाई आफ्नो मेहनत र प्रयासको उच्च कदर गर्दछु । आजको यस वार्षिकोत्सव कार्यक्रमलाई यस क्षणमा ल्याई पु¥याउन खटिने जनप्रतिनिधि र कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै नागरिक सेवामा रहने व्यस्त समयबाट केही समय निकाली यस कार्यक्रममा सहभागी हुनुभएकोमा आदरणीय नगर प्रमुख तथा उपप्रमुखलगायत नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, शाखा प्रमुखसहितका कर्मचारी साथीहरूलगायतका सम्पूर्ण महानुभावहरूलाई हार्दिक आभारसहित धन्यवाद प्रदान गर्दछु ।
(भक्तपुर नगरपालिकाको ७४ औँ वार्षिकोत्सव समारोहको अवसरमा २०८० पुस २ गते आयोजित प्रवचन कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *