भर्खरै :

जाडोमा मुटु स्वस्थ राख्न के गर्ने, के नगर्ने ?

जाडोमा मुटु स्वस्थ राख्न के गर्ने, के नगर्ने ?

जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । धेरैको जिज्ञासा हुन्छ– जाडोको समयमा मर्निङवाक गर्दा राम्रो वा इभिनिङ वाक गर्दा ? जाडोको समयमा मुटुलाई कसरी स्वच्छ राख्ने भन्ने जिज्ञासा पनि साझा नै हो ।
जाडोमा स्वच्छ व्यक्ति तथा मुटु रोगीहरूले के गर्ने वा के नगर्ने ? भन्नेबारे छोटो जानकारी दिन चाहन्छु । जाडोमा मेडिकल तथा सामान्य रूपमा सचेत हुँदा विभिन्न प्रकारका असमायिक दुर्घटनाबाट जोगिन सकिन्छ ।
निम्न कुराहरू सबैका लागि उत्तिकै जरुरी छन् । ५० वर्षभन्दा माथि उमेर समूहका रक्तचाप, मधुमेह, कोलेस्ट्रोरेललगायतका समस्या भएका बिरामीहरूका बढी उपयोगी हुन सक्छन् ।

के गर्ने ?
– जाडोको समयमा रक्तचाप, मधुमेह, कोलेस्ट्रोरेलको नियमित परीक्षण गर्ने ।
– जाडोमा शरीरमा रगत बाक्लो हुने भएकोले त्यसलाई ठीक अवस्थामा ल्याउनका लागि पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।
– सक्रिय रहने ।
– मधुमेह, रक्तचाप, कोलेस्ट्रोरेललगायतका बिरामीले नियमितरूपमा औषधि सेवन गर्ने ।
– जाडोमा फोक्सो, मुटुलगायत शरीरका अन्य अङ्गहरूमा दबाब बढी पर्ने भएकोले विशेष ख्याल राख्नुपर्ने हुन्छ । औषधि सेवन गरिरहेका बिरामीहरूले एक्कासी औषधि सेवन रोक्दा हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढ्छ ।
– एउटै मोटो कपडा लगाउनुभन्दा तीन चारवटा कपडा लगाउनु सुरक्षित मानिन्छ ।
– पोषणयुक्त खानेकुराको सेवन गरौँ, जसले शरीरमा हुने विभिन्न सङ्क्रमणहरूलाई जोगाउँछ ।

के नगर्ने ?
– मदिरा तथा चुरोट सेवन नगर्ने । मदिरा तथा चुरोट सेवनले हृदयाघात तथा मस्तिष्कघातको जोखिम बढाउँछ ।
– कुनै पनि नयाँ प्रकारको व्यायाम नगर्ने ।
– विशेषगरी काठमाडौँमा साँझको समयमा हावा चल्ने भएकोले श्वासप्रश्वासको समस्या पनि आउन सक्छ । त्यसकारण, इभिनिङ वाक नगर्नु राम्रो ।
– जाडोको समयमा बुढाबुढीलाई रुघाको जोखिमबाट जोगाउने ।
– दमको रोगीहरूको मृत्यु जाडोको समयमा हृदयघातको कारणले हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *