भर्खरै :

बेथलेहेम सहरमा क्रिसमस नमनाउने, ७० प्रतिशत होटल बन्द

बेथलेहेम सहरमा क्रिसमस नमनाउने, ७० प्रतिशत होटल बन्द

बेथलेहम, (एजेन्सी) । प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउन यस वर्ष पश्चिम किनारको बेथलेहेम सहरमा क्रिसमसको समारोह गरिने छैन । जेसस क्राइस्टको जन्म बेथलेहेम सहरमा भएको थियो । इजरायली फासीवादले गाजापट्टीमा प्यालेस्टिनीहरूको जातीय नरसंहार गरेको हुँदा बेथलेहेम सहरले क्रिसमस समारोह नगर्ने घोषणा गरेको हो ।
बेथलेहेम सहरका मेयर हन्ना हनानियाले गाजामा इजरायली आक्रमण चालू भएको हुँदा यस वर्ष क्रिसमस समारोह खारेज गरिएको बताए । उनले जेससको जन्म संसारकै बालबालिकाको लागि आशाको समाचार भएको हुँदा गाजास्टिपमा इजरायलीबाट हजारौं हजार केटाकेटी मारिएको अवस्थामा यो समारोह मनाउन नसक्ने बताए ।
बेथलेहेमका एक अधिकारिकाले भने, “हामी प्यालेस्टिनी समुदायको जोडिएको एक भाग हौँ र गाजास्टिपका हाम्रा मुसलमान दाजुभाइहरूकै समस्या हामीले भोगिरहेका छौँ । कब्जाको विरोधमा मुसलमान र क्रिसियन हामीहरू एक आपसमा मिलेर लड्दै छौँ र सँगै सामना गर्दै छाँंै ।
पर्यटनबाट ७० प्रतिशत आम्दानी हुने बेथलेहेममा क्रिसमस समारोह खारेजीसँगै अर्थतन्त्रमा गम्भीर असर पर्नेछ । इजरायलमा आउने धेरै विमान सेवाहरू खारेज भएका छन् । अहिले थोरै पर्यटकमात्र घुमिरहेका छन् । सहरका ठुला ७० ओटा होटलहरू बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *