बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
माक्र्सवाद–लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको र त्यसैको कसीमा जाँचिएको सबभन्दा सही वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त हो । माक्र्सवाद जडसूत्र होइन कार्यको मार्गदर्शक हो । माक्र्सले व्यवहारिक सङ्घर्षहरूको क्रममा व्यापक जाँचबुझ र अध्ययन गरे । यसले द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र सर्वहारा क्रान्तिको सिर्जना ग¥यो । व्यवहारसित नगाँसिएको सिद्धान्त निरुद्देश्य हुन्छ । निरुद्देश्य सिद्धान्त व्यर्थ हुन्छ, यसलाई त्याग्नुपर्छ । यसकारण, माक्र्सवादी सिद्धान्तलाई निष्प्राण जडसूत्र ठान्नु हुँदैन । माक्र्सवादी सिद्धान्तमा दख्खल प्राप्त गर्नु र त्यसलाई लागु गर्नु जरुरी छ । सिद्धान्तलाई व्यवहारसित गाँस्नुपर्छ भन्ने मान्यता चिनियाँ नेता माओ त्सेतुङको हो ।
चीनबाट साम्राज्यवादलाई धपाएर पठाउन, मुलुकभर क्रान्तिको ज्योति फैलाउन, क्रान्तिकारी युद्धमा व्यापक जनतालाई सञ्चालन गर्न, युद्धद्वारा साम्राज्यवाद र क्वामिनताङ सरकार पल्टाउन चिनियाँ नेता माओ त्सेतुङले उल्लेखनीय नेतृत्व प्रदान गरेका थिए । किसानहरूको सङ्घर्षको नेतृत्व गर्नुपर्छ, उनीहरूमा जमिन वितरण गर्नुपर्छ, उनीहरूको श्रम उत्साहलाई बढाउनुपर्छ, कृषि उत्पादनमा वृद्धि गर्नुपर्छ र मजदुरहरूको हितको रक्षा गर्नुपर्छ भनी उनी निरन्तर लागिपरे । मुलुकको सबै भागमा कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरी क्रान्तिको प्रसार गर्ने काममा चिनियाँ कम्युनिस्ट पार्टी अघि बढ्यो र त्यसको नेतृत्व माओ त्सेतुङले गरे । आफ्नो मातृभूमिको रक्षा गर्न आक्रमणकारीसँग नलडी हुन्न भनी माओ त्सेतुङले जनमत तयार गरे । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी भएको हुँदा कुनै देशले अरू स्वाधीन र सार्वभौम देशमाथि गर्ने आक्रमणको निन्दा गर्नु स्वाभाविक हो । चिनियाँ कम्युनिस्ट पार्टीले जापानी आक्रमण र फासीवादी हिटलरको विरोध ग¥यो । कुनै पनि परिस्थितिमा कम्युनिस्ट पार्टीले आफ्नो व्यक्तिगत स्वार्थलाई महत्व दिँदैन । पार्टीको आफ्नो स्वार्थ भनेको देश र जनसमूहसित सम्बन्धित हुन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले अराजकतावादी र दुःसाहसवादी नीतिको विरोध ग¥यो । साम्राज्यवादी देश जापानको विरोधमा चिनियाँ कम्युनिस्ट पार्टीले देशभक्त, स्वतन्त्रता र न्यायप्रेमी जनतासँग मिली गृहयुद्ध छोडेर सशक्त सङ्घर्ष ग¥यो । मुख्य दुश्मनसँग लड्न देशका स–साना शत्रुहरूसँग मिल्नुपर्ने बाटो लियो र सोही नीतिअनुसार साम्राज्यवादी देश जापानको विरोध गर्न माओ त्सेतुङ अघि बढे । चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादी र पुँजीवादीको भेदबारे जनतालाई सुसूचित पार्ने काम ग¥यो । हुनान किसान आन्दोलन सामन्त, पुँजीपतिवर्ग विरुद्धको आन्दोलन थियो भने सांस्कृतिक आन्दोलन जनतालाई सङ्गठित र सुसूचित गर्ने आन्दोलन थियो । जनताको दुःख, सुख बुझ्न, जनताबिच भिज्न र जनताको सेवा गर्न चिनियाँ कम्युनिस्ट पार्टी अघि बढेको थियो । त्यसैको परिणाम चीन ऋणमुक्त देश बन्यो र गरिबमुक्त देश बन्यो । यस कार्यमा माओ त्सेतुङको महत्वपूर्ण योगदान रह्यो ।

नेता माओ त्सेतुङले पार्टीभित्रको कमी कमजोरी औँल्याउन आलोचना र आत्मआलोचना गर्नुपर्ने नीति तय गरे । क्रान्तिकारी पार्टी र क्रान्तिकारी विचारबिना क्रान्तिकारी नेता र कार्यकर्ता तयार नहुने विचार चिनियाँ कम्युनिस्ट पार्टीले अघि सा¥यो । सत्य र तथ्यको आधारमा काम गर्न प्रेरणा दिने काम भयो । सिद्धान्तलाई क्रान्तिकारी व्यवहारसित जोड्नुपर्ने कुरा उठाइयो । गल्ती र असफलताबाट पाठ सिकेर अघि बढ्नमा जोड दिइयो । कम्युनिस्टहरू सबभन्दा बढी दूरदर्शी हुनुपर्छ, सबभन्दा बढी दृढ हुनुपर्छ; बहुसङ्ख्यक जनतामाथि भरपर्नुपर्छ र कम्युनिस्ट पार्टीले आफ्ना गल्तीहरू सुधारेर अघि बढ्नुपर्छ भन्ने मान्यता कम्युनिस्ट पार्टीले अघि सार्यो । कुनै पनि दल या नेता क्रान्तिकारी हो वा होइन त्यसलाई जाँच्ने कसी ऊ व्यापक मजदुर, किसान जनतासित एकाकार गर्न चाहन्छ या चाहँदैन, यसलाई व्यवहारमा लागु गर्छ वा गर्दैन भन्ने हो । चिनियाँ नेता माओ त्सेतुङबाट सिक्ने पाठ यही हो ।
Leave a Reply