नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
आफ्नो देश र आफ्नो राष्ट्र भनेको आफ्नै हुन्छ । काम र रोजगारीको लागि जहाँ जुन देशमा जानु परोस् तर त्यो अस्थायी हुन्छ । पढ्न, ज्ञान आर्जन एवं रोजगारीको लागि केही समयको लागि विदेश जाने हो । जिन्दगी नै अर्काको मुलुकमा बिताउनुहुँदैन । तर वर्तमानमा आफ्नो सरकारले रोजगारी दिन सकेन । नेपालले प्रतिवर्ष दक्ष एवं अदक्ष चार लाखभन्दा बढी युवा कामका लागि विदेश पठाउँछ । तर, त्यति धेरै मान्छेले एकैपल्ट रोजगारी पाउँदैनन् । कति स्वतन्त्र लाखौँ युवा कामका लागि विदेसिन्छन् । अझ भारतसँग त खुला सीमाका कारण कति युवा भारत पलायन हुन्छन्, कति भारतीयहरू नेपालमै स्थायी या अस्थायी रोजगारी पाउँछन् । त्यसको अभिलेख राखिँदैन । तसर्थ, नेपाल र भारतबिच विशेष सम्बन्ध छ भनिन्छ । त्यही विशेष सम्बन्धको नाममा भारतले नेपालमा राम्रो नाम बनाउन सकेको छैन । भारतको गुप्तचर निकायका प्रमुख नेपालका प्रधानमन्त्रीसँग मध्यरातमा दुई घण्टाभन्दा बढी समय एकान्त कुरा गर्छन् तर बैठक स्थल थाहा हुँदैन । नेपालका यस्तै गैरकूटनीतिक कामको परिणामले गर्दा भारत सरकारले नेपाल सरकारको घोडा चढेको छ ।
देशभक्तहरूको खाँचो हुँदैन
संसारभरि नै विशेषगरी कूटनीटिक भेटघाटमा परराष्ट्रका मान्छे अघि बस्नुपर्छ । सरकारको कुरा परराष्ट्र मन्त्रालयको कूटनीतिक अभिलेख बन्छ । तर, त्यो नियमको नेपालमा फुट्टि पनि पालना छैन । तसर्थ, नेपालबारे भारत पूर्ण जानकार छ; नेपाल भारतबारे जानकार छैन । सुदूर पश्चिमको सीमा यस्तै कारणले अतिक्रमित भएको हो । पुरानो नयाँ पुस्ताले यो नियम धान्न सकेन । त्यसकारण, पढेलेखेको नयाँ पुस्तासँग चाहे स्वदेशका, विदेशका वा विदेशका विश्वविद्यालय जहाँ पढे पनि नेपाली जनताले यो अपेक्षा गरेका छन् । आफूलाई नयाँ पुस्तासँगको यो अपेक्षा सतांश नै जायज छ । विदेशको उच्च शिक्षा प्राप्ति गर्ने नेपाली विद्यार्थी फर्केर आएपछि देश र जनताले सकेको गर्छन्† जनताले अपेक्षा गर्नु अस्वाभाविक ठहरिँदैन । नेपालमै ख्वप जस्ता प्रस्तावित विश्वविद्यालय छन् र ती विश्वविद्यालयले देशभक्त विद्यार्थी उत्पादन गर्छन् पक्कै पनि । यसर्थ, अबका केही वर्षमा देशभक्तहरूको खडेरी हुनेछैन ।
विद्यार्थीलाई सधै उत्प्रेरणा चाहिन्छ
विद्यार्थीहरूलाई देश विदेशको राजनीति र त्यहाँको क्रान्तिबाट सधै प्रशिक्षित गर्नुपर्छ । यसो गर्दा को कुन पक्षमा बसेर काम गरेको छ त्यसको उतिसारो खोजीनीति गरिरहनु नपर्ने तथ्य पनि स्पष्ट नै छ । भक्तपुर नगरपालिकाले स्थापना गरेका कलेजहरूबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन भइरहेको छ भन्ने टिप्पणी गरिन्छ । हरेक महिना १० हजारभन्दा बढी विद्यार्थी विदेश पढ्न गएका छन् । यो सङ्ख्या हाम्रो शिक्षा नीतिमाथि नै गम्भीर प्रश्न हो । त्यति ठुलो सङ्ख्यामा विदेश पढ्न जानु विश्वविद्यालय एवं सरकारले जिम्मेदारी पूरा नगरेकोको परिणाम हो । विश्वविद्यालयहरूले सिक्ने विषयमा कहिल्यै विचलित हुनुहुँदैन । जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देश जोगाउन कठिन हुन्छ । भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको हमेसा विरोध नगर्नेहरू देशभक्त र कम्युनिस्ट हुनसक्दैनन् । अहिलेका नेपालका शासक दलका नेताहरूबाट देश जोगाउन कठिन हुनेछ । राजनीतिक चेतनाको अभाव र निर्वाचनमा पैसाको लोभमा पार्टीलाई जिताउन हुँदैन । बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भारतीय सेना पठाउनु बङ्गलादेशमाथि सोझै राजनीतिक हस्तक्षेप हो ।
भन्न सरल गर्न कठिन
देश कुशल राजनीतिक नेता र इमानदार कार्यकर्ता नभई कुनै हालतमा अगाडि जान सक्दैन । इमानदार राजनीतिक पार्टीका नेता एवं कार्यकर्ताको नेतृत्वमा मात्र देशले प्रगति गर्नसक्छ । अन्यथा, सबै संसारका मुलुकहरूले सम्मुनति गर्न सक्नुपर्ने हो । तर, संसारमा त्यस्तो छैन । कति मुलुक उत्पादन बढाउन नसकेर ओठ र मुख सुकाएर बसेका छन् । जमिन छ सिँचाइ छैन, उन्नत जातको बीउ छैन, रोपेको फल्दैन, बीउ पनि उठ्दैन, तब के गरी पाल्नु जनता । कुनै पनि सरकारलाई भोको पेटले बोक्न सक्दैन । सबैको शत्रु हो भोको पेट । यो पेट भर्न नै धौधौ छ सरकारलाई । चीनमा त्यतिका धेरै मान्छे थिए । कसरी पाल्ने भयानक उकालो थियो रे । अब यो रोग भारतमा सरेको छ । कसरी पाल्छ भारत सरकारले त्यतिका भोका परेकालाई ? भोको पेट केही समय नेताले भनेपछि मान्छ । तर सधैँ कहाँ मान्छ र भरेको पेट छ र ? तसर्थ, आजको गाँठी कुरा भनेकै भोको पेट हो । भोको पेटलाई मार्नु नै समाधान हो । यो कुरा हेर्दा सामान्य लाग्छ तर गर्न गा¥हो छ । यो ध्रुवसत्यलाई गणितको सिद्धान्तले मात्र समाधान पत्ता लाग्दैन । धेरै वर्षको प्रश्नपछि बल्ल बल्ल पत्ता लागेको हो समाजवाद । तापनि भन्न र गर्नलाई जति सजिलो छ उत्तिकै कठिन ।
Leave a Reply