रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
अध्यात्मवादीहरूले नम्रता, निःस्वार्थको अभ्यास गरेर र करुणाजस्ता अवधारणामा ध्यान केन्द्रित गरेर आफ्नो अहङ्कारलाई कम गर्ने गर्दछन् । आध्यात्मिक विकासलाई बाधा पु¥याउन सक्छ भनेर अध्यात्मवादीहरू अक्सर अहङ्कारको प्रभावलाई कम गर्ने लक्ष्य राख्छन् । तिनीहरूको आध्यात्मिक अभ्यासले आत्मनिरीक्षण, ध्यान र अहम्को प्रभावलाई कम गर्ने गर्छ । अहङ्कारी नेता भएपछि अहङ्कार व्यक्तिहरूमा मात्रै सीमित नभई देशहरूबिच पनि हुने रहेछ । जसरी एक व्यक्तिको अहङ्कारले उनीहरूको आत्म महत्वको भावनालाई बुझाउँछ, त्यसरी नै देशको अहङ्कारले अति राष्ट्रवाद जन्माउँछ । जब एक देश आफ्नो शक्तिको भरमा अर्को देशमाथि प्रभुत्व स्थापित गर्न चाहन्छ यसले अन्ततः द्वन्द्व निम्त्याउँछ ।
यद्यपि, सबै अध्यात्मवादीहरू स्वचालितरूपमा सामान्य मानिसभन्दा कम अहङ्कारी हुन्छन् भनेर सामान्यीकरण गर्न नमिल्ने वास्तविकतालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुष्टि गरेका छन् । सन्दर्भ हो, माल्दिभ्स र भारतबिच हुँदै गरेको कूटनैतिक तनाव । भारतभन्दा सयौँ गुणा सानो मुलुक माल्दिभ्सले आफूले भनेजस्तै नमानेको र आफूलाई बेवास्ता गरेको सहन नसक्दा माल्दिभ्सलाई पाठ सिकाउने नाममा गेरु वस्त्र लगाएर गंगा नदीमा डुबुल्की मार्ने अध्यात्मिक र आस्तीक भएको ढोङ गर्ने मोदीले एउटा कूटनैतिक चालको रुपमा षड्यन्त्र रचे । सामान्यतया आध्यात्मिक स्वभावका मान्छेहरूमा प्रतिशोधको भावना हुँदैन तर धर्म र भगवानको नाममा राजनीति गर्ने कथित अध्यात्मवादी मोदीको अहङ्कारले दुई छिमेकी मुलुक भारत र माल्दिभ्सबिच कूटनीतिक सङ्कट निम्त्याएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको अहम् त हामी नेपालीले भारतीय नाकाबन्दीको समयमै बुझेका हौँ । आफ्नो छिमेकीप्रति भारतले देखाउने आचरण दक्षिण एसियाली मुलुक सबैलाई थाहा नै छ । हालैका दिनमा त्यस्तै इतिहास भारतले दक्षिण एसियाली सानो मुलुक माल्दिभ्सविरुद्ध दोहो¥याउँदै छ । माल्दिभ्सको आन्तरिक मामिलामा भारतको चरम हस्तक्षेपको विरुद्ध माल्दिभ्सका वर्तमान राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष द्वीपसमूहमा तैनाथ भारतीय सेना हटाउने वाचा गर्दै ‘इन्डिया आउट’ अभियानमा चुनाव जितेका थिए । माल्दिभ्सले भारत विरोधी राष्ट्रपति निर्वाचित गरेपछि भारत र माल्दिभ्सबिचको सम्बन्ध तनावपूर्ण बन्यो । भारत विरोधी भएपछि चीनको समर्थकको रूपमा माल्दिभसका राष्ट्रपतिलाई चित्रण गरियो । भारतले माल्दिभ्सलाई भित्तासम्म घचेट्न थालेपछि स्वभाविकरूपमा भारतको सट्टा चीनसँग घनिष्ठता बढ्न गयो ।
त्यतिबेलादेखि नै कथित अध्यात्मवादी मोदीले माल्दिभ्सलाई बर्बाद गर्ने अठोट लिएको हुनुपर्छ । माल्दिभ्समा ९०,००० वर्ग किलोमिटरमा छरिएका १२०० टापुहरू छन् । हिन्द महासागरमा ११९२ टापुहरू विलासी रिसोर्टहरूले भरिएका छन् । माल्दिभ्सको अर्थतन्त्र धेरै मात्रामा पर्यटनमा निर्भर छ । अनुमानित २ लाख भारतीयहरू प्रत्येक वर्ष छुट्टी मनाउन माल्दिभ्स भ्रमण गर्छन् । माल्दिभ्सको आर्थिक मेरुदण्ड यही पर्यटन उद्योगलाई ध्वस्त गर्ने कुटिल चालअन्तर्गत घुमाउरो पारामा माल्दिभ्सको विकल्पको रूपमा प्रवद्र्धन गर्ने हेतुले मोदीले भारतीय टापु लक्ष्यद्वीपको भ्रमण गरे । लक्षद्वीपको समुद्री तटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छुट्टीको तस्विरले माल्दिभ्ससँग कूटनीतिक विवाद उत्पन्न ग¥यो । माल्दिभ्सका जनताले मोदीको भ्रमणलाई विश्वव्यापीरूपमा लोकप्रिय माल्दिभ्सबाट पर्यटकलाई टाढा लैजाने प्रयासको रूपमा हेरे ।
तर, भारतले यसलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने प्रयासमात्र भनेको छ । “यसका टापुहरूको अचम्मको सौन्दर्यले म छक्क परेँ” र “साहसीलाई अँगाल्न चाहनेहरूको लागि लक्षद्वीप तपाईंको भ्रमण गन्तव्यहरूको सूचीमा हुनुपर्दछ” भन्दै मोदीले माल्दिभ्सको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर लक्षद्वीप भारतको आफ्नै माल्दिभ्स हुन सक्छ भनेर सुझाव दिएपछि, दुई टप्पुबिचको तुलनाले तुरुन्तै एक कुरूप कूटनैतिक प्रतिशोधको रूप लियो । माल्दिभ्सवासीका अनुसार मोदीले जानाजानी लक्षद्वीपलाई प्रवद्र्धन गर्ने नाममा माल्दिभ्सको पर्यटन उद्योगलाई ध्वस्त बनाउने प्रयास गरेको हो ।
झट्ट हेर्दा यसमा भारतको विरोध गर्नुपर्ने केही कुरा थिएन तर ‘माल्दिभ्स बाइकट’ भन्दै भारतीयबिच सामाजिक सञ्जालमा अभियान चलाएपछि यस पछाडिको मनसाय उतिखेरै बाहिरियो । यसरी घटनाक्रम अगाडि बढ्दै जाँदा अरब सागरमा रहेको भारतीय केन्द्र शासित क्षेत्र लक्ष्यद्वीपमा पर्यटन प्रवद्र्धन गर्ने भिडियोको प्रतिक्रियामा माल्दिभ्सका मन्त्रीहरूले मोदीलाई सोसल मिडियामा ‘जोकर’, ‘आतङ्कवादी’ र ‘इजरायलको कठपुतली’ भनेर वर्णन गरेका थिए । माल्दिभ्स सरकारले प्रधानमन्त्री मोदीविरुद्ध गरिएको अपमानजनक टिप्पणीको आलोचना गरे पनि मोदीले अदूरदर्शिता प्रदर्शन गरेको बताए । यसरी माल्दिभ्सका केही मन्त्रीहरूले मोदीको लक्षद्वीप भ्रमणको बारेमा अपमानजनक टिप्पणी गरेपछि स्थिति झनै बिग्रिएको छ ।
चीन र माल्दिभ्सबिचको सम्बन्ध र भारत
दक्षिण एसियामा अवस्थित सबै मुलुक भारतको दादागिरी स्वभावबाट आजित छन् । यसबाट बच्न अधिकांश दक्षिण एसियाली मुलकहरू चीनसँग घनिष्ठ सम्बन्ध बनाउन चाहन्छन् । यसैको परिणामस्वरुप माल्दिभ्स पनि चीनसँग नजिकिदै गयो । तर भारतलाई चीनसँगको सामीप्यता पच्ने कुरै भएन । जसअनुसार माल्दिभ्ससँग चीनको संलग्नतामा भ्रष्टाचार, ऋणको पासो र अलोकतान्त्रिक अभ्यासको आरोप भारतले लगाउने गरेको छ । चीनले माल्दिभ्समा भ्रष्टाचारलाई बढावा दिएको र प्रजातान्त्रिक शासनलाई कमजोर पारेको आरोप लगाइएको छ । माल्दिभ्ससँग चीनको बलियो आर्थिक सम्बन्ध रहेको छ । चीनले माल्दिभ्समा आफ्नो रणनीतिक उद्देश्यहरूलाई धैर्यतापूर्वक अगाडि बढाउँदै छ । भर्खरै माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतसँगको कूटनीतिक विवादको बिचमा चीनको पाँचदिने भ्रमण गरेका छन् । सामान्यतया माल्दिभ्सका राष्ट्रपतिको पहिलो भ्रमण भारतमा हुने गथ्र्यो । तर, यो परम्परालाई तोड्दै माल्दिभ्सका राष्ट्रपतिले चीनको भ्रमण गरेकाले पनि भारत माल्दिभ्सप्रति रुखो भएको हो । अहिले आएर दक्षिण एसियामा चीन र भारतबिच बढ्दो कूटनैतिक सङ्घर्षमा माल्दिभ्स नयाँ कूटनैतिक युद्धभूमि बन्ने हो कि भन्ने धेरैको आशङ्का छ । चीनले माल्दिभ्स र अन्य हिन्द महासागरमा अवस्थित राष्ट्रहरूसँग आफ्नो कूटनीतिक र रणनीतिक संलग्नतालाई तीव्र बनाएर माल्दिभ्समा भारतको प्रभावको जवाफ दिएको छ । चीनले यस क्षेत्रमा आफ्नो प्रभावलाई बलियो बनाउन आर्थिक सहयोग, पूर्वाधार परियोजनाहरू ल्याएको छ र रक्षा सहयोगलाई थप विस्तार गरेको छ ।
विज्ञहरूको भविष्यवाणीअनुसार २०५० सम्म लगभग ८० प्रतिशत भू–भाग वैश्विक तापमानको कारण हराउने प्राकृतिक चिन्ता झेलिरहेको माल्दिभ्समाथि विस्तारवादी छिमेकी मुलुकको कारण अर्को राजनीतिक चिन्ता थपिएको छ ।
Leave a Reply