भर्खरै :

तीनदिने पावर प्वाइन्ट तालिम सम्पन्न

तीनदिने पावर प्वाइन्ट तालिम सम्पन्न

भक्तपुर, ७ माघ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको तीनदिने पावर प्वाइन्ट तालिम आइतबार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले संस्थाबाट दिइएका विभिन्न तालिमहरूलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उमेरले काम गर्न छेक्दैन, मन र इच्छाशक्ति भयो भने जस्तोसुकै काम पनि गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
भोलिवादको सधँै विरोध गर्नुपर्ने बताउँदै हरेक काम अल्छी नभइकन गरे काम पूरा हुने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले तालिमले व्यक्तिमात्रै होइन, व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।
प्रशिक्षक जितबहादुर देउजाले पावर प्वाइन्टलाई प्रभावकारी बनाउन विषयवस्तु प्रस्तुत गर्ने कला पनि सिक्नु आवश्यक भएको बताउनुभयो । उहाँले व्यक्तिसँग उत्साह, ऊर्जा, उमङ्ग र उन्नयन भए अन्य कुरा सहजै अगाडि बढ्ने बताउनुभयो ।
प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको उक्त कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, सदस्य विकल कोजु, प्रशिक्षार्थीहरू प्रभा प्रजापति र दयालक्ष्मी धन्छाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *