अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपालमा अमेरिकी सरकार र भारतीय एकाधिकार पुँजीले संयुक्तरूपमा नेपालको जलविद्युत्लाई भारत, बङ्गलादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै सिङ्गापुरसम्म पु¥याउने योजना ‘एमसीसी’ ले नेपालको राजनीतिको डबुलीमा ठुलो हलचल ल्यायो । नेपालका शासकहरूले ‘एमसीसी’ को समर्थन गरे भने आमूल परिवर्तनवादी राजनीतिका पक्षपातीहरूले त्यसको विरोधमा काठमाडौँ उपत्यका, पूर्व र पश्चिम तथा हिमाल र तराईमा समेत जनतालाई सुसूचित गरे । यो रानीपोखरीको बिचमा ढुङ्गा हान्दा पोखरीको चारैतिर स–साना लहर फैलिएजस्तै नेपाली जनतामा फैलियो ।
नेपाल र नेपाली जनतालाई अमेरिकी ‘हिन्द–प्रशान्त’ रणनीतिको निम्ति जलविद्युत्को माध्यमबाट सिङ्गापुर पु¥याउनु भनेको प्रशान्त महासागरसम्म घिसार्ने योजना प्रस्ट छ । ‘देशघाती एमसीसी सम्झौताविरूद्ध सङ्घर्षमा नेमकिपा’ भन्ने शीर्षकबाट कार्तिक २०८० मा सो पुस्तक प्रकाशित भएको थियो । प्रकाशक ‘सेवानिवृत्त शिक्षक समाज’ भक्तपुर हो । पुस्तकमा मुख्य मुख्य विषय सूची निम्न छन् –
१) धम्कीको अगाडि झुक्नुको अर्थ आत्मसमर्पण हो ।
२) संरा अमेरिकी हिन्द–प्रशान्त स्वार्थको जालोमा नेपाल फस्नुहुन्न ।
३) संरा अमेरिका साम्राज्यवादी देश हो भन्ने बुझौँ ।
४) एमसीसीसँगको सम्झौता नेपालको हितमा छैन ।
६) देशको सार्वभौमिकताको तुलना पैसासँग हुनसक्दैन ।
८) एमसीसी ‘दान’ होइन, हस्तक्षेप हो ।
१०) एमसीसी, प्रचण्ड र धोकाको राजनीति हो ।
१२) सित्तैको विष खाए के होला ? मृत्यु हुन्छ, अर्थात् हाम्रो देश रहँदैन ।
१३) दाहाल र माधवको कुर्सी जोगाउने ‘व्याख्यात्मक घोषणा’ हो ।
१४) एमालेको मौनता र ‘माओवादी’ को धोका हो ।
५ खण्डमा विभाजित यस पुस्तक १९८ पृष्ठको छ । पाँचौँ खण्डमा यसबारे दस्ताबेजहरू साभार गरिएको छ ।
…. …. …
संरा अमेरिकाबारे नेपालीमा भ्रम
नेपाली युवाहरूलाई सस्तोमा श्रमिकहरू पठाउने म्यानपावर कम्पनी वा नयाँ गल्लावालाहरूले देशको नगर र गाउँ, पूर्व र पश्चिम, हिमाल र तराईका घरघरमा गएर ‘अमेरिका एक सपनाको देश हो’ भन्दै मानौँ त्यहाँ पुग्नासाथै रूखका पातहरू टिपेझैँ डलर पाउने कथाहरू प्रचार गरेर लाखौँलाख रूपैयाँको घरखेत बेच्न लगाई देशलाई बर्बाद पार्दै छन् । बिरामी, दुर्घटना, अपाङ्ग भएर घर फर्कँदा ती श्रमिकहरूको न खेत बाँकी रहन्छ न त सानो घर नै । यसरी सारा जनतालाई हाहाकारमा पार्ने गल्लावालहरूले देशलाई युवाविहीन बनाउँदै छन् ।
नेपाली जनतालाई यथार्थमा अमेरिका के हो र ‘अमेरिकी प्रजातन्त्र’ के हो भन्नेबारे जानकारी गराउन ‘पत्रकार समाज नेपाल’ ले साउन २०८० मा अमेरिकी प्रजातन्त्रमा सङ्कटबारे लेख सङ्कलन प्रकाशित ग¥यो । पुस्तकको विषयसूची निम्न छन् –
१) संरा अमेरिका प्रजातन्त्र क्षयीकरण भएको देश ।
३) बाइडेनको प्रजातन्त्र सम्मेलनमा पोखिएको पाखण्ड ।
४) अमेरिकी प्रजातन्त्र र युवाहरूको भावना ।
६) प्रजातन्त्रबारे संरा अमेरिकी भ्रमविरूद्ध १४० देशका ३५५ दल एक ठाउँमा ।
८) अमेरिकी लोकतन्त्रको रटान प्रभुत्व जमाउने चाल ।
१०) संरा अमेरिकामा प्रजातन्त्रको अवस्था ।
११) अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी ।
१३) मुनरो सिद्धान्तका दुई सय वर्ष ।
१४) विश्वमा सैन्य हस्तक्षेप र आक्रमणको तथ्याङ्क ।
यसरी देश विदेशका विभिन्न लेखकका लेखहरूको सङ्कलन हो, ‘अमेरिकी प्रजातन्त्र !’ १६० पृष्ठको यो पुस्तक अन्य तथ्य तथ्याङ्क र तस्बिरले पाठकहरूलाई आकर्षित बनाउँदै छन् ।
पुस्तकको सुरूमै संरा अमेरिकाको परिचय, स्वतन्त्रता आन्दोलन, श्रमिक आन्दोलन एवं पुँजीवादी विकासमा अफ्रिकी जनताको रगत र पसिनाले समृद्ध देशको बयान त्यस पुस्तकमा गरिएको छ । सो पुस्तक जनताले चाख दिएर अध्ययन गर्दै छन् ।
Leave a Reply