नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
माक्र्सवादीहरू वर्गसङ्घर्षलाई स्वीकार्छन् । वर्गसङ्घर्ष देशमा परिवर्तन गर्ने या क्रान्तिलाई अगाडि बढाउने मार्ग हो । वर्गसङ्घर्षको बाटो नलिने पार्टी सच्चा कम्युनिस्ट हुन सक्दैन । परिवर्तन या क्रान्ति नचाहने दल माक्र्र्सवादी हुन सक्दैन । माक्र्सवादी भन्ने तर वर्गसङ्घर्षको बाटो नरोज्ने दलले देशमा परिवर्तन गर्दैन; परिवर्तन गर्ला भन्ने विश्वास पनि हुँदैन । त्यसो त नेपालमा आफ्नो मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद राखेर वर्गसङ्घर्ष गर्नुपर्दैन भन्ने दल पनि नभएको होइन । ती दलका नेताहरू वर्गसङ्घर्ष गर्ने दल कुनै पनि हालतमा कम्युनिस्ट हुँदैन भनी फुक्छन् । यो कम्युनिस्टविरोधी विचार हो; यो कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेको पार्टी हो । त्यस्ता नेता र लेखकहरू पुँजीवादी व्यवस्थामै रहेर आमूल परिवर्तन गर्न सक्छ भन्ने मान्यता राख्छन् । यो खोटो विचार हो । खोटो विचारको विरोध गर्नुपर्छ, जनतामाझ उदाङ्गयाउनुपर्छ । यसबारे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले २०३३ (१ सेप्टेम्बर, १९७६) मै ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तक निकालेर स्पष्ट पारेका थिए ।
यो पुस्तक सैद्धान्तिक सङ्घर्षको निचोड हो । यो पुस्तक नेपाल मजदुर किसान पार्टी स्थापनाको आधार हो । देशमा अहिले पनि कम्युनिस्ट भनिने दलभित्रै खोटो विचार पाइन्छ । शोषणरहित र वर्गविहीन समाज स्थापना गर्ने कम्युनिस्ट पार्टीको उद्देश्य पूरा गर्नेतर्फ ती दलका नेताहरूले कुनै पाइला चालेका छैनन् या गतिविधि गरेका छैनन् । यसकारण, नेपालको कम्युनिस्ट पार्टीभित्र र कम्युनिस्ट आन्दोलनमा देखिएका खोटा विचारको खण्डन गर्नु जरुरी छ, खण्डन गरेर जनतामाझ स्पष्ट पार्नु जरुरी छ । यसैले नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित यो पुस्तक अहिले पनि सान्दर्भिक छ, पढ्न जरुरी छ । नेमकिपाका तमाम कार्यकर्ता, शुभचिन्तक तथा अन्य प्रगतिशील लेखक, राजनीतिक विश्लेषकहरूले सो पुस्तक अध्ययन गर्नु आवश्यक छ । खोटा विचारको सैद्धान्तिक र व्यावहारिक आधारमा तर्क राख्न र बुझ्न कुनै पनि सच्चा कम्युनिस्ट पार्टीले सो पुस्तक पढ्न जरुरी छ ।
क्रान्ति आफैँ हुँदैन न त त्यो भनेबित्तिकै हुन्छ । क्रान्ति भनेबित्तिकै हुँदैन भनेर या कहिले होला भनेर निरास हुने समय पनि होइन । आमूल परिवर्तन गर्नु सानो कुरा पनि होइन । परिवर्तन भनेको सरकारको नेतृत्व फेर्नु होइन, व्यवस्थै बदल्नु हो । परिवर्तनको निम्ति पँुजीवादी व्यवस्था नै बदल्नुपर्छ । व्यवस्थै बदल्ने काम त्यति सजिलो होइन । सङ्गठित जनशक्तिबिना त्यो सम्भव छैन । त्यसको लागि जनतामा राजनीतिक चेतना हुनुपर्छ, सिद्धान्त र विचारबाट जनता भिज्नुपर्छ ।
जनतालाई सचेत पार्ने काम निरन्तर भइरहनुपर्छ । जनतालाई सचेत पार्न या सङ्गठित गराउन कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारबाट सिञ्चित गराउन कुनै मौसम या समय कुर्नु पर्दैन; यो प्रत्येक कम्युनिस्ट पार्टीको सदस्य या कार्यकर्ताको जिम्मेवारी हो । त्यो जिम्मेवारी कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताले पूरा गर्नुपर्छ । त्यो जिम्मेवारी नेमकिपाले पूरा गरिरहेको छ । नेमकिपाले जनतामा राजनीतिक, सैद्धान्तिक, सांस्कृतिक र वैचारिक स्तर उठाउन कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउँदै छ ।
Leave a Reply