निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर । ‘नेमकिपा मात्र त्यस्तो पार्टी हो जस्ले यो समाजलाई माथि उठाइ परिवर्तन गर्न लागिपरेको छ त्यसैले जनताको अपार माया पाएको छ । जनताको अन्तिम विजयको निम्ति हामी अगाडि बढ्छौं ।’
उक्त विचार नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष एवं प्रदेशसभा भक्तपुर क्षेत्र नं. १(ख) का जुझारु उम्मेदवार का. सुरेन्द्रराज गोसाईले निर्वाचन परिचालन समिति भनपा ७ को आयोजनमा शुक्रबार विहान स्थानीय झौरबहीमा सम्पन्न चुनावी सभामा व्यक्त गर्नुभएको थियो ।
नेपाल भ्रष्टाचर हुने देशहरुको सूचीमा एकसय एकतीसऔं स्थानमा उक्लेको छ । भारतीय एकाधिकार पूँजीले नेपाल अत्यन्त ग्रसित बनेको छ, देशलाई यस्तो स्थितिमा पु¥याउनमा एमाले, कांग्रेस, माओवादी लगायतका भारतीय दलाल तथा भ्रष्ट पार्टीहरुको चरम लापरवाही नै दोषी ठहरिएको छ । अझै पनि त्यस्ता भ्रष्ट तथा विदेशी दलाल पार्टीहरुलाई जिताउनु भनेको जनताले अझैं ठूल्ठूला भ्रष्टाचारहरु खेप्नु हो । ठूला भनाउँदा दलहरुले भारतीय एकाधिकारको दलाली गरेकै कारण नेपालका महत्वपूर्ण कलकारखानाहरु भारतीय एजेन्टहरुको हातमा कौडिको मोलमा सुम्पेको हो, यस्ता भ्रष्ट र देश द्रोही दलहरुले देशविकास गर्ने भ्रम फैलाइ रहेको छ । तर जनता तिनीहरुको भ्रममा जाने छैन भन्नुभयो । देशको समृद्धिको लागि नेपालमा विद्युतीकरण र औद्योगिकरण गर्नु अत्यन्त आवश्यक छ तर यस्को उल्टो ती दलहरुले नेपालका साना–ठूला महत्वपूर्ण नदीहरु भारतीय विस्तारवादलाई सुम्पेको छ । नेपालीहरुको सपनामाथि कुथाराघाट गर्दैछन् ।
देश जोगाउनको लागि देशको स्वतन्त्रता, सार्वभौमिकता, भू–अखण्डता जोगाउनु नितान्त आवश्यक छ भन्नुहुँदै नेपालको भूभाग सुस्ता जोगाउन नेमकिपा पाँच दशकदेखि अनवरत आवाज उठाउँदै आएको एकमात्र पहिलो पार्टी हो, कालापानी, पिपुलेक लगाएत एकहत्तर स्थानमा भइरहेको सीमा अतिक्रमण, भारतीय नाकाबन्दीको विरोध लगाएतका विषयमा सदन र सडकमा नेमकिपाले जस्तो अरु कसैले डटेर र जिम्मेवारीपूर्वक काम गरेको छैन । त्यसैले ति झुठको खेतीगर्ने बाम गठबन्धनकारी तथा लोकतान्त्रिक गठाबन्धनकारीहरु सबैको नाड्डेझार गर्ने काम यो निर्वाचनको मैदानमा हामीले गर्नु पर्छ यो हाम्रो कर्तव्य हो । त्यसैले हामी यो निर्वाचनलाई उपयोग गर्दैछौं भन्नुभयो । उहाँले भन्नुभयो–देशमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउने हो भने नेमकिपालाई बलियो बनाउनु बाहेक अर्को विकल्प छैन नेमकिपालाई क्षति पु¥याउनु भनेको गुण्डाराजलाई प्रस्रय दिनु हो त्यसैले हरेक महानुभावहरुले यो भावनालाई घर–घरमा पु¥याउन अनुरोध गर्दै मंसिर २१ गतेको निर्वाचनमा मादलमा मतदान गर्न गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा ७ वडाका वडाअध्यक्ष का. उकेश कवांले नेमकिपाले विश्वविद्यालयको माग गर्दा प्रतिक्रियावादी दलहरु डराए, निजी मेडिकल कलेजहरु खोल्ने पूँजीवादीहरुको दलाली गरेर नेकां, एमाले, माओवादी दलहरुले ख्वप विश्वविद्यालय विधेयकलाई अगाडि बढ्न दिएन । हामीले खोलेका कलेजहरुमा कसैलाई पक्षपात गरेको छैन । पचहत्तरै जिल्लाका विद्यार्थीहरुलाई नियमानुसार पढ्ने अवसर प्रदान गरेको छ । नेमकिपाले शिक्षाको विकास ग¥यो, सम्पदा बचायो, हस्पिटल बनाउने सोच ल्यायो । जनतालाई बचन दिए बमोजिम काम ग¥यो । घोषणापत्र बमोजिम जनताको माझ बसेर नेमकिपाले काम गरेकै कारण भ्रष्ट र भारतीय दलाल पार्टीहरुलाई गा¥हो भो त्यसैले यसलाई नियोजन गर्न अनेक प्रपञ्च रञ्दैछ । तर जनताले त्यसलाई तोडिदिनेछ भन्नुभयो । नेमकिपा बाहेक अरु सबै दलहरु देशद्रोही हो भन्ने कुरा भारतीय नाकाबन्दीको बेला सडक र सदनमा कुनै दलले पनि विरोध नगरेबाट घाम जतिकै प्रष्ट भै सकेको छ । त्यसैले नेमकिपाको मादल चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष का. नारायणबहादुर दुबालले नेपाल मजदुर किसान पार्टीले भक्तपुर लगायत सबै क्षेत्रमै युवाहरुलाई प्राथमिकताका साथ उम्मेदवार बनाएको छ, राष्ट्रको हितमा नेमकिपा र नेमकिपाका प्रतिनिधिहरुले सधैं सदन, सदक लगायत हरेक ठाउँमा बसी काम गर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी विश्वराम कवांले नेमकिपा तथा नेमकिपाका प्रतिनिधिहरुले संसद र राष्ट्रिय राजनीतिमा पु¥याएको योगदानको सबैतिरबाट प्रशंसा पाएको छ । पार्टीले नव युवाहरुलाई प्राथमिकता दिएकोमा पनि बुद्धिजीवि, व्यवसायीहरुले सराहनीय भएको टिप्पणी भइरहेको कुरा बताउँदै निर्वाचनमा आवश्यक ठाउँमा बसी सबैले सहयोगी भूमिका निभाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा निर्वाचन परिचालन समिति भनपा–७ का संयोजक का. बलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त सभामा परिचालन समितिका पुरुषोतम ग्वाछाले पनि आफ्नो विचार व्यक्तगर्नुभएको थियो ।
Leave a Reply