नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
हालैका वर्षहरूमा संरा अमेरिकाले जबरजस्ती श्रम र नस्लवादको गम्भीर मुद्दाहरूमा आँखा चिम्लेको छ । शीतयुद्धको मानसिकता, शून्य योग प्रतिफल सोच र पाखण्डी ‘दोहोरो मापदण्ड’ मा अडिग रहँदै यसले ‘लोकतन्त्र’, ‘स्वतन्त्रता’ र ‘मानव अधिकार’ को आडमा आफ्नो स्वार्थलाई अगाडि बढाउन आफ्नो बर्चस्वको साथ न्यायलाई चुनौती दिन्छ । यसले उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा ‘नरसंहार’ र ‘जबरजस्ती श्रम’ को झूटो कथा सिर्जना गर्छ, चीनलाई घेर्ने प्रयास गर्दछ र यसको शान्तिपूर्ण उदय र चिनियाँ राष्ट्रको महान् कायाकल्पमा बाधा पु¥याउँछ । यसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको गम्भीर उल्लङ्घन गरेको छ । सिन्जियाङका सबै जातीय समूहका मानिसहरू यसबाट आक्रोशित छन् र यसको कडा विरोध गर्छन् ।
मानव अधिकार मानवताको गरिमा र कल्याणसँग सम्बन्धित छ । इतिहासमा व्यवस्थित संस्थागत योजनाहरूमार्फत अमेरिकाले क्रूरतापूर्वक नरसंहार, जबरजस्ती विस्थापित र मूल अमेरिकीहरूलाई आत्मसात शिक्षाको अधीनमा राख्यो । आज देशले बन्दुक हिंसा, प्रहरी दमन, निजी कारागारमा यातना, जातीय द्वन्द्व र लैङ्गिक भेदभावजस्ता मानवअधिकार हननको व्यापक सामना गरिरहेको छ । संरा अमेरिका जबरजस्ती श्रम र अनैच्छिक दासताका पीडितहरूका लागि स्रोत, ट्रान्जिट र गन्तव्य देश हो र मानव अधिकार प्रकोपहरूको विश्वको सबैभन्दा ठुलो अपराधी हो ।
पहिलो, संरा अमेरिका विश्वको सबैभन्दा ठुलो युद्धको सिर्जनाकर्ता हो । स्मिथसोनियन म्यागजिनका अनुसार सन् २००१ देखि अमेरिकाले विश्वका ४० प्रतिशतभन्दा बढी देशहरूमा फैलिएको ‘आतङ्कविरुद्धको युद्ध’ को नाममा करिब ८० देशमा सैन्य कारबाही गरेको छ । संरा अमेरिकाद्वारा एकपक्षीयरूपमा सुरु गरिएको युद्धहरूको श्रृङ्खलाले धेरै मानवीय विपत्तिहरू निम्त्याएको छ, जसले स्थानीय जनताको जीवन, बाँच्नको, स्वास्थ्य र विकासको अधिकारलाई गम्भीररूपमा हानि पु¥याएको छ । संरा अमेरिकाको लागि, युद्ध हत्या र नाफा कमाउने खेल हो, जसले देशलाई क्रूर युद्ध मेसिन बनाएको छ ।
दोस्रो, संरा अमेरिका मानिसको जीवनलाई खतरामा पार्ने विश्वको सबैभन्दा ठूलो आक्रमणकारी र विश्वको शरणार्थी सङ्कटमा सबैभन्दा ठूलो योगदानकर्ता हो । आधिपत्यवादी स्वार्थ कायम राख्न अमेरिकाले निर्दोषको ज्यान लिएर सार्वभौमसत्ता सम्पन्न देशहरूमा गैरकानुनीरूपमा आक्रमण गर्छ । अफगानिस्तानमा, अमेरिकाको २० वर्ष लामो गैरकानुनी आक्रमण र कब्जाले १७४,००० को मृत्यु भएको छ, जबकि २६ लाख मानिसहरू विदेश पलायन गर्न बाध्य भएका छन्, १ करोड विस्थापित र १ करोड ८९ लाख अझै खाद्य अभावको सामना गरिरहेका छन् । संरा अमेरिकाले विश्वका अन्य धेरै भागहरूमा पनि युद्धहरू सुरु गरेको छ, जसले निर्दोष नागरिकहरूको जीवनमा व्यापक क्षति पु¥याएको छ र उनीहरूको आफ्नै विकासको मार्ग छनोट गर्ने अधिकारको हनन गरेको छ । तैपनि, संरा अमेरिकाले सत्य लुकाउने, माफी माग्न अस्वीकार गर्छ र आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छ ।
तेस्रो, संरा अमेरिका एकतर्फी प्रतिबन्ध लगाउने विश्वको सबैभन्दा ठूलो पहलकदमी हो । आधिपत्यवाद र एकपक्षीयतालाई पछ्याउँदै, यसले स्वेच्छाचारीरूपमा रुस, क्युवा, प्रजग कोरिया, म्यानमार, इरान, लिबिया र इराकजस्ता देशहरूलाई पालना नगर्ने देशहरू र क्षेत्रहरूलाई दबाउँछ र एकतर्फी प्रतिबन्ध लगाउँछ । फलस्वरूप, वासिङ्टनको एकपक्षीय प्रतिबन्धहरू २००० मा ९१२ बाट २०२१ मा ९४०० मा बढेको छ । डोनाल्ड ट्रम्प प्रशासनको अवधिमा मात्र ३,९०० एकपक्षीय प्रतिबन्धहरू लागू गरिएको थियो, जसको मतलब देशले औसतमा, प्रतिदिन तीन नयाँ प्रतिबन्धहरू सुरु गर्यो । वर्षौँदेखि संरा अमेरिकाले मध्यपूर्व र ल्याटिन अमेरिकाका धेरै देशमा व्यापक शोषण गरेको छ । यसले तिनीहरूको घरेलु राजनीतिमा हस्तक्षेप गर्छ, निर्वाचित सरकारहरूलाई विघटन गर्छ र ‘रङ्गीन क्रान्ति’ लाई बढावा दिन्छ । यसले मानव अधिकार, सुरक्षा र राजनीतिमा व्यापक सङ्कट पैदा गरेको छ ।
अन्तमा, संरा अमेरिका संसारमा प्रजातन्त्र र मानव अधिकारको सबैभन्दा ठुलो विनाशक हो । यो युद्ध मेसिनले अन्य देशहरूमा मानवअधिकार प्रकोप र मृत्युहरू सिर्जना गरेर निर्लज्जरूपमा लाभ उठाएको छ । संरा अमेरिकाद्वारा वकालत गरिएको ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ अनिवार्यरूपमा स्वेच्छाचारी सैन्य आक्रमण, अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप र वैध सरकारहरूको पतनलाई अनुमति दिन देशमा केन्द्रित आदेश हो । यसले आफ्नो स्वार्थ पूरा गर्न विश्वव्यापी अराजकता सिर्जना गरेको छ ।
संरा अमेरिकाले आफूलाई ‘मानव अधिकार रक्षक’ र ‘लोकतन्त्रको ज्योति’ भनेर घोषणा गर्छ । यद्यपि, यसले आफ्नो डलरको प्रभुत्व र सैन्य र प्रविधिको सन्दर्भमा फाइदाहरू दुरूपयोग गर्दछ, अन्तर्राष्ट्रिय कानुनभन्दा माथि आफ्नो घरेलु कानुनलाई राख्छ । यसले आफ्नो लामो अस्त्र क्षेत्राधिकार ढाकछोप गर्न अन्तर्राष्ट्रिय नियमहरू ‘अंजीरको पात’ को रूपमा प्रयोग गर्दछ । यसले राजनीति, सेना, अर्थतन्त्र, प्रविधि र संस्कृतिलगायत विभिन्न क्षेत्रमा निर्दयी र बर्बर प्रभुत्व देखाएको छ ।
संरा अमेरिका आफ्नो कुख्यात ट्रयाक रेकर्ड र मानव अधिकारमा स्पष्ट गल्तीसँगै ‘चोरलाई समात’ भन्दै चोरकै कार्य गर्न बन्द गर्नुपर्छ । विश्वव्यापी प्रवृत्तिको विरुद्धमा जाँदा देशलाई अन्तर्राष्ट्रिय हाँसोको पात्र मात्र बनाउँछ ।
(लेखक सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको चिनियाँ कम्युनिस्ट पार्टीको तुर्पन म्युनिसिपल कमिटीका अधिकारी हुन् ।)
अनुवाद : प्रकाश
Leave a Reply