अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १४ माघ । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.ले माघ ६ गतेदेखि १२ गतेसम्म सञ्चालित उद्घोषण तथा भाषण कला तालिमको समापन कार्यक्रम गरेको छ ।
उक्त समापन कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले जथाभावी लगानी गर्ने र आर्थिक पारदर्शिता नगर्ने सहकारी सङ्घसंस्थाहरूले सदस्यको र समाजको हित नगर्ने धारणा राख्नुभयो ।
तरलताको अभावमा सहकारीहरूको अवस्था नाजुक भइरहेको सन्दर्भ जोड्दै उहाँले सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीहरूले समाजको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर तालिम तथा चेतनामूलक कार्यक्रम गर्दै जानुपर्ने औचित्यतामाथि उहाँले प्रकाश पार्नुभयो । भक्तपुर नगरपालिकाले नेमकिपाको चुनावी घोषणापत्रकै आधारमा शिक्षा, स्वास्थ्य, विकास निर्माणका कार्यहरू गरिरहेकोमा कुनै शङ्का नगर्न पनि उहाँले थप जोड दिनुभयो ।
स्थानीय गणेशप्रसाद सुवालले तत्कालीन सामन्ती समाजमा नेमकिपाले गरेको बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, भर्पाई आन्दोलनलगायत मजदुर किसानका साथै महिलाहरूको हकहितको लागि गरिएको नेमकिपाको योगदानलाई कसैले बिर्सन नहुने बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालले प्रशिक्षार्थीहरूले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उपयोग गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रशिक्षक रवीन्द्रप्रसाद कुसीले तालिमले महिलाहरूमा सीप विकास हुने अवसर जुरेको र तालिमले सकारात्मक सोचको विकास गर्नेमा विश्वास दिलाउनुभयो ।
प्रशिक्षार्थीहरूको तर्फबाट केशरी प्रधानले गीत, सुनिता घटुवाले कविता वाचन गर्नुभएको उक्त समापन कार्यक्रममा रविना सुवाल, सपना तुईतुई र उपा बासुकलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रम महिला तथा बालबालिका उपसमितिका संयोजक चञ्चल सुवालको सभापतित्वमा भएको थियो ।
Leave a Reply