निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौं, १ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेमकिपा ‘वाम गठबन्धन’ नामको भारतीय विस्तारवादको जालझेलमा नफसेको स्पष्ट पार्नुभएको छ । काठमाडौं, १ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेमकिपा ‘वाम गठबन्धन’ नामको भारतीय विस्तारवादको जालझेलमा नफसेको स्पष्ट पार्नुभएको छ । एपी वन टेलिभिजनमा ‘मेरो भोट मेरो सवाल’ नामक कार्यक्रममा पत्रकार तेजप्रसाद वाग्लेलाई अन्तर्वार्ता दिंदै अध्यक्ष रोहितले कथित वाम गठबन्धन वामपन्थी वा कम्युनिष्ट नरहेको र लोकतान्त्रिक गठबन्धन पनि प्रजातान्त्रिक एकता नभएको बताउनुभयो । उहाँले ती दुवै गठबन्धन सत्तामा जानका निम्ति शासक दललले बनाएका सिंढी मात्र भएको प्रस्ट पार्नुभयो । एमाले र माओवादी केन्द्र वामपन्थी वा कम्युनिष्ट नभएको स्पष्ट पार्दै पूँजीवादी सरकारमा जाने, बहुमत मजदुर र किसान जनताको हितमा ऐन नियम नबनाउने, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र विदेशी एकाधिकार पूँजीको थिचोमिचोको विरोध नगर्नेहरू कसरी कम्युनिष्ट हुन सक्छन् भनी प्रतिप्रश्न गर्नुभयो । नेपाल मजदुर किसान पार्टीले संसदलाई देश र जनताको हितको पक्षमा सङ्घर्ष गर्ने, सरकारलाई खबरदारी गर्ने र जनतालाई सचेत पार्ने माध्यमको रुपमा उपयोग गर्दै क्रान्तिकारी संसदवाद व्यवहारमा लागू गरिरहेको छ भन्नुभयो । नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनलाई दिग्भ्रमित पार्ने संशोधनवादी र अवसरवादीहरूविरुद्ध सैद्धान्तिक सङ्घर्ष चर्काएको स्पष्ट पार्दै सैद्धान्तिक सङघर्षमा नेमकिपा एक्लै भए पनि अगाडि बढ्छ भन्नुभयो । आसन्न निर्वाचनलाई पनि नेमकिपाले सैद्धान्तिक सङ्घर्ष अप्रजातान्त्रिक मतसीमा (थ्रेसहोल्ड) विरुद्धको सङ्घर्षका रुपमा अगाडि बढाइरहेको अध्यक्ष रोहितले बताउनुभयो । नेमकिपामा सक्षम र सुदृढ पुस्ता अगाडि बढिरहेको बताउँदै उहाँले नयाँ पुस्तालाई अगाडि बढाउन र देश र जनताको अझ बढी सेवा गर्न दिनका निम्ति आफूले संसद सदस्यमा उम्मेदवारी नदिएको पुनः प्रस्ट्याउनुभयो । नेमकिपा पूँजीवादी सरकारमा कहिल्यै नजाने स्पष्ट पार्दै अध्यक्ष रोहितले नेमकिपा देशमा समाजवादी क्रान्ति अगाडि बढाउन जनतालाई शिक्षित र सङ्गठित पार्ने कष्टसाध्य मार्गमा अगाडि बढ्ने बताउनुभयो ।
Leave a Reply