भर्खरै :

शाङ्घाईतिर – ११

शाङ्घाईतिर – ११
पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)
प्रि. चेन सङ कुङले एउटी छात्राको उदाहरण दिँदै भन्नुभयो, उनी पहिलो वर्षदेखि नै कारखानामा काम गर्थिन् । क्लासको लेक्चर पनि राम्रै बुझ्दै गइन् । आज उनी राष्ट्रिय मजदुरहरूमध्ये एक भइसकिन् । आज सबै उनको उदाहरण दिन्छन् ।
शिक्षा नीतिअनुसार विद्यार्थीहरू एक अर्कोलाई सिकाउँछन् र एक अर्कोलाई उछिन्ने कोसिस पनि गर्छन् । यसरी २००० विद्यार्थी, प्राध्यापक र प्राविधिकहरू आविष्कार (इनोभेसन) को आन्दोलनमा भाग लिनुको साथै आफ्नो पढाइलाई पनि राम्ररी चालु राख्दै छन् । यस आन्दोलनमा भाग लिएर विद्यार्थी र मजदुरहरूको बिचमा आपसी सम्बन्ध र सहयोग झन्झन् गहिरो हँुदै गएको छ । प्राध्यापक र विद्यार्थीहरू मिलेर प्रयोगशालामा नयाँ नयाँ चीजहरू पनि बनाउँछन् । प्रयोगले सिद्ध भइसकेको छ कि प्राविधिक आविष्कार (टेक्निकल इनोभेसन) को आन्दोलन विद्याथीहरूलाई शिक्षा दिने राम्रो र प्रभावशाली तरिका हो ।
आफ्नो विद्यालयको कमजोरीलाई अलिकति पनि नलुकाई प्रि. चेन सङ कुङले भन्नुभयो, १९५८ देखि हामीले जुन किसिमसँग प्रगति गर्नसक्नुपथ्र्यो त्यति राम्रो गर्न सकेका छैनौँ । प्राविधिक आविष्कारमा र उत्पादित मालहरूमा पनि अरू कारखानाहरूको दाँजोमा गुणमा अलि पछि नै छौँ । हामीलाई विश्वास छ, कम्युनिस्ट पार्टीको नेतृत्वमा हामीमा भएको कमजोरीहरू हट्दै जानेछन् । किनभने, १९५८ मा भन्दा अहिले उत्पादनमा हामीले वृद्धि गरेका छौँ ।
यस विद्यालयको उत्पादनको सम्बन्धमा उहाँले भन्नुभयो, यस विद्यालयले ५० भन्दा बढी प्रकारका सामानहरू उत्पादन गर्छ– त्यसमा मेसिनरी, कपास, कपडा र रेशमका सामानहरू छन् ।
३०० स्प्रीडको कपडा ५० विलियन (पचास अरब) मिटर उत्पादन हुन्छ र ४० लुम घुम्ने चर्खाले ३,००,००० मिटर कपास उत्पादन गर्छ ।
विद्यालय र त्यसको उत्पादनको सम्बन्धमा कुराकानीपछि हाम्रो प्रश्नको उत्तरमा मि. चेन सङ कुङले भन्नुभयो, यस विद्यालयमा सामाजिक सेवा, शारीरिक शिक्षा, अन्तर्राष्ट्रिय भाषाहरू र अरू प्राविधिक विषयहरूको पनि शिक्षा दिइन्छ । बङ्गाली साथी धीराको विद्यालयमा कति छात्राहरू पढ्छन् भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “यस विद्यालयका ४० प्रतिशत विद्यार्थी छात्राहरू हुन् ।”
कुराकानी सिध्याएर हामी विद्यालय घुम्न गयौँ । कारखानामा विद्यार्थीहरू खूब जोडतोडले काम गर्दै थिए । काम गर्ने विद्यार्थीहरू लुगामा फोहर लाग्ला भनेर एप्रोन र पञ्जा लगाएर मोडेल बनाउन व्यस्त थिए । त्यस मोडेलबारे सोद्धा अगाडि राखेको कापी देखाए र कापीमा हिसाबहरू र केही चिजहरू लेखिएका थिए । कारखानामा काम गरिरहेका एक विद्यार्थीसँग कुरा गरेँ । उनी चीनको एक पिछडिएको क्षेत्रका विद्यार्थी थिए । उनले कपासको क्वापी भएर आउँदा एक टीन भर्ना साथै अर्को टीन स्वतः घुमेर आउने स्वचालित कलपुर्जा बनाएका थिए । उनको यो नयाँ प्राविधिक आविष्कार थियो ।
हामी करिब एक घण्टाभन्दा बढी कारखानाहरू घुम्यौँ र प्रश्नहरू ग¥यौँ । तर, आफू त्यस प्राविधिक विषयका विद्यार्थी नभएको र त्यस विषयको ज्ञान नभएको हुँदा सा¥है कम बुझ्यौँ– उनीहरूको उत्तर । तर, सबै विद्यार्थीहरू उत्साहित र हँसिला थिए । विद्यार्थीहरूबाटै थाहा पाएँ कि त्यस विद्यालयमा अरू कारखानाका कुशल मजदुरहरू पनि आएर क्लास लिन्छन्, जसबाट विद्यार्थीहरूले कारखाना र उत्पादनको विषयमा नयाँ नयाँ ज्ञान र प्रविधि सिक्दछन् ।
एक दुई वटा प्रश्न–उत्तरपछि हामी प्राध्यापक र विद्यार्थीहरूसँग बिदा लिई प्रिन्सिपल साहेबलाई धन्यवाद दिँदै फक्र्यौँ । मोटरले आफ्नो रफ्तारलाई बढाउँदै गयो ।
१७ तारिखमा साँझ शाङ्घाईको मुख्य मुख्य बजारमा गएर किनमेल ग¥यौँ र राती शाङ्घाई विद्यार्थी फेडरेसनद्वारा दिइएको बिदाइ भोजमा भाग लिइसकेपछि सुतिहाल्यौँ ।
१८ तारिखमा बिहान ८ बजे ब्रेकफास्टपछि माछाउ जनकम्युन हेर्न गयौँ । कम्युनमा हामीलाई शिक्षा र सांस्कृतिक इन्चार्ज च्याइ मिङले स्वागत गर्नुभयो । १९५८, २१ सेप्टेम्बरमा स्थापित माछाउ जनकम्युन ३३ वटा खेती सहकारी मिलेर बनेको थियो । जसमा १० हजार परिवार अथवा ५० हजार जनता बसोबास गर्छन् । यसको क्षेत्रफल ७२ हजार माउ छ । कम्युन हेरिसकेपछि हामी मिहां फाङ टिङ नामको शाङ्घाईको नयाँ उपनगर हेर्न गयौँ ।
उपनगर ७५ दिनभित्र तयार भएको रहेछ । जसको क्षेत्रफल १ लाख ५० हजार वर्गमिटर छ । त्यस उपनगरमा ७० हजार जनसङ्ख्या अटाउने ९ प्रकारका भवनहरू छन् । हरेक कोठामा स्नानगृह आदि जोडिएको छ । १९५८ भन्दा अघि यस ठाउँमा ५ हजार मानिसहरू मात्रै बस्थे । यस उपनगरमा बस्ने निवासीहरूको मनोरञ्जनको लागि सिनेमा हल, पार्क, नाटक घर, पौडी खेल्ने पोखरी आदि सबै प्रकारका मनोरञ्जनका साधनहरूको राम्रो व्यवस्था गरिएको छ । हरेक १० हजार मानिसहरूको लागि एक एयरकन्डिसन (गर्मीमा ठण्डा र जाडोमा न्यानो हुने) मिलाएका नाचघरहरू छन् । यसबाहेक मजदुरहरूको दैनिक आवश्यकीय वस्तुहरूको लागि ३१ प्रकारका पसलहरू छन् । रेष्टुराँहरू, पुस्तकालय, शिशुशाला, बालोद्यान र ३०० खाटको एक अस्पतालको पनि राम्रो व्यवस्था छ । यो उपनगर शाङ्घाईको पश्चिमतिर पर्दछ । यसको कारण पूर्वपट्टि १४ वटा कारखानाहरूको धुवाँ उड्ने भएकोले अहिले उपनगर झन्झन् पश्चिमतिर निर्माण गर्दै लगेको रहेछ । यसले गर्दा कारखानाबाट उड्ने धुवाँले जनतालाई असर पार्न सकिन्न । यो उपनगरमा स्वच्छ हावा बहन्छ र वातावरण सा¥है शान्त र रमाइलो छ । यो ठाउँबाट कारखाना पनि त्यति टाढा छैन र यस उपनगरमा धेरैजसो मजदुरहरू बस्छन् ।
उपनगरको सबभन्दा अग्लो घरको कौसीबाट हामीले उपनगर हेर्यौँ । साँच्चै नगर राम्रो र नयाँ किसिमको थियो । टेलिफोन र बिजुलीका सबै तारहरू जमिनभित्रै मिलाइएको थियो । सडकहरू सा¥है फराकिला र भवनहरू ६–७ तला उँचो र एकदमै आधुनिक ढङ्गको थियो ।
लु शुनको चिहान
उपनगरको दृश्यावलोकनपछि फेरि शान्ति होटलमै फक्यौँ । १२ बजे खानापछि आराम गर्यौँ र साढे ३ बजे लु शुनको चिहान हेर्न गयाँै ।
लु शुन चीनको प्रगतिशील साहित्यको जन्मदाता हुनुहुन्थ्यो । उहाँले निबन्ध, कथा, समालोचना आदि साहित्यको हरेक क्षेत्रमा आफ्नो कलम चलाउनुभयो । उहाँले जीवनभर निडर भएर क्रान्तिको निमित्त कलम चलाउनुभयो । उहाँको जन्म सन् १८८१ मा याङत्सेको दक्षिणमा पर्ने साओसिङ भन्ने सानो सहरमा भएको थियो । लु शुन सानोमा मावली बज्यैकहाँ बस्नुहुन्थ्यो र त्यहाँ किसानहरूको दुःख, पिर मर्का, शोषण र अत्याचार अनुभव गर्नुभयो । लु शुनका बुबाको मृत्युपछि उहाँले नान्चिङमा एक सरकारी कलेजमा विज्ञान विषयमा अध्ययन गर्नुभयो । त्यसबेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले अङ्ग्रेजी साहित्य र अरू विविध समाजशास्त्रहरूको पनि अध्ययन गर्नुभयो ।
१९०२ मा लु शुन सरकारको छात्रवृत्तिमा जापान गएर डाक्टरी पढ्नुभयो । तर, त्यहाँ उहाँले समाजको अनेक प्रकारका जटिल तीतोपिरो कुराको अनुभव गर्नुभयो । उहाँले विचार गर्नुभयो कि समाजमा भएको शोषण, असमानता, भोक र गरिबीको रोग अरू शारीरिक रोगभन्दा चर्को छ । एक जना डाक्टरले ती सामाजिक रोगलाई निको पार्न सक्दैन । यस उसले आफ्नो एक पत्रमा उहाँले सामाजिक रोगको डाक्टर हुने कुरो लेख्नुभयो । उहाँ उपचारको चक्कु र सिरिन्जको बदला कलम र कागज लिएर १९०९ मा चीन फर्कनुभयो । जापानमा उहाँ जनतान्त्रिक क्रान्तिकारीहरूको सङ्गतमा पर्नुभयो ।
१९११ मा चीनमा हजारौँ वर्षको सामन्तवादी राजतन्त्र सशस्त्र जनतान्त्रिक क्रान्तिबाट मञ्चु सरकार खतम भयो । लु शुन त्यसबेला साओसिड मिडिल स्कूलका शिक्षा अधिकारी हुनुहुन्थ्यो । १९१७ को रुसी अक्टोबर क्रान्तिले लु शुनलाई गहिरो प्रभाव पा¥यो र प्रगतिशील चिनियाँ बुद्धिजीवीवर्गमा माक्र्सवादले प्रभाव पार्न सुरु ग¥यो । यसरी लु शुनले आफ्नो निश्चित बाटो पाउनुभयो र समाजमा भएका अनेक नराम्रा कुराहरूप्रति कलमले प्रहार गर्न सुरु गर्नुभयो । १९१८ मा निस्केको उहाँको ‘पागलको डायरी’ ले चीनको नयाँ साहित्यको सूत्रपात गर्यो । १९१९ मा उहाँले ‘नौलो तन्नेरी’ भन्ने एक प्रथम क्रान्तिकारी पत्रिकाको सम्पादकमण्डलमा बसेर सफलतापूर्वक काम गर्न थाल्नुभयो । पछि उहाँले पेचिङ विश्वविद्यालयमा पनि काम गर्नुभयो र १९३० मा वामपन्थी लेखक सङ्घको नेतृत्व गर्नुभई विरोधीहरूसँग सङ्घर्ष गर्नुभयो । १९ अक्टोबर सन् १९३६ मा उहाँको मृत्यु भयो ।
अध्यक्ष माओ लु शुनको विषयमा ‘नौलो जनवादबारे’ मा भन्नुहुन्छ, “उहाँ साहित्य क्षेत्रमा मात्र महापुरुष नभएर महान् विचारक र ठुला क्रान्तिकारीसमेत हुनुहुन्थ्यो । उहाँ एकदमै नझुक्ने इमानदार मानिस हुनुहुन्थ्यो । चाकरी अथवा दासत्वको कुनै दाग उहाँमा थिएन, यस किसिमको चरित्रबल औपनिवेशिक र अर्ध औपनिवेशिक जनताको सबभन्दा ठुलो ढुकुटी हो । जनताको ठुलो बहुमतलाई प्रतिनिधित्व गर्ने लु शुनको समकक्ष अर्को व्यक्ति चीनको बितेको इतिहासमा पाइँदैन, उहाँ अत्यन्त सूक्ष्मदर्शी, सा¥है वीर, दृढतम, बफादार र उत्साही हुनुहुन्थ्यो । उहाँले आँधीबेरी ल्याइदिनुभयो र वैरीको मोर्चालाई भत्काइदिनुभयो । लु शुनको बाटो चीनको राष्ट्रको नौलो संस्कृतिको बाटो हो ।”
लु शुनको चिहान एक पार्क हो । जहाँ लु शुनको एक सालिक छ । गम्भीर मुद्राको आराम कुर्सीमा बसेको लु शुनको सालिकको अगाडि दिनको हजारौँ दर्शकहरू आफ्ना इमानदार साहित्यिक र क्रान्तिकारीप्रति श्रद्धा व्यक्त गर्दै जान्छन् । साँच्चै लु शुन चिनियाँ जनताका एक महान् योद्धा र प्रगतिशील साहित्यका अग्रदूत हुनुहुन्छ । उहाँ चिनियाँ साहित्यमात्रै होइन विश्व साहित्यमा पनि एक आदर्श साहित्यकारको रूपमा प्रख्यात हुनुहुन्छ । उहाँका मुख्य मुख्य कृतिहरू ३० भन्दा बढी विभिन्न देशका भाषाहरूमा अनुवाद भइसकेको छ ।
१९२७ अप्रिल ८ का दिन श्वाम्पाव जङ्गी एकेडेमीमा ‘क्रान्तिको बेलाको साहित्य’ भन्ने विषयको भाषणको अन्ततिर उहाँ भुनुहुन्छ, “…. म लेख्नुबाट ज्यादै थाकेको छु तर तपाईँहरू, राइफल बोकी हिँड्नु भएकाहरू, साहित्य विषय सुन्न चाहनुहुन्छ । मलाई बन्दुकको पड्काई सुन्न इच्छा छ किनभने मलाई साहित्त्न्दा बदुकको आवाज नै झन् मीठो लाग्दछ ।”
त्यसबेलाको चीनको आवश्यकताको विषयमा त्यही भाषणमा लु शुन भन्नुहुन्छ, “चीनमा आजको अवस्थामा कुनै कुरो चाहिन्छ भने क्रान्तिकारी लडाइँमात्र हो । लडाइँको हाकिमलाई कविताले तर्साउन सक्दैन तर गोलीले उसलाई भगाउन सकिन्छ ।” जनसाहित्यको विषयमा उहाँ त्यही भाषणमा यसो भन्नुहुन्छ, “उनीहरू (जनता) को वास्तविक मुक्ति पाएपछि मात्रै वास्तविक जनसाहित्य सुरु हुन्छ ।”
लु शुनको चिहानबाट हाम्रो मोटर शाङ्घाई बाल दरबारतिर लाग्यो ।
शाङ्घाईको बाल दरबार
बालदरबारको स्थापना अन्तर्राष्ट्रिय बाल दिवसको दिन १ जून १९५३ मा भएको थियो । यो शाङ्घाईको ६५ पश्चिमी यनान सडकमा अवस्थित छ र चिनियाँ जनताका विख्यात शान्ति लडाकु सुङ चिङ लिङको संरक्षणमा चीन लोककल्याण संस्थाद्वारा व्यवस्था गरिएको बाल सांस्कृतिक योजनामध्ये एक हो । बालदरबार ७ देखि १७ वर्षसम्मका तरुणहरूको नगरव्यापी विविध कार्यकलापको केन्द्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *