भर्खरै :

गाईजात्रा

गाईजात्रा

आज गाईजात्राको दिन हो । बजारको मठ, मन्दिर र पाटीमा बसेर दिदी बहिनीहरू हजुरआमा, बुबाहरू गाईजात्रा हेरेर रमाउँदै थिए । त्यहीँनिर साथी सृष्टि र बबिता हाकुपटासी र गहनामा सजिएर पाटीमा बसेर गाईजात्रा हेर्दै थिए । उनीहरूको अगाडिबाट एक टोली गाईजात्रा जाँदै थियो । त्यो गाईजात्राको टोलीलाई देखेर साथी सृष्टिले बबितालाई भनिन्, ‘छ्या ¤ हेर त कस्तो नाचेर आएको । न रङ्ग छ न ढङ्ग छ । न संस्कृति छ न संस्कार छ । न हास्यव्यङ्ग्य छ न कुनै सन्देश छ । बोली, आवाज, पहिरन हेर्नु त च्याटेको, फाटेको छोटा कपडा जङ्गली युगको जस्तो छ । यो त संस्कृति होइन विकृति भयो । होइन बबिता ?
सृष्टिको विचारलाई समर्थन गर्दै बबिताले भनिन्,‘ त्यो त हो । यो गाईजात्रा हाम्रो देशको महत्वपूर्ण सांस्कृतिक मौलिक पर्व हो । यो बच्चादेखि बुढाबुढी सबैलाई अति मनपर्ने रमाइलो जात्रा हो । त्यही भएर विश्वका जनताले सञ्चार माध्यमबाट हेर्छन्, रमाउँछन् भनेर किन बुझ्न सकिएन ? योभन्दा अगाडिको टोली हेर्नु त कति राम्रो छ । त्यसमा चाल, हाउभाउ, भेषभूषा, गरगहना अनि सन्देश सबै छ । त्यसमा कला, संस्कृति सबै छन् । त्यस्तो पो, गाईजात्रा हुनुपर्छ होइन सृष्टि ? गाईजात्रा हेर्दा हेर्दै भोक पनि लाग्यो भन्दै दुबै क्वाती खान गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *