गाईजात्रा
- भाद्र १२, २०८३
नौको महत्व रहेको नवौँ पुन्हि पुन्ही
नौ थरी गेडागुडीको क्वाती खाने क्वाती पुन्ही
नौ इन्द्रिय, नौ द्वारसँग सम्बन्धित जनै पूर्णिमा
श्रावण शुक्ल पूर्णिमाको पावन दिन यो पूर्णिमा ।
रक्षाबन्धन छ यस दिन ऋषि तर्पणी पनि
कुम्भेश्वर, गोसाइँकुण्ड, पशुपति, स्वयम्भू मेला पनि
गुरु वृहस्पतिबाट इन्द्रले बाँधेको रक्षा डोरकको दिन
पुरोहितबाट रक्षाबन्धन बाँधी सुरक्षित रहने दिन ।
रोपाइँ सकेको खुसीमा गीत गाउँछ ‘सिन्हाज्या’ को
चलन छ यसै दिनदेखि गीत गाउने ‘सिलुम्ये’ को
महत्व भ्यागुताको पनि छ खेती किसानीको काममा
यसैले प्रचलन छ ‘व्याँ जा नकेगु’ यस दिनमा ।
Leave a Reply