अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
काठमाडौ, १९ माघ । राजनीतिक विश्लेषकहरूले नढाँटी भन्नुपर्छ, देश जोगाउने र बनाउने सन्दर्भमा आन्दोलन छेडिरहेको एक दल नेमकिपा हो । देशमा नेपाल मजदुर किसान पार्टी नभएको भए आफू कम्युनिस्ट भनिने पार्टीले न कम्युनिस्टको कुरा उठाउँछ न त समाजवादको कुरा नै उठाउँछ । बेलाबखत पत्रपत्रिका र अरु कम्युनिस्ट भनिने दलले समाजवाद र वर्गीय चेतनाबारे आवाज उठाउनु र लेख लेख्नु नेमकिपाले समाज परिवर्तनको निम्ति गरिरहेको सङ्घर्षको फल हो । यसको कारण कमसेकम अन्य कम्युनिस्टहरूले समाजवादको कुरा उठाए । देशभक्तिपूर्ण आन्दोलन अपरिहार्य भएको कुरा सञ्चारमाध्यम र विभिन्न अन्तरक्रिया, प्रवचन तथा छलफल गोष्ठीमा व्यक्त हुनु सकारात्मक पाटो नै हो ।
देशका सबै कम्युनिस्ट पार्टीले समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पार्नैपर्छ । कम्युनिस्ट पार्टीले वर्गीय शत्रु चिन्नुपर्छ र वर्गीय शत्रुबारे जनतालाई बताउनुपर्छ । वर्गीयरूपमा श्रमजीवी मजदुर र किसानको आवाज उठाउनुपर्ने कम्युनिस्ट पार्टीले शत्रुको पक्षपोषण गर्दैन, पुँजीवादी पार्टीको पछि पछि लाग्दैन न त एउटा कम्युनिस्ट पार्टीले अर्काे कम्युनिस्ट पार्टीको विरोध गरेर या सत्ताबाट फालेर त्यहीँ पुँजीवादी पार्टीसँग मिलेर सरकारको नेतृत्व गर्ने कुरा उठाउँछ । माओवादी र एकीकृत समाजवादी नेकासँग मिलेर सरकारको नेतृत्व गर्नु र ती दललाई पन्छाएर नेकासँग एमाले मिल्नुको कुनै तात्विक अन्तर फरक पर्दैन । कम्युनिस्टहरू समाजवादको अवधारणा तयार गर्दै जनतालाई सुसूचित पार्दै जाने हो कि सरकारमा टाँसेर अकुत सम्पत्ति जोड्दै कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन छोड्दै जाने हो ? तर, सत्तामा पुगेका कम्युनिस्ट भनिने दलका नेताहरूले कम्युनिस्ट आचरण छोडेर, कम्युनिस्ट बाटो भुलेर देशमा कसरी समाजवाद आउँछ ? पुँजीवादी व्यवस्थामा टाँसेर, पुँजीवादी व्यवस्थाको पक्षपोषण गरेर पनि कतै समाजवाद प्राप्त हुन्छ ?
विदेशी हस्तक्षेपको विरोध नगर्ने, हस्तक्षेप गरे पनि टुलुटुलु हेरेर बस्ने दल र दलको सरकारले के देश बचाउला ? के देशको विकास गर्ला ? कुनै कम्युनिस्ट पार्टीले विदेशी हस्तक्षेप र वर्गीय शत्रुको विरोध गरेन भनेर त्यसको दोष अरु कम्युनिस्ट पार्टीमाथि थोपर्न मिल्दैन । केही कम्युनिस्ट पार्टी संशोधनवादी र अवसरवादी भए । तर, सबै दलमा देशभक्तिको भावना छैन भनेर सबैलाई दोषारोपण गर्नु न्यायोचित होइन । सबै दलले गल्ती गरेको देख्नु सम्यक दृष्टि होइन । कम्युनिस्ट पार्टीले जहिले पनि आफ्नो देश बचाउनको निम्ति लड्छ; बहुमत जनताको निम्ति लड्छ । कम्युनिस्ट पार्टीको नाउँबाट जितेको दलले सामन्त, विदेशी दलाल, प्रतिक्रियावादी, जालीफटाहा, पुँजीपतिवर्गको सेवा गर्नुहुँदैन । ती दलहरू साम्राज्यवादी र विस्तारवादी देशको पछि लाग्दैनन् । कुनै दल उनीहरूको पछि लाग्यो भनेर सबैलाई दोष दिनु उपयुक्त होइन ।
सामन्तवादी र पुँजीवादी व्यवस्था पल्टाउनको लागि नै कम्युनिस्ट पार्टीको आवश्यकता भएको हो । निर्वाचनमा कम्युनिस्ट पार्टी भनेर जाने, कम्युनिस्ट पार्टीको नाउँमा मत लिने र जित्ने तर सरकारमा रहेर पुँजीपतिवर्गको सेवा गर्ने द्वैधचरित्र कम्युनिस्ट पार्टीले आत्मसात गर्नु हुँदैन । ढुलमुले राजनीतिले दिशा निर्देश गर्न सक्दैन । यही कारण कम्युनिस्ट भनिने दलले पटकपटक सरकारको नेतृत्व गरे पनि कम्युनिस्ट आचरणअनुसार काम गर्न सकेन या काम गर्न चाहेन या कामै गर्न दिएन । कम्युनिस्ट भनिएका देशका सबै दलहरू साँच्चै कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढेका भए, काम गरेका भए देशको मुहार फेरिसक्यो होला । भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता र अपराधहरू धेरै नियन्त्रण भइसक्यो होला ।
Leave a Reply