भर्खरै :

भूगोल–इतिहास पहिचान प्रस्तुतिमा बासु मा.वि. प्रथम

भूगोल–इतिहास पहिचान प्रस्तुतिमा बासु मा.वि. प्रथम

भक्तपुर, १९ माघ । सार्वजनिक मा.वि. संयुक्त परीक्षा समितिको वार्षिक क्यालेन्डरअनुसार समाज सुधार मा.वि.को आयोजनामा शुक्रबार संयुक्त परीक्षाअन्तर्गतका विद्यालयबिच भूगोल इतिहास पहिचान प्रतियोगिता सम्पन्न भयो ।
उक्त कार्यक्रममा परीक्षा समितिका अध्यक्ष एवं शारदा मा.वि.का प्राचार्य रोशनराज तुईतुईले भूगोल–इतिहास पहिचान प्रतियोगिताले विद्यार्थीहरूको सीपको विकास गर्ने धारणा राख्नुभयो । सरकारले एउटै किसिमको पाठ्यक्रम र शिक्षा नीति बनाएर सबै विषयलाई एउटै विषयको रूपमा राख्नु गलत भएको उहाँले स्पष्ट पार्नुभयो ।
संयुक्त परीक्षा समितिका सदस्य तथा बासु मा.वि.का प्राचार्य अम्बिका न्याईच्याईले प्रतियोगिताले शिक्षकहरूको सामु उभिएर बोल्नसक्नु र विषयवस्तुमा स्पष्ट विचार प्रस्तुत गर्न सक्नु सराहनीय भएको बताउनुभयो ।
उहाँले सामाजिक विषयको महत्व र अध्ययनको औचित्यतामाथि प्रकाश पार्नुभयो ।
समाज सुधार मा.वि.का प्रधानाध्यापक जगनाथ प्रजापतिले अध्ययनको अभावमा सही पहिचान गर्न भूगोल इतिहासको विषय छुट्टै विषय अध्ययनमा सरकारले जोड दिनुपर्छ भन्नुभयो ।
आयोजक विद्यालयका शिक्षकद्वय रामसुन्दर किबानायो र कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको उक्त कार्यक्रम विद्यालयका प्रअ जगनाथ प्रजापतिको सभापतित्वमा भएको थियो ।
प्रतियोगितामा बासु मा.वि. (भक्तपुर दरबार क्षेत्र) का निर्मलजङ थापा र विविशा बिष्ट प्रथम, समाज सुधार मा.वि. (लुम्बिनी) दीपक घर्तीमगर र सरिता प्रजा द्वितीय, वागीश्वरी मा.वि. (सगरमाथा राष्ट्रिय निकुञ्ज) सुवान सुवाल र सुलक्षणा सापकोटा तृतीय र तारा मा.वि. (चितवन राष्ट्रिय निकुञ्ज) रोयल परियार र आकृति खत्री सान्त्वना भएको थियो ।
पुरस्कृत विद्यालय र विद्यार्थीहरूलाई संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *