अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर नगरपालिका देशको सानो नगरपालिका हो । यसको क्षेत्रफल ६.८८ वर्ग किलोमिटर मात्र छ । यसको जनसङ्ख्या ७८,८५४ छ भने परिवार सङ्ख्या १८,८५४ र घर सङ्ख्या १२,२०० रहेको छ । भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप मावि, २०५८ सालमा ख्वप कलेज, २०६०/०६१ सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ र शारदा मावि, शारदा कलेज गरी सात वटा शैक्षिक संस्थानहरू सञ्चालित छन् । ती शैक्षिक संस्थाहरूमा ७७ जिल्लाका ७ हजार विद्यार्थी अध्ययनरत छन् । ती शैक्षिक संस्थानहरू सञ्चालन गर्नको लागि नगरपालिकाले आफ्नै जनशक्ति लगाएर सरकारको मद्दतबिना नै ठुलठुला भवनहरू निर्माण गरिसकेका छन् । साथै अझै ती शैक्षिक संस्थानहरूमा विशाल भवनहरूको निर्माण चालु छ । नगरपालिकाले ख्वप अस्पतालको ठुलो भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । यस अस्पतालमा दैनिक आठ सत्न्दा बढी बिरामीलाई स्वास्थ्य उपचार प्रदान गर्दै छ । साथसाथै कतिपय वडामा आफ्नै भवनको निर्माण गरी स्वास्थ्य केन्द्रहरू सञ्चालनमा आइसकेको छ भन्ने केही वडाहरूमा भवन निर्माण चालु अवस्थामा छ । नगरभित्रका दसवटै वडा कार्यालयका आफ्नै भवनहरूको निर्माण भई वडा कार्यालय सञ्चालनमा छ । लिबालीमा विभिन्न खेलकुद प्रतियोगिता गर्न कभर हलको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । अरिनिको सभा भवन निर्माणको लागि आवश्यक प्रक्रिया भइरहेको छ ।
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ यो भक्तपुर नगरपालिकाको नारा हो । निश्चय पनि हाम्रा पुर्खाहरूको भक्तपुर नगरपालिकाभित्र धेरै सम्पदाहरू छन् । ती सम्पदाहरूको पनि नगरपालिकाले आफ्नै आयस्रोतले निर्माण सम्पन्न गरिसकेका छन् भन्ने कतिपय सम्पदाहरूको निर्माण चालु छ । यतिमात्र नभई हाम्रो संस्कार, कला, चाडपर्व, चलन पनि हाम्रो सम्पत्ति हो । विदेशी पर्यटकहरू यही कला, संस्कृति, भाषा, संस्कार, चाडपर्व, चलन, सम्पदा हेर्न आउँछन् । पाँचतले मन्दिर, पचपन्न झ्याले दरबार, सुनको मन्दिर, वत्सला मन्दिर, दरबार स्क्वायर, सिद्धपोखरी, रानीपोखरी, भाज्या पोखरी, दत्तात्रय मन्दिर, टेराकोटा झ्याल, टोलटोलमा रहेका पाटी, ढुङ्गेधाराहरू, पोखरीहरू हाम्रो सम्पत्ति हो र धरोहर पनि हो । यही धरोहर नै पर्यटकहरूको आकर्षणको केन्द्र भएको छ । भक्तपुर नगरपालिकाको प्रमुख आम्दानीको स्रोत पनि यही सम्पदाहरू नै हुन् । हामीले नगरभित्र बनाएका ऐतिहासिक घरहरू, मठ मन्दिरहरू हामी धनी छौँ । त्यसैले नगरपालिकाले प्राथमिकताका साथै ऐतिहासिक सम्पदाहरूको पनि पुनः निर्माण गरिरहेको प्रस्ट छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७९ मा समयसँगै नागरिकहरूको आर्थिक क्षमताको वृद्धि, आवश्यकताअनुसार भवन निर्माणका ऐन, कानुन र सोअनुसारका प्राविधिकहरू पनि आवश्यक हुन्छ । स्ट्रक्चरल इन्जिनियर, आर्किटेक्ट र अन्य विविध विषयका प्राविधिकहरूको समेत पद स्थापना र पदपूर्तिमा स्थानीय पालिका ‘सक्षम बनाउने र केन्द्र र प्रादेशिक सरकारबाट सहयोग पु¥याउन जोड दिइनेछ’ उल्लेख छ । नेपाल मजदुर किसान पार्टी स्थानीय तह निर्वाचन, भक्तपुर नगरपालिकाको घोषणापत्र २०७९ को बँुदा नं. ११ मा ‘बहुउद्देश्यीय भवन निर्माण गर्ने’ उल्लेख छ ।
नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रमार्फत आफ्ना जनप्रतिनिधिहरू निर्वाचित भएमा बहुउद्देश्यीय भवन निर्माण गर्ने स्पष्ट उल्लेख छ । नेपालको संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू दिएको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले भक्तपुर नगरपालिकामा शतप्रतिशत जितेको सर्वविदित्तै छ । त्यसैले, पार्टीका जनप्रतिनिधिहरूले घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरूलाई पूरा गर्न क्रियाशील रहेको छ । नेमकिपा र नेमकिपाका उम्मेदवारहरूले भक्तपुरलाई पुरानै ढाँचा कायम राखी शिक्षा र स्वास्थ्य शुलभरूपमा दिनुका अलावा पनि विभिन्न सुविधाहरू दिनको लागि प्रयासरत छ ।
नेपालको संविधान २०६२ को धारा १०२ अनुसार स्थानीय निकायलाई संविधानले तोकिएका क्षेत्राधिकारभित्रका विषयहरूमा कानुन बनाई कार्यान्वयन गर्ने अधिकार रहेको छ । यही अधिकारलाई प्रयोग गर्दै भक्तपुर नगरपालिकाले धेरै विषयमा कानुनहरू बनाई कार्यान्वयन गर्दै आएको छ । गत २०७९ पुस महिनामा बसेको भक्तपुर नगरपालिकाको ते¥हौँ नगर सभाले भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ पारित गरेको छ । नगरभित्रका सहकारीहरूको लगानी र नगरपालिकाको लगानीमा नगरभित्रका नगरवासीका अलावा नेपाली नागरिकलाई शिक्षा, स्वास्थ्यका अलावा बहुउद्देश्यीय भवनहरू बनाई विभिन्न आधुनिक जीवनशैलीको लागि चाहिने विभिन्न सुविधाहरू दिनको लागि नगरपालिकाको ते¥हौँ नगरसभाले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ पारित गरेको छ । यस कार्यविधिको प्रस्तावनामा उल्लेख गरिएको छ, “भक्तपुर नगरपालिका क्षेत्रभित्र व्यवसायिक बहुउद्देश्यीय भवन निर्माण गर्नको लागि स्रोत सङ्कलन, परिचालन र बृहत् सहभागितासमेत जुटाई व्यवसायिक प्रवद्र्धन गर्न वाञ्छनीय भएकोले भक्तपुर नगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ५ बमोजिम भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ बनाई लागु गरिएको छ ।” प्रस्तावनाका अनुसार व्यवसायिक भवन निर्माणको लागि स्रोत सङ्कलन, परिचालन र बृहत् सहभागिता जनाई व्यवसायिक प्रवद्र्धन गर्ने सोच नगरपालिकाले राखेको देखिन्छ । यसबाट युवाहरूलाई देशमै रोजगार सृजना गर्ने, नगरवासीहरूको आर्थिक स्तर उठाउने, सहकारीहरूको स्रोत अधिकतम परिचालन गर्ने, व्यवसायलाई प्रवद्र्धन गर्ने, आर्थिक क्रियाकलापको वृद्धि गरी मुद्राको क्रय दरलाई वृद्धि गर्ने लक्ष्य नगरपालिकाले राखेको देखिन्छ । जुन एकदमै सराहनीय काम हो ।
यस कार्यविधिको दफा २ ले विभिन्न शब्दहरूको परिभाषा दिएको छ । जसअनुसार ‘संस्था’ भन्नाले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माणको लागि वित्तीय लगानी गर्ने भक्तपुर नगरपालिकाभित्रका सहकारी संस्थाहरू सम्झनुपर्दछ । यस कार्यविधिको दफा ३ ले निर्देशक समितिको सम्बन्धमा व्यवस्था गरेको छ । बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन गर्न देहायबमोजिमको एक निर्देशक समिति रहनेछ ।
क) भक्तपुर नगरपालिकाको प्रमुख – संयोजक
ख) भक्तपुर नगरपालिकाको उपप्रमुख – सदस्य
ग) भनपा आर्थिक समितिका संयोजक – सदस्य
घ) बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन हुने सम्बन्धित वडाका वडाध्यक्ष – सदस्य
ङ) भक्तपुर नगरपालिकाकोे प्रमुख प्रशासकीय अधिकृत – सदस्य
च) बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनमा वित्तीय सहभागिता जनाउने सहकारीहरूमध्येबाट एक सहकारी एक प्रतिनिधित्वको आधारमा ३ जना – सदस्य
यस कार्यविधिको दफा ४ ले बहुउद्देश्यीय भवन निर्माणको लागि आवश्यक रकमको व्यवस्था गरेको छ । जसअनुसार भक्तपुर नगरपालिकाको तर्फबाट भवन निर्माणका लागि आवश्यक कुल लगत अनुमान रकमको ५१ प्रतिशत, सहकारी संस्थाहरूबाट भवन निर्माणका लागि आवश्यक कुल लगत अनुमान रकमको ४९ प्रतिशत र निर्माण हुने बहुउद्देश्यीय व्यवसायिक भवनको परिसरमा सार्वजनिक उपयोगका लागि उपयोगी संरचना निर्माणमा इच्छुक दाताहरूबाट ससर्त प्राप्त हुने रकमसमेत परिचालन गर्न सकिनेछ । यसरी प्राप्त हुने रकम छुट्टै खातामा जम्मा गरिनेछ र सो खाता सञ्चालन नगरपालिकाको निर्णयअनुसार हुनेछ । बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन समितिको एउटा छुट्टै कार्यालय हुनेछ । सो कार्यालयका लागि आवश्यक कर्मचारी र निजहरूको कार्य विवरण र सेवा सर्त निर्देशक समितिले तोकेबमोजिम हुनेछ ।
दफा ६ ले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण र सञ्चालनका सर्तहरू उल्लेख गरेको छ । बहुउद्देश्यीय व्यवसायिक भवन निर्माणको लागि आवश्यक जग्गा भक्तपुर नगरपालिकाले उपलब्ध गराउनेछ । बहुउद्देश्यीय व्यवसायिक भवन निर्माणको लागि आवश्यक पुँजीको व्यवस्थाबमोजिम हुनेछ । निर्माण गरिने भवनको डिजाइन र लगत अनुमान निर्देशक समितिबाट स्वीकृत भई नियमानुसार नक्सा पास भएपछि मात्र निर्माण गरिनेछ । निर्माण गरिने भवनका लागि निर्देशक समितिको निर्णयानुसार अन्य बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन सकिनेछ । भवन निर्माण पूरा भएपछि वा भवन निर्माण हुँदैको अवस्थामा उक्त भवनबाट प्राप्त हुने प्रतिफल लगानीको अनुपातमा बाँडफाँड गरिनेछ । निर्मित बहुउद्देश्यीय भवनबाट प्राप्त हुने प्रतिफल उक्त भवन निर्माण सम्पन्न भएको मितिले २० वर्षसम्म बाँडफाँड गरिनेछ । बहुउद्देश्यीय भवन निर्माण सम्पन्न भएको मितिले २० वर्षपछि सो भवन र भवनबाट आउने प्रतिफल स्वतः नगरपालिकाको हुनेछ । बहुउद्देश्यीय भवन निर्माण तथा सञ्चालनको क्रममा उक्त भवनको आम्दानी खर्च तथा कारोबारको नियमानुसार लेखा परीक्षण गराइनेछ । लेखा परीक्षण प्रतिवेदनसहित उक्त भवनको निर्देशक समितिले प्रत्येक वर्ष साधारणसभा गरी लेखा परीक्षण प्रतिवेदन अनुमोदन गराउनुपर्नेछ ।
यस कार्यविधिको दफा ७ अनुसार बहुउद्देश्यीय भवन निर्माण तथा सञ्चालन सम्बन्धमा बाधा अड्काउ पर्न गएमा निर्देशक समितिले आवश्यक निर्णय गरी बाधा अड्काउ फुकाउन सक्नेछ । यस कार्यविधिको दफा ८ अनुसार यस कार्यविधिमा उल्लेखित कुराहरूमा दुविधा भएमा निर्देशक समितिको व्याख्या र निर्णय अन्तिम हुनेछ ।
Leave a Reply