“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भक्तपुर वडा नं.१० मा खो खो खेल सुरु भएको छ । भक्तपुर जिल्ला खो खो सङ्घका अध्यक्ष उपेन्द्र सुवालको उपस्थितिमा भनपा १० वडा अध्ययक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले खेल सामग्री हस्तान्तरण गरी खो खो खेल औपचारिकरूपमा सञ्चालन गर्नुभयो ।
छात्र छात्रा गरी कुल १९ वटा टीम सहभागिता रहेको खेल लिग कम नकआउटको आधारमा खेल सञ्चालन भएको १० वडा खेलकुद समितिका अध्यक्ष दिलिपनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार सम्पन्न खेलमा छात्रतर्फ वागीश्वरी माविले विद्यार्थी निकेतनलाई १२/७, आदर्श आजाद माविले एभरेष्ट माविलाई ११/९, बाल विकास ई. स्कूलले पारागत एकेडेमीलाई १९/६, तारा माविले जेन्युइन सेकेन्डरी स्कूललाई ९/८ र छात्रातर्फ सरस्वती विद्यागृह माविले जेन्युइन सेकेन्डरी स्कूललाई ११/८, तारा माविले मेधा माविलाई १०/९, ब्राइट स्टार ई. स्कूलले आदर्श आजाद माविलाई ७/६ ले पराजित गरेको १० वडा समितिले जनाएको छ ।
Leave a Reply