भर्खरै :

आशाको केन्द्र बन्दै भक्तपुर क्यान्सर अस्पताल

आशाको केन्द्र बन्दै भक्तपुर क्यान्सर अस्पताल

विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरसँग लड्दा लड्दै मृत्युवरण गर्नु भएका सम्पूर्ण क्यान्सर बिरामीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । क्यान्सरले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व जगतलाई प्रत्यक्ष/अप्रत्यक्षरूपमा पु¥याएको क्षति र भविष्यमा अझ पु¥याउन सक्ने हानिलाई रोक्न सन् २००० फेब्रुअरी ४ का दिन फ्रान्सको पेरिसमा शिखर सम्मेलन सम्पन्न भयो । नयाँ सहश्राब्दीमा क्यान्सरसम्बन्धी अनुसन्धान, रोकथाम, सेवा सुविधा विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विश्व समुदाय एकजुट भएर क्यान्सरविरुद्ध लड्ने प्रतिबद्धताका साथ शिखर सम्मेलन समापन भएको थियो । त्यसपछि फेब्रुअरी ४ का दिनलाई विभिन्न नाराका साथ विश्व क्यान्सर दिवस मनाउँदै आइरहेकोमा यस पटक सन् २०२२–२०२४ का लागि ‘Close the Care Gap’ नाराका साथ विश्व क्यान्सर दिवस मनाउन लागिएको छ ।
नेपालमा पनि वर्षौँदेखि विश्व क्यान्सर दिवस मनाउने गरिएको छ । यस दिवस मनाउन सञ्चार माध्यम सक्रिय देखिन्छ । क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम, अन्तर्वार्ता, गोष्ठी र लेख प्रकाशन गरेर जनतालाई सुसूचित गर्ने कार्य गरी पत्रकार जगतले जनताप्रति आफ्नो दायित्व पूरा गर्दै आएका छन् ।
सरकारी र गैरसरकारी संस्थाहरूले पनि–जनचेतना मूलक कार्यक्रम, पैदल यात्रा, दौड र साइकल ¥याली गरी क्यान्सरसम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आइरहेको छ । यसको प्रभाव जनस्तरमा देखापरी बिरामी जाँच गराउनेको सङ्ख्या दिनहुँ बढिरहेको हुँदा क्यान्सरको निदान पनि बढ्दो सङ्ख्यामा भइरहेकोले देशमा क्यान्सर बढेको जस्तो देखिन गएको छ ।
क्यान्सरको सबैभन्दा जोखिममा अति अविकसित राष्ट्रहरू परेका छन् । तिनीहरूको सीमित श्रोत साधनले गर्दा क्यान्सरविरुद्ध लड्न कठिनाइ भई ६५ प्रतिशतभन्दा बढी क्यान्सरबाट मृत्यु यी मुलुकहरूमा भइरहेको छ । अन्य अविकसित मुलुकहरूमा जस्तै नेपालमा पनि द्रुतगतिमा वृद्धि भइरहेको क्यान्सरसँग जुध्न समयमा क्यान्सरको सही पचिान गर्नु पहिलो आवश्यकता देखिन्छ । यी कुराहरूलाई मध्यनजर गरी नेपाल सरकारले क्यान्सर बिरामीहरूको लागि सरकारी स्तरमा बी.पी.कोइराला क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (नेपालगन्ज) बाट सेवा प्रदान गरिराखेको छ । त्यसै गरी निजी क्षेत्रका स्वास्थ्य संस्था तथा सङ्घसंस्थाहरूले पनि क्यान्सरविरुद्ध उपचार र रोकथामका जनचेतनामूलक कार्यहरू गरिराखेका छन् ।
काठमाडौँ उपत्यका भित्र स्थापित भक्तपुर क्यान्सर अस्पतालले २०५३ सालदेखि अविरलरूपमा क्यान्सर बिरामीहरूको उपचार र रोकथाम कार्य गर्दै आइरहेको छ । यसको भौतिक संरचना पुरानो देखिए तापनि सेवाको हिसाबले सबै खालका क्यान्सर बिरामीहरूको उपचार अस्पताल भित्रै प्रदान गर्दै आएको छ । जसमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, प्यालिएटिभ केयर, डे–केयर र बच्चाको क्यान्सर सेवा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीबाट प्रदान गर्दै आइरहेका छन् । त्यस्तै क्यान्सर पत्ता लगाउने उपकरण एम.आर.आइ. र पेट स्क्यानबाहेक सबै उपकरणहरूको सुविधा छ । गत वर्ष मात्र ८८४९० बिरामीले ओ.पी.डी.बाट सेवा लिएको त्यसमध्येमा ३५६४ मा क्यान्सर देखिएको र उनीहरूलाई उपचार सेवा प्रदान गरिएको थियो । गत वर्षको क्यान्सरसम्बन्धी तथ्याङ्क हेर्दा पुरुषमा फोक्सो, नाक, कान, घाँटी, ठुलो आन्द्रा, पेट र कलेजोको क्यान्सर र महिलामा स्तन, पाठेघरको मुख र थाइराइडको क्यान्सर बढी देखिन्छ ।
यस भक्तपुर क्यान्सर अस्पतालले विभिन्न सङ्घ संस्था, स्कूल, कलेजको अनुरोधमा क्यान्सर रोगसम्बन्धी जनचेतनामूलक र रोकथामसम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । एकतिहाइ क्यान्सरलाई जनचेतना र स्वास्थ्य शिक्षाबाट बचाउन सकिन्छ भने अर्को एकतिहाइ क्यान्सर समयमा जाँच बिरामीहरूलाई (Screening) गरी सुरुको चरणमा पत्ता लगाई उपचार गरेमा निको पार्न सकिन्छ भन्ने वैज्ञानिक मान्यता छ ।

भक्तपुर क्यान्सर अस्पतालमा हाल केही नयाँ सेवा सुरु गरिएको छ – फ्रोजन सेक्सन, इमोहिस्टोकेमेष्ट्रि, मलेकुलर ल्याब, HIPEC र CT Scan । फ्रोजन सेक्सन भन्नाले शल्यक्रिया गर्दा गर्दै क्यान्सर फैलिएको छ छैन हेर्ने जाँच हो । इमोहिस्टोकेमेष्ट्रि र मलेकुलर जाँचले क्यान्सर रोग पत्ता लगाउने नयाँ प्रविधिहरू हुन् । त्यस्तै HIPEC (Hyperthermic Intrperitonel Chemotherapy) प्रविधि जसमा पेटमा फैलिएको क्यान्सरलाई शल्यक्रियामार्फत ट्युमर निकालिएपछि तुरुन्त पेटभित्र केमोथेरापि दिने उपचार हो । यो प्रविधि नेपालमा पहिलोपटक सञ्चालन गरिएको छ । क्यान्सर पत्ता लगाउने अत्याधुनिक उपकरण (CT Scan 256 slice) जडान हुने क्रममा छ ।
भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर लागेको बिरामीहरूको अध्ययन गर्दा चुरोट, रक्सी, सुर्तीजन्य बस्तुको प्रयोग गर्नेहरूमा बढी क्यान्सर देखिएको छ । केही बिरामीहरूमा भने क्यान्सर वंशाणुगत कारणले हुने देखिएको छ । त्यसैले आमाबाबुलाई क्यान्सर भएको छ भने छोरा छोरीहरूले बढी सतर्कता अपनाउनुपर्दछ । उदाहरणको लागि स्तन र ठुलो आन्द्राको क्यान्सर । यस अस्पतालमा सबैभन्दा बढी बिरामी काठमाडौँ, भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुपलान्चोकबाट आएका देखिन्छ ।
यो पनि क्यान्सर उपचारको सही तरिका
क्यान्सर उपचारको सही तरिका आज विश्व क्यान्सर दिवस : सही समयमा सही उपचार गरे क्यान्सर निको हुन्छ आज विश्व क्यान्सर दिवस : सही समयमा सही उपचार गरे क्यान्सर निको हुन्छ । क्यान्सर बिरामीहरूलाई विदेशमा उपचार गर्न जानबाट कसरी रोक्ने ? क्यान्सर बिरामीहरूलाई विदेशमा उपचार गर्न जानबाट कसरी रोक्ने ? यसरी सम्भव छ नेपालमा क्यान्सरको निःशुल्क उपचार यसरी सम्भव छ नेपालमा क्यान्सरको निःशुल्क उपचार क्यान्सरसम्बन्धी ज्ञान र प्रयोगात्मक अभ्यासको लागि १५ वटा नर्सिङ कलेजहरू, विश्व विद्यालय र प्रतिष्ठानका रेजिडेन्ट चिकित्सकहरूलाई यस अस्पतालले अध्ययनको लागि स्वीकृति दिएको छ । त्यसै गरी विभिन्न कलेजका विद्यार्थीहरूलाई अनुसन्धानमूलक कार्य गर्न पनि सहमति दिएको छ ।
क्यान्सर बिरामीलाई आर्थिक सहयोगको लागि नेपाल सरकारले प्रत्येक क्यान्सर बिरामीलाई रु. १ लाख बराबरको सुविधा र विभिन्न प्रदेशहरूले आफ्नो भेगका जनताहरूलाई थप आर्थिक अनुदान दिएका छन् । उदाहरणको लागि लुम्बिनी प्रदेशले रु. २ लाख, गण्डकी प्रदेशले रु. १ लाख र बागमती प्रदेशले रु. ५० हजार उपलब्ध गराएका छन् । त्यसै गरी विभिन्न नगरपालिकाहरूले पनि आफ्नो क्षेत्रका क्यान्सर बिरामीहरूलाई सहयोगको रकम छुट्याएको छ । स्वास्थ्य बिमाबाट पनि रु. १ लाखसम्म खर्च गर्न सकिन्छ । यी सहयोगहरूका बाबजुद पनि क्यान्सर उपचार महँगो भएकोले रकमको अभाव बिरामीहरूले भोगिराखेका छन् ।
क्यान्सर रोग लागेको जानकारी पाउने बित्तिकै प्राय बिरामी र परिवारलाई छाँगाबाट खसेजस्तो महसुस हुन्छ । के गर्ने, के नगर्ने, कहाँ जाने, कसलाई सोध्ने, अनि कहाँ उपचार गराउने जस्ता थुप्रै प्रश्नहरू उनीहरूका सामु आउँछन् । त्यस्तै रोगको सही पहिचान भएको हो कि होइन, पुनः जाँच गराउने हो कि, अर्कै अस्पताल वा अर्कै मुलुकमा जाँच गराउनु पर्ने हो कि, तुरुन्तै उपचार नगरे रोग फैलिहाल्ने हो कि वा मरिने पो हो कि भन्ने चिन्ताले पिरोल्न थाल्छ ।
यस्तो अवस्थामा बिरामीहरूलाई सही जानकारी दिने, उनीहरूका प्रश्नहरूलाई सम्बोधन गरिदिने तथा अर्को चिकित्सक वा अस्पताललाई थप परामर्श लिन चाहेमा त्यसलाई हतोत्साहित नगर्ने हरेक स्वास्थ्यकर्मीको जिम्मेवारी हो । क्यान्सर पहिचान हुनसाथ भोलिपल्ट नै उपचार सुरु गरे क्यान्सर निको हुने होइन, नत २/४ दिन परामर्शको लागि समय खर्च गर्दा क्यान्सर फैलिन्छ ।
त्यसैले चिकित्सकहरूले बिरामीलाई रोग अवस्था, उपचार विधि, खर्च र परिणामबारे राम्ररी जानकारी दिनुका साथै बिरामी र बिरामीका परिवारले पनि सोबारे राम्ररी बुझेपछि उपचार सुरु गरेको खण्डमा उपचार सरल, सहज, कम खर्चिलो, गुणस्तरीय र परिणाममुखी हुन्छ । परामर्श सेवालाई क्यान्सर उपचारको अभिन्न अङ्ग मानेर भक्तपुर क्यान्सर अस्पतालले नियमित रूपमा सो किसिमको परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
(लेखक भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *