भर्खरै :

जनतामाझ नेमकिपाका उम्मेदवारहरू

भक्तपुर, ३ मंसिर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर नगरपालिका १० वडाको आयोजनामा शनिवार भेला सम्पन्न भयो । भक्तपुर, ३ मंसिर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर नगरपालिका १० वडाको आयोजनामा शनिवार भेला सम्पन्न भयो । सो भेलामा नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले शासक दलका नेता कार्यकर्ताहरू भ्रष्टाचार र कमिसनको खेलमा डुबिसकेको हुँदा तिनीहरूबाट परिवर्तन सम्भव नभएको बताउनुभयो ।  ठूला राजनीतिक दलहरूले राजनीतिमा अपराधीकरणलाई स्थान दिएको हुँदा जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको बताउँदै उम्मेदवार सुवालले भ्रष्टाचार, गुण्डागर्दी र कमिसनखोरहरूको विरोधमा नेमकिपाको उम्मेदवारी भएको चर्चा गर्नुभयो । नेमकिपा प्रदेश नं. १ ‘क’ का उम्मेदवार निरज लवजूले भारतीय विस्तारवादको विरोधमा नेमकिपाले सडक र सदनमा चर्को नारा लगाएको बेला मृत प्रायः बसेका राजनीतिक दलहरूले आज जनताबीच मत माग्न आउनु लाजमर्दो रहको बताउनुभयो ।  आयोजक समितिका सहसंयोजक लक्ष्मीप्रसाद ह्यांैमिखाको अध्यक्षतामा सम्पन्न सो भेलामा सदस्य सुन्दर राजचलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *