भर्खरै :

जिब्रोको स्वाद र मोटोपनको समस्या

जिब्रोको स्वाद र मोटोपनको समस्या

दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ, “तपाईँ निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।” उनले त्यो बेला भनेका थिए, “तौल घटाउन कोशिश गर्दै छु ।” केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठुलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै पाँच/सात वर्ष कम भएजस्तो देखिन्थ्यो र भनेँ, “तपाईँले त के चमत्कार गर्नुभयो यस्तो । निकै राम्रो स्वास्थ्य भएछ नि ! कतै गएर पेटको शल्यक्रिया गरेर आउनुभएको त होइन ?”
ठट्टा गरेर भनेको यो प्रश्नलाई, उनले गम्भीर भएर जवाफ दिए, “होइन होइन, मैले मेरो भुँडी वरिपरिको १५ केजी त योग, हिँडाइ र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हुँदोरहेछ तर एकचोटि बोसो लागेपछि त घट्न पो गा¥हो हुने रहेछ । जब मैले अनुभव गरेँ कि मेरा लुगाहरू त कसिएर लगाउनै नहुने भए, अलिकता हिँड्दा स्वाँस्वाँ हुन थाल्यो । अनि त तौल घटाउने निर्णय गरेर कसिएर लागेपछि सफल पनि भएँ ।”
त्यसैगरी, नक्सालकी पारु श्रेष्ठ (३३ वर्षीया) ले पनि आफ्नो तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन् । उनी विवाहअघि ५६ केजी थिइन् । अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो । एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त पैmलिँदै गयो । उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो । आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन् ।
पारुलाई भनेँ, “पारुजी तपाईँ त होशियार हुनुपर्छ है । तपाईँको परिवारमा निकै समस्या छ । तपाईँ यसरी नै मोटाउनुभयो भने तपाईँलाई पनि ती समस्या आउन सक्छ । तपाईँको सानो छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठुलो भविष्य छ, स्वास्थ्य नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो त्यति गर्न सकिन्न । त्योबाहेक जति पैसा भए पनि तपाईँले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनु हुन्न ।”
“के गर्नु मलाई त कस्तो भोक लाग्छ, फेरि चकलेट देखेपछि त मन नै थाम्न सकिन्न । मेरो अफिसको दराजमा पनि थरीथरीका चकलेट छन् । यताउति ग¥यो हात त त्यसैमा जान्छ,” पारुले भनेकी थिइन् । पारुले उनको शरीरमा ध्यान दिनुपर्छ र खाना कम गर्नुपर्छ भनेर मैले धेरैचोटि भनेपछि एकदिन मलाई खुसी भएर भनिन्, “मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरूले रु. ४० हजारमा ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरूले खाने कुराको चार्ट पनि दिन्छन् रे । केही औषधि पनि दिन्छन् रे ।”
पारुको खुसीलाई काट्दै मैले भनेँ, “पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कसैले भन्छ भने, त्यो त सो¥है आना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैँ तपाईँको तौल कम गराओस् । त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटि तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र मुख्य कुरा पानी खाने र व्यायाम गर्नुस् ।”
पारुजीलाई कोदो र फापर स्वादिष्ट तरिकाले बनाएर पनि खान सकिन्छ भनेर एकदिन त घरमै बोलाएर ख्वाउनुप¥यो । “कोदो र फापर त मीठो पो हुँदो रहेछ,” रोटीसँग गोलभेँडा अचार डुबाएर खाँदै उनले भनेकी थिइन् । त्यसपछि उनले कोदो र फापरलाई आफ्नो दैनिक भोजनका अङ्ग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी अफिसमा लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनापछि त उनको तौल पाँच केजी कम भयो । उनको अनुहारको छालमा चमक आयो । त्यसपछि त्यति क्रम अगाडि बढाउँदै गएपछि अर्को ६ महिनामा उनको तौल १० केजी कम भयो । सबैबाट धेरै प्रशंसा पाएपछि पारुले मलाई भनिन्, “तपाईँले मेरो रु. ४० हजार त बचाउनुभयो नै, मलाई जीवनभरको ज्ञान दिनुभयो ।”
मेरा कति डाक्टर साथीहरू त्यसमाथि पनि मोटोपन कम गर्नुपर्छ भनेर बिरामीलाई सिकाउने डाक्टर साथीहरू त कस्ता मोटामोटा छन् । रक्तचाप र मधुमेहको बिरामी छन् तर न उनीहरू खाना छोड्न सक्छन् न त योग गर्छन् । बरु समयसमयमा आफ्नो ठुलो भुँडी मसार्छन् र मीठो हाँसो हाँस्छन् । मेरो कुरा सुनेर पारु मरीमरी हाँसिन् र भनिन्, “तपाईँका डाक्टर साथीहरूलाई सायद तपाईँको कुरा अभैm पुगेको छैन ।”
प्रायः मानिसहरूलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर, वियर पिएपछि तौल जति मज्जासँग बढ्छ । त्यति नै मज्जासँग घटाउन गा¥हो हुन्छ किनभने त्यस्तो खानेकुरा खाने मानिसलाई खान्न भन्न सा¥है गा¥हो हुन्छ । साथै व्यायाम, योग त झनै गा¥हो हुन्छ किनभने त्यसको लागि त कडा अनुशासन चाहिन्छ । वियर, मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुःखाइ पनि बिर्सिन्छ ।
मेरा एकजना मित्र छन् । उनलाई गाउटको छ । समयसमयमा उनलाई यस्तो दुख्छ कि उनी घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन् । एकचोटि त गाउटले यस्तो चिसो पानीमा डुबाएर बस्नुपरेको थियो रे ! तर, वियर देखेपछि त कसोकसो मन चञ्चल भइहाल्छ । कतिपय मानिस यस्तै खाना र वियरबाट हुने मोटोपनको कारण उच्च रक्तचापको भई ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् । विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । पुरुषहरूमात्र होइन, महिलाहरू पनि जिब्रोलाई तह लगाउन नसक्दा मोटोपनको कारणले गर्दा हुने समस्याले ग्रस्त हुन्छन् ।
एक संस्थामा कार्यरत शर्मिला नामकी महिला मेरो घरमा आएकी थिइन् घुँडा दुख्ने समस्यामा केही योगासन सिक्न सकिन्छ कि भनेर । मैले उनलाई भनेकी थिएँ, “शर्मिला योगासन र व्यायामले सँगै तिम्रो खानेकुरा पनि परिवर्तत गर्नुपर्छ ।” असी केजीकी शर्मिलाले “लौन के के खाने सिकाइदिनुस् न” भन्दा मैले घरमा कोदो र फापरको रोटी र सुप बनाएर प्लेटमा राखेर खान दिँदा उनले भनिन्, “यस्तो कोदो र फापर त हाम्रो घरमा कुकुरले पो खान्छ” । शर्मिलाको कुराले हाँसो त उठ्यो तर दुःख पनि लाग्यो ।
घुँडा दुखेर कसरी तौल कम गर्ने भनेर छलफल गर्न आएकी शर्मिलाको तौल दुई वर्षपछि पनि घटेको छैन । अहिले त उनलाई उच्च रक्तचाप भएको छ । घुँडाको दुखाइले गर्दा धेरै हिँड्न सक्दिनन् । उनलाई खानाको विषयमा भन्न छोडिसकेको छु । जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागेको छैन भने अरुले जति भने पनि लाग्दैन ।
मेरा एक जना आफन्तलाई झन्डै १५ वर्षअघि नै डाक्टरले तौल घटाउन भात र आलु कम गर्न सल्लाह दिँदा बरु मर्छु तर आलु त खान छोड्न सक्दिनँ भनेका थिए । उनको त्यो बानीले उनलाई उच्च रक्तचाप र मधुमेहको रोगी त बनायो नै, एकचोटि झन्डै पक्षघात नै भएको थियो । अहिले उनको स्वास्थ्य त ठीक छ तर उनको खानाबाट आलु चिनी, भात त गायब भएको छ । कोदो, फापर, चिनी नहालेको दूध र हरियो तरकारी उनको खाना बनेको छ । उनी अहिले बिहान एक घण्टा हिँड्छन् पनि । उनले सिके खाना कसरी खाने, हिँड्ने किन भनेर तर धेरै चर्को मूल्य तिरेर ।
हामीहरूमध्ये सायद धेरै जनाले त्यसरी नै सिक्नेछौँ । मध्यम वर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसहरूमा पनि विभिन्न किसिमका चाउचाउ, चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छ । अकालमै मृत्युको मुखमा पु¥याउँछ भन्ने जान्दाजान्दै पनि मानिसले किन जिब्रोको स्वाद रोक्न नसकेको होला ?
(लेखक जनस्वास्थ्यविद् हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *