माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
मस्को, २९ फेब्रुअरी (तास/केसीएनए) रुसी उपविदेशमन्त्री सेर्गेई ¥याभकोभले एक पत्रकार सम्मेलनमा रुसले बाह्य अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्न सक्छ भन्ने झूटो दाबी गरेकोमा संरा अमेरिकाको निन्दा गर्नुभएको छ ।
संरा अमेरिकाले कुनै कारण र प्रमाणबिना नै रुसलाई गाली गरिरहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय समुदायमा राम्रो सोच राख्नेले यो कुरा विगतदेखि नै थाहा पाएको र यस्ता गालीगलौजलाई पन्छाएर राखेको बताउनुभयो ।
संरा अमेरिकाले लामो समयदेखि हतियार क्षेत्रलाई आफ्नो हातमा लिएर अन्तरिक्षमा आफ्नो हात राख्ने प्रयास गरेको खुलासा गर्दै उहाँले अन्य मुलुकलाई झुटो आरोप लगाउने र अन्तर्राष्ट्रिय सुरक्षाको हितविरुद्ध कठोर कदम चाल्ने संरा अमेरिकाको पुरानो बहाना वा चाल भएको बताउनुभयो ।
रुसले स्वीडेनको नाटो सदस्यताविरुद्ध उपायहरू विकास गर्ने
परराष्ट्र मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बुधबार रुसले उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (नाटो) मा स्वीडेनको प्रवेशपछि उसको कारबाहीलाई नजिकबाट नियाल्ने बताउनुभयो ।
सोमबार, हङ्गेरीका सांसदहरूले नेटोमा सामेल हुन स्वीडेनको निर्णयसम्बन्धी एक विधेयकलाई अनुमोदन गरे, जसले स्वीडेनको अमेरिकी नेतृत्वको गठबन्धनमा प्रवेश गर्ने बाटो स्पष्ट पार्यो ।
“स्वीडेनले आक्रामक सैन्य खेमाभित्र के गर्नेछ, यसले कसरी आफ्नो सदस्यतालाई व्यवहारमा लागू गर्नेछ … हामी नजिकबाट निगरानी गर्नेछौँ … र यसका आधारमा हाम्रो प्रतिक्रिया नीति विकास गर्नेछौं,” उहाँले भन्नुभयो । सैन्य–प्राविधिकहरूसहित, रूसको राष्ट्रिय सुरक्षामा खतराहरू रोक्न मस्कोले कुन उपायहरू लिने छनोट गर्नेछ ।
जाखारोभाले स्वीडेनको परम्परागत असंलग्नता नीतिले उत्तरी युरोपमा स्थायित्व कायम गर्न महत्वपूर्ण कारक भएको कुरा स्मरण गर्दै देशको नाटो सदस्यताले यसको सार्वभौमसत्तालाई थप कमजोर बनाउने बताउनुभयो ।
रुसोफिल्सको अन्तर्राष्ट्रिय आन्दोलनको दोस्रो महाधिवेशनमा जाखारोभाले भूराजनीतिक साधनको रूपमा काम गर्ने र पहिले सोभियत सङ्घमा रहेका देशहरूलाई राजनीतिकरूपमा अस्थिर बनाउन खोजिरहेका पश्चिमा वित्तीय गैरसरकारी संस्थाहरूलाई पनि उल्लेख गर्नुभयो ।
“तिनीहरूको तथाकथित कामको परिणाम यी देशहरूमा सामाजिक, राजनीतिक र आर्थिक अवस्थाको अपरिहार्य अस्थिरता हो, जसले रूस वरिपरि अस्थिरताको तथाकथित बेल्ट सिर्जना गर्दछ”, उहाँले भन्नुभयो ।
“विभिन्न चरमपन्थी, राजनीतिक र धार्मिक सङ्गठनहरूलाई आर्थिक सहयोग प्रदान गरिन्छ,” जाखारोभाले औंल्याउनुभयो, यस्ता देशहरूमा सरकार र राजनीतिक शक्तिहरूको बदनाम अभियानहरूले उनीहरूका जनतालाई आफ्नै राजनीतिक, धार्मिक र नैतिक मूल्यहरूको विकास गर्नबाट रोक्न खोज्छन् ।
Leave a Reply