जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, १८ फागुन । भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भक्तपुरका प्रसिद्ध फोटोग्राफरहरू (बनेपालीका तीन पुस्ता) बाट खिचिएको कला, संस्कृति, सम्पदा र जीवनशैलीका फोटोहरूको प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको सहयोगमा दरबार स्क्वायरमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फोटो प्रदर्शनीले तस्बिरको माध्यमबाट इतिहासको जानकारी दिने चर्चा गर्दै प्रदर्शनीले इतिहास, पुरानो कला संस्कृति र सम्पदा संरक्षणलाई मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “फोटोको महत्वबारे कतिपय फोटोग्राफरहरूलाई जानकारी नहुँदा इतिहास र प्रमाणको समेत लोप भई समस्या सृजना भएको घटना छ । एउटा फोटोले इतिहासलाई स्पष्ट पार्ने काम गर्छ, यसतर्फ फोटोग्राफरहरू सचेत हुनु आवश्यक छ ।”
विगतको फोटो अध्ययन गराउने विद्यालय र विश्वविद्यालय आवश्यक भएको चर्चा गर्दै अध्यक्ष रोहितले नयाँ पुस्तालाई फोटोग्राफीबारे अध्ययन र तालिमको व्यवस्था गर्न सके देशको कला संस्कृति र सम्पदा जोगाउने जनशक्ति तयार हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “बाजे बद्रीप्रसाद बनेपाली, बुबा केदार बनेपाली र नातिनी सुनी बनेपालीले खिचेको फोटो प्रदर्शनीबाट अन्य फोटोग्राफरलाई पनि उत्प्रेरणा मिल्नेछ ।”
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले पर्यटन गतिविधिलाई टेवा पु¥याउन र तीन पुस्ताका फोटोग्राफरहरूको शीपलाई जनतामाझ परिचित गराउने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको बताउनुभयो ।
फोटोग्राफर केदार बनेपालीले नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न बुबाले सिकाउनु भएको सीप छोराछोरीलाई पनि सिकाएको बताउनुभयो ।
प्रदर्शनी इतिहासकार, फोटोग्राफर, फोटो पत्रकार, शिक्षक, विद्यार्थीलगायत सर्वसाधारणले अवलोकन गरेका थिए ।
Leave a Reply