अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टीको स्थापनाको आधार किसान आन्दोलन र नेपालको भूमि सुस्तामा भारतीय विस्तारवादको हस्तक्षेपविरूद्धको सङ्घर्ष पनि हो ।”
उक्त भनाइ नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर सिकर्मी सङ्घको आयोजनामा नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा शुक्रबार भएको कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
“भारत प्रवासमा समेत नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँलाई अराजक गतिविधिमा फसाउने र हत्यासमेत गर्ने दुष्प्रयास भएको थियो, उहाँले भन्नुभयो ।
नेमकिपा र यसका जनवर्गीय सङ्गठनका सदस्यहरू पार्टी प्रकाशन र पार्टी गतिविधिमा सहभागी भई देश र जनताको सेवामा इमानदारीपूर्वक समर्पित हुनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “मानिसलाई धन–सम्पत्तिले भन्दा पनि नैतिक अडानले सुखी बनाउँछ । खर्बपति भनिएका विनोद र अरूण चौधरीहरूले सरकारी जग्गा आफ्नो बनाएको हुँदा अरुण चौधरी प्रहरी पक्राउमा प¥यो । यो जस्तो विनोद चौधरी परिवारको स्खलन अरू के होला ?”
व्यावसायिक अनुमतिको नाममा खनिज क्षेत्र उत्खनन् र प्रशोधनको जिम्मा व्यक्तिलाई निजी क्षेत्र र व्यक्तिलाई दिन नहुने सरकार आफैले गनुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
वातावरणीय संरक्षणसम्बन्धी अध्ययन प्रतिवेदन स्वार्थ समूहको अनुकूल तयार भइरहेको तर दोषीलाई कारबाही नभएको तर्फ उहाँले सचेत गराउनुभयो ।
उद्योग दर्ता र अनुगमन गर्ने उद्योग विभाग अर्को भन्सारको रूपमा बद्नाम भइरहेको छ । देशको सन्तुलित विकास गरिएको भए काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक जिल्लाबाट सङ्घीय राजधानीमा गिटी–बालुवा, ढुङ्गा ओसार्न नपर्नेबारे सरकार सचेत भएन, सचिव सुवालले भन्नुभयो ।
आयोजम समितिका अध्यक्ष बिक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपेन्द्र सुवाल, विष्णुभक्त कुसी, रामसुन्दर सुवाल र पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
Leave a Reply