नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
संस्कृति र सभ्यता आजै खोजेर आजै पाइने सजिलो विषय होइन । संस्कृति र सभ्यता भनेको लामो समयको अभ्यासपछि बल्ल पाइने दुर्लभ विषय हुन् । यसै क्रममा तस्बिर (फोटो) खिच्ने कामले इतिहासलाई कुन काल खण्डको कुन सभ्यताको हो भनेर परिचय गराउँछ । तस्बिर खिच्ने बेलामा १००–२०० वर्षपछि त्यो समाज त्यही रूपमा रहँदैन । भक्तपुरमा हालै पुरानो सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्ने एउटा तस्बिर प्रदर्शनी प्रारम्भ भएको छ । त्यो प्रदर्शनीमा तीन पुस्तादेखिका तस्बिरहरू राखिएका छन् । ती तस्बिर हेर्दा त्यसबेलाका लवाइ, कपाल कोर्ने र काट्ने चलन र तरिका, लगाउने कपडामा तुना बाँध्ने कि टाँक लगाउनेजस्ता कुरा ती तस्बिर हेर्दा थाहा हुन्छ । तस्बिर खिच्ने बेलामा फोटोग्राफरले ती कुनै पनि कुराको ख्याल गर्दैन । लोक संस्कृति र लोक संस्कार भनेको तत्काल परिणाम आउने हुँदैन । तसर्थ, लोक संस्कृति र लोक संस्कार फोटोग्राफरको उत्पादन, फोटाहरूले गर्ने रहेछन् । लोक संस्कृति र लोक संस्कार आज थालेर आजै परिणाम आउन सक्दैन । जति पुरानो फोटो भयो, त्यति बढी महत्व हुने रहेछ । त्यसैले, पुरानो कुरा जे भेटे पनि तत्काल फालिहाल्न हुँदैन रहेछ । जोगाएर राख्यो भने ती सम्पदा महत्वपूर्ण हुँदा रहेछन् । तस्बिर सम्पदा पनि त्यसैको एक अंश हो । अहिले पनि फोटो खिच्न लागेको ठाउँमा छेउमा बसेर सामान्य मान्छे च्याउँछ, कतै आफ्नो फोटो पनि छेउमा आइजाओस् । यो मान्छेको स्वभाव हो । फोटोले तत्कालीन अवस्थामा लगाउने लुगा, टाँक लाउने हो कि तुना बाँध्ने हो, समाजमा के चलन छ, त्यसको जानकारी दिन्छ । तसर्थ फोटोको आफ्नै इतिहास छ, आफ्नै पृष्ठभूमि छ, आफ्नै व्यापकता छ र आफ्नै संस्कृति छ ।
तीन पुस्ताको फोटो प्रदर्शनी
फोटो खिच्दा मान्छे किन च्याउँछ ? भन्दा यस्तै रहस्य हुँदो रहेछ फोटोग्राफीमा ! भक्तपुर सहरमा पर्यटन विकास समितिको आयोजनामा प्रसिद्ध फोटो पत्रकारहरूद्वारा तयार गरिएका फोटोहरूको प्रदर्शनी हालै सम्पन्न भयो । सो प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गर्नुभयो । निकै मान्छे जम्मा भएका थिए । सो प्रदर्शनीले तस्बिरको माध्यमबाट त्यतिबेलाका इतिहासको जानकारी दिन्छ । पुरानो कला, संस्कृति र सभ्यताको इतिवृत्त सङ्क्षेपमा बताउँछ । सो कला प्रदर्शनीमा तीन पुस्ताको फोटोग्राफी छ । अघिल्लो पुस्ता बद्रीप्रसाद बनेपाली, दोस्रो पुस्ता केदार बनेपाली र तेस्रो पुस्ता नातिनी सुनी बनेपालीले खिचेका फोटोहरू राखिएका छन् । जुन फोटोहरू नयाँ पुस्ताको लागि अत्यधिक आकर्षित छन् ।
फोटोबाट धेरै थाहा हुन्छ
नयाँ पुस्ता जिज्ञासु छ । यो जिज्ञासालाई यी तस्बिरले उत्तर दिन खोजेका छन् । वास्तवमा ती तीन पुस्ताका बनेपालीहरूले कल्पना गरेका थिएनन् होला । आफ्नो पुस्ताका इतिहास भइसकेका महापुरूषहरूको सीप, कला र विज्ञानको यसरी प्रदर्शनी हुन्छ भनेर । यो फोटो प्रदर्शनी गर्ने विचार कसको हो ? उहाँ धन्यवादका पात्र हुनुहुन्छ । फोटो हेर्दा थाहा हुन्छ । फोटोग्राफीले महिलाहरूले कहिलेदेखि आँखीभौको रौँ छोट्याउन र काट्न थाले, थाहा हुन्छ । सिउँदोमा सिन्दुर हाल्ने प्रचलन कहिलेदेखि सुरू भयो, त्यो पनि थाहा हुन्छ । कपालको चुल्ठो बाट्ने पनि कहिलेदेखि सुरू भयो, थाहा हुन्छ । कति वटा चुल्ठो हुने ? एउटा वा दुईवटा, त्यो पनि फोटोग्राफीबाट थाहा हुन्छ । चुल्ठो बाट्ने चलन कहिलदेखि हरायो त्यो पनि थाहा हुन्छ ।
हेर्दा सानो लाग्छ तर ठुलो !
महिला वा पुरूषसँगै जात्रा हेर्न कहिलेदेखि जान थाले त्यो पनि थाहा हुन्छ । तसर्थ, फोटो भनेको समाजको तत्कालीन समाजको प्रतिविम्ब स्वरूप ज्ञान हुन्छ । टोपी लाउने चलन पनि थाहा हुन्छ । यसरी, फोटोग्राफी भनेको तत्कालीन समाजको सभ्यता, संस्कृति र संस्कारको प्रतिबिम्बन हुन्छ । यसर्थ, फोटो भनेको फोटोमात्र होइन, तत्कालीन समाजको बादल नलागेको ऐना हो । यो रहस्य फोटोग्राफरले फोटो खिच्दा कति आत्मसात गर्छ वा गर्दैन, त्यो अहिले भन्न सकिँदैन । क्यामराले खिचेको चस्बिरले त्यो समयको लवाइको ढाँचा प्रस्तुत गर्छ । यी सबै सूक्ष्म र गम्भीर कुरा सबै फोटोग्राफरलाई थाहा नहुनसक्छ । फोटोग्राफी भनेको तत्कालीन समाजको लवाइ प्रतिनिधित्व गर्छ । यो कुरा हेर्दा सानो लाग्छ तर १००–२०० वर्षपछि अनौठो देखिन्छ ।
तत्कालीन जीवन्त समाज !
भक्तपुरमा यो फोटो प्रदर्शनीको आयोजना गरेर आयोजकहरूले अति उत्तम काम गरेका छन् । यी धन्यवादका पात्र छन् । नेपाली समाजको सभ्यता, चाल चलन र प्रवृत्ति तत्कालीन अवस्थाका फोटो हेरेर र आज फोटो प्रदर्शनी हेर्नेहरूको लवाइ र प्रवृत्ति हेरेर छुट्याउन सकिन्छ । यस्ता समाजले प्राथमिकता नदिएका फोटोग्राफीको प्रदर्शन नेपाली समाजको तत्कालीन अवस्थाको जीवन्त प्रमाण हो । फोटोग्राफीजस्तै समाजका लुकेका अरू विषय पनि घोट्याएर यस्ता प्रदर्शनी गर्न आवश्यक ठान्छु ।
पाटीपौवा, धारा, सत्तल खडा गरौँ
म अमेरिका जाँदा सुनेँ, त्यहाँ बस्ती बस्नुअगाडि मोटर सडक मात्रै बन्दैन ठुल्ठुला पोखरी पनि बन्छन् । पानी जिउँदो मान्छेलाई मात्र होइन, मरेको मान्छेलाई पनि चाहिन्छ । त्यसैले होला बस्ती बस्नु अगाडि मोटर सडक बन्दैन, ठुल्ठुला पाखेरी पनि बन्छन् । पानी जिउँदो मान्छेलाई मात्र होइन, मरेको मान्छेलाई पनि चाहिन्छ । त्यसैले होला बस्ती बस्नु अगाडि पोखरी खन्ने गरिन्छ । भक्तपुरमा र ठिमी नगदेशमा पनि बस्ती बस्दासँगै ठुल्ठुला पोखरी बनेका थिए । भक्तपुर सहरमा त झन्डै एक दर्जन ठुल्ठुला पोखरी बनेछन् । तिनै पोखरीमध्ये वडा नं. १ मा बनेको भाजुपोखरी पुनः निर्माण हालै सम्पन्न भएको छ । सो पोखरीको यही फागुन २५ गते सांस्कृतिक समारोहबिच उद्घाटन हुँदै छ । भक्तपुर सहर बस्ता त्यहाँ पानीको अभाव थियो । बस्तीमा कथम् आगलागी भयो भने त्यो निभाउन प्रशस्त पानी चाहिन्थ्यो । भाजु पोखरीजस्ता ठुल्ठुला पोखरी खनेर अघिल्लो, झन् अघिल्लो पुस्ताले गौरवपूर्ण इतिहास तयार गरेको छ । यस्ता इतिहास बोकेका पोखरी, पाटीपौवा, धारा स्कूलहरूको संरक्षणले नयाँ पुस्ता लाभान्वित हुनेछ । भक्तपुरका ढुङ्गेधारा धेरै लोप भइसके । बाँकी धाराको पनि संरक्षण र पानी आउने गराउन लाग्नुपर्ने समय बितिसकेको छ तर, इतिहास जहिले कोट्याए पनि हुन्छ । भक्तपुर नगरपालिकाको वडा नं. १ का वासीले यो भाजुपोखरीलाई इतिहास बोकेको सम्पदाको रूपमा स्थापित गर्न खोजेर अद्वितीय काम गरेको छ । वडा नं. १ को सिको अरू वडाले पनि गरेमा नयाँ पुस्ता लाभान्वित हुनेछ । कतिपय स्थानीय विकास समितिहरू इतिहासका छेउकुनामा लुकेका धारा, पोखरी, पाटी , सत्तल, पाटीपौवाहरूको संरक्षणमा भक्तपुर नगरपालिकाले उल्लेख्य र सा¥है महत्वपूर्ण काम गरेको छ । भाजुपोखरीजस्ता सांस्कृतिक सम्पदाहरूको पुनः निर्माण, पुनःस्थापना गरेर इतिहास जोगाउन लागेकोमा भक्तपुर नगरपालिकाको विशेष प्रशंसा गर्न मन लाग्छ ।
Leave a Reply