भर्खरै :

धान खेतमा चिनियाँ नेता

धान खेतमा चिनियाँ नेता

चीनमा दुई अधिवेशन भनिने अर्थात् राष्ट्रिय जनकाङ्ग्रेस सम्मेलन र जनराजनैतिक परामर्शदात्री सम्मेलन सम्पन्न भएको ठीक एक हप्तापछि चिनियाँ नेता सी चिनफिङले हुनान प्रान्त पुगेर दुई अधिवेशनपछि उहाँको पहिलो स्थलगत निरीक्षण थाल्नुभएको छ ।
“सबै अनुकूल अवसरहरूको सदुपयोग गर्दै सबै अनुकूल परिस्थितिहरूबाट फाइदा उठाउनुपर्छ । जब हामी राम्रो अवस्थालाई देख्छौँ तब सबै विभिन्न पक्षहरूको उत्साहबाट सम्बन्धित काम राम्रोसँग गर्नु आवश्यक छ ।” यो नै यस वर्ष दुई अधिवेशनको अवधिमा सी चिनफिङले आफ्नो भाषणमा भन्नुभएको हो र यसबाट पहिले समयलाई नपर्खिकन् कडा परिश्रमको स्पष्ट अभिमुखीकरण व्यक्त गरिएको छ । साथै दुई अधिवेशनपछि स्थलगत निरीक्षणमा जानुको महत्वपूर्ण कारण पनि व्याख्या गरिएको छ ।
यस वर्षको दुई अधिवेशनमा सी चिनफिङ तीन टक गरी फरक प्रतिनिधि समूहमा नयाँ गुणस्तरीय उत्पादन शक्तिको बारेमा कुरा गर्नुभयो । हुनानको यो भ्रमण नै सी चिनफिङको नयाँ गुणस्तरिय उत्पादन शक्तिको विकासमा गति दिनका लागि गर्नुभएको स्थलगत मार्गदर्शन हो । चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनपछि सी चिनफिङ हुनान भ्रमण गर्नुभएको यो चौथोपटक पनि हो ।
चीन कृषिप्रधान देश हो र हुनान प्रान्त चीनको प्रमुख कृषिप्रधान प्रान्त हो । हुनान प्रान्तलाई प्राचीनकालदेखि ‘माछा र धानको भूमि’ को रूपमा चिनिन्छ र चीनमा एक महत्वपूर्ण ‘अन्न भण्डार’ हो । त्यहाँ धान खेतको क्षेत्रफल र कुल उत्पादन परिमाण चीनभरि पहिलो स्थानमा छ । हुनान प्रान्तमा कृषि आधुनिकीकरणलाई बढाउने, विशेषगरी स्मार्ट र बुद्धिमान कृषि मेसिनरी उद्योग श्रृङ्खलाको निर्माण, कृषि यान्त्रिकीकरणको गतिशीलता र बीउ उद्योगको नवीनता क्षेत्रमा देशभरि अग्रपङ्क्तिमा छ ।
वर्षभरिको योजना वसन्तमा निहित छ । ‘मानिसहरूले उचित समयपछि काम गर्यो भने जग्गा जमिन एक वर्षको लागि खेर जान सक्छ’ भन्ने चिनियाँ कृषि उखानमा के प्रस्ट्याइएको छ भने अन्नबालीको अनुकुलता र वसन्त जोत्ने तयारीको तत्कालीनता निकै महत्वपूर्ण हुन्छ ।
हाल वसन्त ऋतुको हलो जोत्ने र तयारी गर्ने महत्वपूर्ण समय हो । मार्च १९ का दिन अपराह्न, सी चिनफिङ हुनान प्रान्तको छाङत सहरको काङचुङपिङ गाउँमा पुगेपछि जानकारी लिनुभएको पहिलो कुरा वसन्त ऋतुको हलो जोत्ने तयारी हो ।
काङचुङपिङ गाउँमा अग्रणी व्यवसाय उच्च गुणस्तरीय धान र क्यामेलिया हुन् । गाउँमा ०.५ वर्ग किलोमिटरको दोब्बर–बाली धान खेत स्येच्याफु बस्ती अन्न उत्पादन नमुना क्षेत्रको मध्य क्षेत्रमा अवस्थित छ । त्यहाँ एकीकृतरूपमा उत्कृष्ट प्रजातिको प्रयोग गरी मेसिनमार्फत रोपन, मल हाल्ने, हरित विधि, रोकथाम र नियन्त्रण र भौतिक तथा रासायनिक प्रविधि गर्दछ । गत वर्ष नमुना क्षेत्रमा प्रारम्भिक धान र ढिलो धानको प्रति मू (मू–जमिन मापनको चिनियाँ एकाइ) उत्पादन ११५२.३ केजी पुगेको छ ।
सी चिनफिङले धानखेतमा रोपाइँ र खेत जोत्ने कामको निरीक्षण गर्नुका साथै उत्कृष्ट अन्न उत्पादक, कृषि प्राविधिक, तल्लो तहका कार्यकर्ता र गाउँलेहरूसँग सौहार्दपूर्ण कुराकानी गर्दै वसन्त रोप्ने कामको बारेमा विस्तृत जानकारी लिनुभएको छ ।
उहाँका अनुसार, राम्रो बीउबिजन, राम्रो उपाय, राम्रो मेसिन र राम्रो जमिनको गहन एकीकरणमा अझ प्रयास र कृषिलाई सुदृढ पार्ने र किसानलाई समृद्धि तथा लाभान्वित गर्ने नीतिको राम्ररी कार्यान्वयन गरी अन्न उत्पादनमा किसानको आय सुनिश्चित गर्नुपर्छ । जसले चालु वर्ष अन्नको उत्पादन र किसानको आयको वृद्धिका लागि राम्रो सुरुवात गर्नसकिन्छ ।
खेतमा मात्र हाइन सी चिनफिङले बीउ प्रयोगशालाको अनुसन्धान र विकासमाथि पनि महत्व दिनुभएको छ । उहाँको विचारमा खाद्य सुरक्षा ‘देशको ठूलो मामिला’ हो ।
चालु वर्ष केन्द्रीय सरकारको नम्बर १ दस्तावेजले छ वटा पक्षबाट कार्य योजना बनाएको छ । जसमध्ये पहिलो राष्ट्रिय खाद्य सुरक्षा सुनिश्चित गर्नु हो । जसमा स्पष्टरूपमा ‘खाद्यान्न उत्पादन मात्रा ६ खर्ब ५० अर्ब केजीभन्दा बढी कायम राख्ने सुनिश्चित गर्नु’ लेखिएको छ ।
खानाको समस्याको राम्ररी समाधान गर्नु देशको शासनमा सधैँ प्राथमिक मामिला हो । सी चिनफिङले भन्नुभएजस्तै, जति धेरै जोखिम र चुनौती देखापर्छ त्यति नै कृषिलाई स्थिर बनाउनुपर्छ र खाद्य तथा महत्वपूर्ण सह–उत्पादनको सुरक्षालाई सुनिश्चित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *